मुख्य समाचार

कफी खेतीमा आकर्षण
Attraction in Coffee farming

कुस्मा : पर्वत फलेवास नगरपालिका ९, भँगाराका किसानले चार वर्षदेखि व्यावसायिक रूपमा कफी खेती गर्दै आएका छन्। खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक कफी खेती सुरु गरेका हुन्।

गाउँका एक सय १६ जना कृषकले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन्। कफी खेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको स्थानीय चन्द्रबहादुर थापाले बताए। उनले भने, ‘मकै, गहुँ, धानजस्ता बालीनाली लगायो, बाँदरले खाएर हैरान पार्छ, गाउँमा जनशक्ति पनि पाइँदैन, कफी लगाए वर्षको एक पटक टिप्न सहज हुन्छ', उनले भने। झन्डै १५ रोपनी क्षेत्रफलमा कफी रोपेको र यस वर्षदेखि केही बोटमा फलसमेत लागेको उनले बताए।

कफी खेतीको विस्तार र प्रवद्र्धनका लागि कृषकले भँगरा कफी सहकारी संस्थासमेत गठन गरेका छन्। यो सहकारीमा स्थानीय एक सय १६ जना कृषक आवद्ध छन्। उनीहरूमध्ये अधिकांशका सयभन्दा बढी संख्यामा कफीका बोट छन् भने केहीले थोरै मात्रामा लगाएको थापाले जानकारी दिए।

‘वनजंगलको आडैमा प्रशस्त खाली जमिन छ, त्यहाँ तीन वर्षअघि लगाएका कफीका बिरुवा हराभरा हुन थालेका छन्', सहकारी अध्यक्ष टीकाराम भुसालले भने, ‘यसलाई गाउँभरि नै विस्तार गर्ने योजना छ।' कफीको मूल्य राम्रो पाइने र बिक्रीको समस्या पनि नभएकाले कृषकले अन्य पेसा छाडेर यसतर्फ लागेको उनले बताए। स्थानीयले सहकारीमार्फत कफीसँगै कुखुरापालन, बाख्रापालन र मौरीपालन व्यावसाय सुरु गरेका छन्।

कफीसँगै अलैंची खेती पनि छ। यसबाट दोहोरो आम्दानी लिन सकिने उनले जानकारी दिए। कफी खेती गर्न थालेपछि कफी संकलन केन्द्र निर्माण गर्न लागिएको छ। स्थानीय गैरसरकारी संस्था सोर्डेक नेपालद्वारा सञ्चालित गुड नेवर्स इन्टरनेसनलको सहयोगमा कफी संकलनका लागि दुईकोठे भवन निर्माण सुरु गरिएको हो। करिब १५ लाख रुपैयाँ लागतका भूकम्प प्रतिरोधी संकलन केन्द्र निर्माण कार्य सुरु भएको सोर्डेक नेपालका कार्यक्रम अधिकृत रमेशप्रसाद रिजालले जानकारी दिए।

कृषकले उत्पादन गरेको कफी, अलैंची, तरकारी, मह, खसीबोका संकलन गर्ने र एकीकृत रूपमा बजारमा पठाउने उद्देश्यले संकलन केन्द्र निर्माण गर्न लागिएको उनले बताए। उनीहरूले उत्पादन गरेका सबै बस्तु संकलन गरेर सहकारीमार्फत बिक्री गर्न बजार पठाइने भुसालले बताए। सबै कृषकले लगाएको कफी खेतीले पूर्ण रूपमा उत्पादन दिन थालेपछि वार्षिक एक करोडभन्दा बढी आम्दानी लिन सकिने रिजालले जानकारी दिए।

कृषकको सुविधालाई मध्यनजर गर्दै संस्थाले ६ लाख रुपैयाँ सहयोग गरेको छ भने बाँकी रकम सहकारी र स्थानीय कृषकको सहयोगमा जग्गा व्यवस्थापन गरेर पक्की भवन निर्माण गर्न लागिएको छ।

source; annapurnanews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
एलपीजी ग्यासभन्दा बिजुली धेरै सस्तो
काठमाडौं– ग्यासबाट भन्दा बिजुलीबाट खाना पकाउँदा करिब दोब्वर सस्तो हुने नेपाल विद्युत् प्राधिकरणले गरेको एक अध्ययन देखाएको छ ।पर्याप्त बिजुली उत्पादन गर्न सकिएको खण्डमा ग्यास आयातमा कमी आउने र भान्छाको लागत पनि घट्ने उक्त अध्ययनले देखाएको हो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्यासभन्दा बिजुलीको प्रयोग गर्दा सस्तो पर्ने बताए । ‘१० लिटर पानी तताउन ग्यास प्रयोग गर्दा १७ रुपैयाँ लाग्ने गर्छ,’ उनले भने, ‘त्यत्ति पानी बिजुलीबाट तताउँदा १० रुपैयाँ मात्र लाग्नेछ।’ प्रधिकरणले गरेको एक अध्ययनले त्यस्तो देखाएको घिसिङको भनाइ छ ।बिहीबार बारबरा फाउन्डेसनले आयोजना गरेको ...
कुमारी बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता
काठमाडौं– कुमारी बैंक लिमिटेडले नेपाल मेडिसिटी अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको छ । सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। उक्त सम्झौतापछि बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने छन् । निजी क्षेत्रको सबैभन्दा सुविधासम्पन्न दाबी गरिएको उक्त अस्पताल गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपेन्द्र महतोको लगानीमा स्थापना गरिएको हो । कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको ...
विराटनगरमा ग्रिन मोटर्सको लन्च
काठमाडौं– नेपालका लागि काइनेटिक गु्रपको एकमात्र आयातकर्ता र डिस्ट्रिब्युटर ग्रिन मोटर्सले विराटनगरमा लन्च कार्यक्रम गरेको छ। कार्यक्रमको अवसरमा कम्पनीले विराटनगर महानगरपालिकालाई एउटा गारबेज टिपर उपहारस्वरुप प्रदान गरेको जनाएको छ । कम्पनीले अहिले काइनेटिक सफर इ–अटो, काइनेटिक सफर शक्ति इ–लोडर, काइनेटिक सफर लिथियम र गारबेज टिपर जस्ता प्रडक्टहरु नेपालमा ल्याएको छ। source;nagariknews.com
डिसहोमको एक्सन स्पाेर्टस च्यानलमा रिङ रेस्लिङ लाइभ
काठमाडौं– डिसहोम एक्सन च्यानलले यस पटक पनि पोखरामा हुने आर डब्लु संग्राम नामक रिङ रेस्लिङ प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्पाेर्टस भएको छ। यही फागुन १८ गते हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघ तथा डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य र डबल एस प्रालिको व्यवस्थापनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजकत्वमा हुन लागेको हो। प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लरसँगै विदेशी रेस्लरको समेत सहभागिता रहने बताइएको छ । पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगीतामा चार देशका रेस्लरहरुको सहभागिता रहने छ । प्रतियोगितामा नेपालबाट नुवाकोटे टाइगर, ठाकु, डभिड, साइन, ब्लेड, भिलेन, ...
‘ऊर्जा क्षेत्रमा लगानी हैन सोचको समस्या’
काठमाडौं – नेपालको ऊर्जा क्षेत्रको विकासका लागि लगानी नभई सोचको मात्रै समस्या रहेको त्यस क्षेत्रका जानकार तथा सरोकार भएका व्यक्तिले जोड दिएका छन्। बारबरा फाउण्डेशनले बुधबार गरेको अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताले नीतिगत जटिलता हटाएर लगानीमैत्री वातावरण मात्रै बनाउने हो भने स्वदेशी लगानीमा नै ठूलो परिमाणमा जलविद्युत्को विकास गर्न सकिने बताए। नेपालमा रहेका बैंक तथा वित्तीय संस्था नै ठूला परियोजना निर्माण गर्न सक्ने अवस्थामा पुगेको तथा गतिलो प्रतिफलको सुनिश्चितता गर्ने हो भने नागरिकले पनि ठूलो मात्रामा लगानी गर्न सक्ने स्थिति रहेको बताउँदै उनीहरुले सरकारले प्राथमिकताक्रम निर्धारण ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम