मुख्य समाचार

बार्सिलोना सजिलै क्वार्टरफाइनलमा
Barcelona easily in Quarterfinal

बार्सिलोना : घरेलु लिग स्पेनिस ला लिगामा समेत अगाडि रहेको बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। बार्सिलोनाले शुक्रबार बिहान घरेलु मैदानमा खेलिएको प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी सेल्टा भिगोलाई ५-० गोलको फराकिलो अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

अघिल्लो साता सेल्टाको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा १-१ गोलको बराबरीमा रोकिएको बार्सिलोना समग्रमा ६-१ कुल गोल भिन्नताका आधारमा अगाडि बढेको हो। बार्सिलोना कोपा डेल रेको साविक विजेता पनि हो। बार्सिलोनाले हालसम्म २९ पटक कोपा डेल रेको उपाधि चुमिसकेको छ। सर्वाधिक उपाधि जित्ने क्लबको सूचीमा एथलेटिक बिल्बाओ (२३ पटक) दोस्रो स्थानमा छ।

दोस्रो लेग खेलमा बार्सिलोनाको जितमा अर्जेन्टिनी स्टार लियोनल मेसीले दुई गोलको योगदान गरे। उनले तीन मिनेटको बीचमा लगातार दुई गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए। खेल सुरु भएको १३औं मिनेटमा पहिलो गोल गरेका मेसीले १५औं मिनेटमा दोस्रो गोल थपेका थिए। मेसीले जारी सिजनमा गरेको गोल संख्या २२ पुगेको छ। खेलका क्रममा मेसीले अर्को एक गोलका लागि पास पनि उपलब्ध गराएका थिए।

बार्सिलोनाका लागि तेस्रो गोल २८औं मिनेटमा जोर्डी अल्बाले गरेका थिए। अल्बालाई उक्त गोलका लागि मेसीले पास उपलब्ध गराएका थिए। यसैगरी ३१औं मिनेटमा लुइस स्वारेजले बार्सिलोनाको अग्रतालाई ४-० बनाएका थिए। निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि इभान राकिटिचले अर्को गोल थप्दै बार्सिलोनाको जित अन्तरलाई फराकिलो बनाए। जितसँगै बार्सिलोनाले आफ्नो अपराजित यात्रा पनि २८ खेल पुर्‍याएको छ। भर्खरैमात्र बार्सिलोनामा आबद्ध भएका फिलिप कोउटिन्हो पनि उक्त खेल हेर्न रंगशालामा उपस्थित थिए। बार्सिलोना पछिल्लोपटक गत अगस्टमा स्पेनिस सुपर कपमा रियल म्याड्रिडसँग पराजित भएको थियो।

बार्सिलोनासँगै सेभिल पनि क्वार्टरफाइनलमा पुगेको छ। सेभिलले शुक्रबार घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा काडिजलाई २-१ गोलले हरायो। पहिलो लेगमा पनि २-० ले विजयी भएको सेभिल ४-१ कुल गोल भिन्नताका आधारमा अगाडि बढेको हो। यसैगरी स्पान्योल पनि प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भयो। स्पान्योलले दोस्रो लेग खेलमा लेभान्तेलाई उसैको मैदानमा २-० गोलले पाखा लगायो। स्पान्योल ३-२ कुल गोल भिन्नताका आधारमा प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो।

source; annapurnanews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सान्चेज म्यान्चेस्टर युनाईटेडमा अनुबन्धित
माघ ९ – चिली तथा आर्सनलका स्ट्राइकर अलेक्सीस सान्चेज इङलिस क्लब म्यान्चेस्टर युनाईटेड गएका छन्। सान्चेज आर्सनलबाट युनाइटेडमा कर बाहेक १ करोड ४० लाख पाउण्डमा अनुबन्धिन भएका हुन। यस्तै म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर हेनरिक मखितर्यानलाई आर्सनलले अनुबन्धन गरेको छ। आर्सनल र म्यान्चेस्टर युनाईटेडले खेलाडी सट्टापट्टा गरेका हुन्। युनाइटेडले सान्चेजलाई क्लबमा भित्र्याउने प्रस्ताब गर्दा आर्सनलले भने यसका लागि आफूले मखितर्याने पाउनुपर्ने माग गरेको थियो। २९ बर्षे सान्चेजले गत बर्षनै अर्को इङलिस क्लव म्यानचेष्टर सिटी जाने हल्ला थियो। सिटीले सान्चेजलाई गत हप्तामात्रै क्लबमा भित्र्याउन इच्छुक नजनाएपछी युनाइटेडको लागि ...
प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित
माघ ९ – इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ। लिग अन्तर्गत सोमबार राति सम्पन्न खेलमा स्वान्सी सिटीले लिभरपुललाई १–० ले पराजित गरेको हो । स्वान्सी सिटीको जितमा एकमात्र निर्णयक गोल खेलको ४० औं मिनेटमा अल्फी मवसनले गरेका थिए। रेलिगेशन जोनमा रहेको स्वान्सी सिटीले लिभरपुललाई स्तब्ध पारेको हो। हारपछि लिभरपुलकाले तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। लिभरपुलको २४ खेलबाट ४७ अंक छ । विजयी स्वान्सी सिटी भने २४ खेलबाट २० अंक जोड्दै तालिकाको पुछारमा रहेको छ। तालिकामा ६५ अंक जोडेको म्यान्चेस्टर सिटी ...
आयोजक र कोलकत्ता भिड्दै
सुनसरी – सुनसरीको इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ्ङ क्लब कोलकोताका भारत भिड्दैछन। खेल दिउँसो २ः३० बजे पछि इटहरीमा रंगशालामा सुरु हुनेछ। यसअघि सोमबारको खेलमा विजयी हुदै त्रिभुवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेको छ। इटहरी रंगशालामा भएको खेलमा पाहुना टोली भुटानको डुक युनाइटेडलाई ५–० को भारी अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । अब आर्मीले सेमिफाइनलमा बुधबार थ्रिस्टारसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। आर्मीका लागि पदम तामाङ् र ...
१६ औं संस्करणको आहा रारा गोल्डकप आजबाट
पोखरा – धनगढीको सुदूरपश्चिम–११ स्पोर्टिङ क्लब र सहारा क्लबले आहा रारा गोल्डकपको १६औं संस्करणको उद्घाटन खेलमै प्रतिस्पर्धा गर्ने भएका छन्। अघिल्लो संस्करणमा घरेलु टोलीसँग ४–० को नराम्रो हार बेहोरेर बाहिरिएको सूदुरपश्चिम यो पटक फेरी त्यही मैदानमा प्रतियोगिताको पहिलो खेल खेल्दैछ। सुदूरपश्चिम गत वर्षको हार विर्साउने तयारीमा जुट्दा घरेलु दर्शकको साथ पाउने सहारा जितलाई निरन्तरता दिने योजनामा छ । त्यही अनुसार दुवै टिम मंगलबार भरपुर तयारीका साथ मैदानमा उत्रदैछन् । सहाराका प्रशिक्षक किरण गुरुङ उपाधि घरमै राख्ने लक्ष्यका साथ झन्डै २ महिनादेखि तयारी गरिरहेको बताउँछन्। ...
न्युजिल्यान्डको सहज विजय
माघ ९ – न्युजिल्यान्डले सोमबार पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा पाकिस्तानमाथि ७ विकेटको सहज जित हात पारेको छ। पाकिस्तानले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डको सुरुआत गतिलो हुन सकेन । ३ रन जोड्दा ओपनर मार्टिन गुप्टिल (२) लाई गुमाएको न्युजिल्यान्डले थप ५ रन जोड्दा ग्लेन फिलिप्स (३) लाई गुमाएको थियो । दुवैलाई रुमान रहिसले पवेलियनको बाटो देखाएका थिए । गुप्टिललाई मोहम्मद हाफिजबाट क्याच गराएका रुमानले फिलिप्सलाई बोल्ड गरेका थिए। न्युजिल्यान्डका ओपनर कोलिन मुनरोले ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम