मुख्य समाचार

साधुटारको सुन्दरता
Beauty of Sadhutar

पाँचथर- दैनिक कामको तनाबबाट मुक्त हुन सहरबाट केही टाढा निस्कने प्रचलन हिजोआज बढ्दै गएको छ। मनोरञ्जनका लागि लगानीमा बढोत्तरी गर्न उत्साहित हुनेक्रम देखिन थालेको छ। यहि क्रममा पाँचथरको फिदिम नगरपालिकाको रानीटारमा जानेको संख्या उलेख्यमात्रमा बढ्न थालेको छ।

सदरमुकाम फिदिम बजार तथा आसपासका क्षेत्रवाट फिदिम–८ मा रहेको साधुटारमा पुग्नेको संख्या बढ्नुको साथै प्रख्याती समेत बढेको छ। थुम्कीला आर्कषक डाँडाहरुको विचमा रहेको पोखरीले धेरैलाई आर्कषण गरेको पाईन्छ । ठाँठाहरुले घेरीएको ठाँउमा निलाम्य पोखरी रहेको छ । कञ्चजंगा, कुम्भकर्ण लगायतका हिमशृंखालाको प्रतिछाँया पोखरीमा देखिन्छ। लेकाली भूगोलमा बुक्कीफलले डाकिएका डाँडाहरु सुन्दर छन्। यहिनेर भएको पोखरीमा तश्विर खिचाउने यहिवरीपरि रमाउनेको संख्यामा उलेख्यमात्रामा वृद्धि भएको पाईन्छ । फिदिमबाट शनिवार को दिन घुम्न जानेको संख्या निक्कै हुने गरेको पाईन्छ। आकाशको छाया पोखरीमा टल्किदा पोखरी निक्कै आर्कषक देखिन्छ। पोखरी छेउका फराकिला डाँडाहरुमा बसेर घाम ताप्दै बदाम खाने गरेको देख्न पाईन्छ । हिमाल टलक्क टल्किन्छ । स्याउडाँडा, घुमाउनेटार लगायतको दृयय देख्न पाईन्छ । शनिवार बाहेक पनि अरुबारपनि घुम्न आउने गरेको स्थानिय निमोन थालोचाले बताए।

घुम्न आउनेको संख्या बढेपछि सडक स्तरउन्नती गरीएको छ । भौगोलिक सहजताकारण घुम्न जानेको संख्या बढेको पाईन्छ । मेची राजमार्गमा पर्ने पौवाभञ्याङदेखि नजिकै पर्ने हुदापनि घुम्न जान सजिलो भएको पाईन्छ । भौगोलिक रुपमा यो ठाँउ सुन्दर छ । बुक्कि फुल्ने बाझो डाँडामा सल्लाले हरियाली छरेको छ । सानो पोखरी निक्कै अघि देखि रहेको स्थानियको भनाई छ । केहि समय अघि खानेपानी आयोजनाबाट केहि पानी पोखरीमा खनाइएपछि आर्कषक देखिएको हो । अझ पानी जम्ने फराकिलो ठाँउभएका विकासकालागि समेत सम्भावनाहरु रहेको चर्चा गरीन्छ । यो क्षेत्रको विकासका लागि प्रयास थालिएको वार्ड अध्यक्ष शेरवहादुर नेम्वाङ बताउँछन् । विभिन्न माध्यमबाट तश्विरको प्रचार गरीएकाले घुम्न जानेको संख्या बढेको पाइन्छ ।


source; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, दुई घर जले
ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार अपरान्ह भएको आगलागीमा २ घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार एकै परिवारका दुई दाजुभाई फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइन स्थित डिकहादुर खवास र दिलबहादुर खवासको घर जलेर नष्ट भएको हो। अहिले फुङलिङ नगरपालिको दकमल, नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन्। प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगो नियन्त्रण उन्मुख रहेको बताए। अगलागीको कारण खुलेको छैन। कुनै मानवीय क्षति नभएपनि आगो पूर्ण नियन्त्रणमा आउन केहि समय लाग्ने प्रहरीले बताएको छ। source; ...
पासपोर्ट भएका नेपालीको संख्या ५१ लाख
माघ ९ – डिसेम्बर २०१० देखि २०१७ सम्ममा ५१ लाख ५७ हजार ८ सय २६ नेपालीले राहदानी (पासपोर्ट) लिएको राहदानी विभागले बताएको छ । विभागले २०१० देखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । राहदानी लिनेमा ४० लाखले वैदेशिक रोजगारीका लागि उक्त राहदानी लिएका छन् । यकिन तथ्यांक नभएपनि श्रम स्विकृती लिएर विदेश जानेको संख्या ४० लाख रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठले बताए । त्यसैगरी अध्ययनका लागि जाने विद्यार्थीको संख्या करिब ३ लाख छ । नो अब्जेक्सन लेटर (अध्ययन अनुमति) लिने विद्यार्थी संख्यालाई ...
क्यान्सरपीडित बञ्जाडेलाई ३ लाख सहयोग
माघ ९ – चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचाररत अर्घाखाँची, भूमिकास्थान नगरपालिका-४ सानाऔवलका अमर बञ्जाडेलाई युनाइटेड अरब इमिरेट्स (यूएई)मा कार्यरत नेपालीहरूले ३ लाख ३ हजार १८६ रूपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । अर्घाखाँची सम्पर्क समिति यूएई र श्री शान्ति उच्च मावि भूतपूर्व विद्यार्थी संघको पहलमा रकम संकलन गरिएको थियो । आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएपछि अमरले सहयोगका लागि आह्वान गरेका थिए । source; nepaljapan.com
सत्तरी वर्षमा लाइसेन्स
काठमाडौं : सूर्यविनायक नगरपालिकाका–७ गुण्डुका पूर्णबहादुर बस्नेतले ७० वर्षको उमेरमा स्कुटर चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका छन् । आइतबारै लिखित परीक्षा उत्तीर्ण गरेका बस्नेतले मंगलबार प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गरे । प्रतिनिधिसभा सदस्य महेश बस्नेतका पिता पूर्णबहादुरले ३९ वर्षदेखि साइकल चलाउँदै आएका थिए । दुई वर्षअघि नातिनीको स्कुटर चलाउन थालेका उनले अब स्कुटरमा श्रीमतीलाई राखेर धार्मिक मठमन्दिरमा जान सजिलो भएको बताए । कुनै घटना भइहाले पूर्वमन्त्री एवं सांसदका बाबुले लाइसेन्सबिनै स्कुटी चलाएको खबर आउने भनेर छोराले सुझाएपछि लाइसेन्स परीक्षामा सहभागी भएको उनको भनाइ थियो । source; annapurnanews.com
रौतहटमा ८ वर्षीय बालकको बिभत्स हत्या : तीन पक्राउ
रौतहट : राजपुर नगरपालिकाको बैरीया बलुवाटोलमा एक बालकको बिभत्स हत्या भएको छ। मंगलबार बिहान बालवाटोलका ८ वर्षीय मफजुल देवानको घाटी काटेर हत्या भएको स्थानीयले बताएका छन्। स्थानीयले बिहान ११ बजेतिर गाउँ नजिकैको बगैंचामा बालकको शव भेटेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले बालक हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। बालक हत्या घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजकुमार दानीले जानकारी दिए। source; annapurnanews.com
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम