मुख्य समाचार

बेनी हाइड्रोपावरको निमार्ण कार्य तिब्र
Beni hydropower construction process faster

पुस ३० –सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर १ बेनीमा निर्माणाधीन बेनी हाइड्रोपावर प्रोजेक्ट प्राइभेट लिमिटेडले ३० प्रतिशत काम सम्पन्न गरेको छ। १८ मेगावाट क्षमताको उक्त हाइड्रोपावरको कन्ट्रक्सनको काम भइरहेको छ। काम सुरु गरेको ७ महिनामानै अनुमति खारेज भएको उक्त कम्पनीले २०७३ कात्तिकमा पुनः अनुमति पाएको थियो।

पुनः अनुमति पाएपछि गत चैत २९ गतेदेखि काम सुरु गरेको कम्पनीले अहिले टनेल, इन्टेक र पावरगृह निर्माण गरिरहेको कम्पनीका अध्यक्ष पिजी शेर्पाले बताए। २ हजार ४ सय मिटर सुरुङ निर्माण गर्नुपर्ने उक्त परियोजनाको ६ सय ५० मिटर खनिसकेको कम्पनीले जनाएको छ। अहिले एकतर्फीबाट सुरुङ निर्माण भइरहेको र केही समयपछि दुईतर्फीबाट नै सुरुङ निर्माण गरिने अध्यक्ष शेर्पाले बताए।

कुल लागत ३ अर्ब २७ करोड काम सम्पन्न गर्न ३ अर्ब २७ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सुरु भएको उक्त योजनामा एनएमबी बैकको नेतृत्वमा अन्य चार बैकले लगानी गर्न सम्झौता गरेका छन्। सम्झौताअनुसार एनएमबी बैकले ९० करोड, बंगलादेश बैकले ५० करोड, विभोर बैकले ५० र एचआइडिसिएल बैकले २० करोड रुपैयाँ लगानी गर्नेछन्। योजना सम्पन्न गर्न उत्पादकको १ अर्ब रुपैयाँ लगानी रहने छ।

जसमा १० प्रतिशत स्थानीयलाई साधरण सेयर, २० प्रतिशत आइप्यु र ७० प्रतिशत उत्पादकको हुने अध्यक्ष शेर्पाले बताए। योजनाको ५० प्रतिशत काम सम्पन्न भएपछि स्थानीयलाई सेयर वितरण गर्ने कार्ययोजना रहेको अध्यक्ष शेर्पाले बताए। सोलु करिडोरले प्रभाव पार्नसक्ने १६ पुस २०६९ गते ऊर्जा मन्त्रालय र बेनी हाइड्रोपावर प्रोजेक्ट प्राइभेट लिमिटेडबीच पहिलो पटक विद्युत् खरिद बिक्री सम्झौता भएको थियो।

तर, भौतिक निर्माण सन्तोषजनक नभएको भन्दै ०७१ भदौमा मन्त्रिपरिषद् बैठकले सम्झौतासहित प्रोजेक्टको अनुमति (लाइसेन्स) खारेज गरेको थियो। ९ असार ०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले पुनः सोही कम्पनीलाई योजना सञ्चालनका लागि करार सम्झौता गर्न अनुमति दिने निर्णय गरेसँगै ऊर्जा मन्त्रालयले १६ असारमा लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो। कम्पनीका अध्यक्ष शेर्पाले भने, ‘हाम्रो लाइसेन्स खारेज भएपछि पुनः १६ भदौ ०७३ मा नयाँ लाइसेन्स लिन सफल भयौं।’ सरकारले लाइसेन्स नवीकरण गर्ने निर्णय गरेपछि २५ कात्तिक ०७३ मा विद्युत् खरिद बिक्री सम्झौता समेत संशोधन भयो। सम्झौताअनुसार ३० मंसिर ०७६ मा योजना सम्पन्न गरिसक्नुपर्नेछ। निर्धारित समयमा नै काम सम्पन्न गर्न सकिने भए पनि सोलु करिडोर निर्माणमा ढिलासुस्ती देखिएकाले प्रोजेक्टको कामसमेत प्रभावित हुने अध्यक्ष शेर्पाको चिन्ता छ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मुग्लिन-नारायणगढ सडक विस्तार ३३ महिनामा पनि सकिएन
काठमाडौं : उपत्यका प्रवेशको लाइफलाइन मुग्लिन-नारायणगढ सडक विस्तारको काम निर्धारित समयमा पूरा नभएपछि चौथो पटक समय थप्नुपर्ने भएको छ। यो सडक विस्तारको काम हाल ७१ प्रतिशत मात्रै पूरा भएकाले अझै एक पटक सयम थप्नुपर्ने भएको हो। आगामी फेब्रुअरीमा चौथो पटक समय थपेर बाँकी काम गराउने तयारी सडक विभागले गरिरहेको छ। साढे दुई वर्षभित्रै विस्तारको काम पूरा गर्न ३३ महिना अगाडि सम्झौता भएको थियो। सडक निर्माणको ठेक्का लागेका दुई महिनामै (२०७२ वैशाखमा) गएको भूकम्प, सोही वर्षमा भएको नाकाबन्दी, निर्माण सामग्रीको अभाव, अन्तरनिकाय समन्वय अभाव, प्रतिकूल मौसमलगायत कारण ...
नेपालकै ठूलो अक्सिजन प्लान्ट सञ्चालनमा
नेपालगन्ज : नेपालगन्जमा देशकै ठूलो र अत्याधुनिक अक्सिजन ग्यास प्लान्ट सोमबारदेखि संचालनमा आएको छ । प्लान्टबाट दैनिक ४७ लिटर क्षमताका एक हजार सिलिण्डर अक्सिजन, १२ सय लिटर नाईट्रोजन र जिरो एयर ग्यास उत्पादन भइरहेको बताइएको छ । एच. ओ. अक्सिजन ईन्डस्ट्रिज प्रा.लिले संचालनमा ल्याएको करिब १० करोड रुपैयाँ लागतमा स्थापना गरिएको हो । प्लान्ट संचालनमा आएसँगै नारायणघाटदेखि पश्चिम क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाईट्रोजन ग्यास उपलब्ध हुने संचालकको भनाइ छ । जनसंख्याको बढ्दो चाप, बिरामीहरुको वृद्धि, उद्योग विस्तार, अस्पताल आदीको अध्ययन गरेर सुलभ तरिकाले ...
शेयर बजारसँगै कारोबार रकम पनि ओरालो
माघ ९ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ८ अंकले घटेको छ । अन्य बाहेकका सवै परिसूचक घटेपछि नेप्से मंगलबार ७ दशमलव ७६ विन्दुले घटेर १३ सय ९४ विन्दुको छेउमा आइपुगेको हो । मंगलबार सवैभन्दा धेरै बीमा समुह ८४ भन्दा धेरै अंकले घटेको छ । त्यसैगरि होटल समुह ५२, जलविद्युत झण्डै ३३, बैकिङ्ग ४, विकास बैक साढे ५ अंकले घटेको हो । अन्य समुह भने शुन्य दशमलव १२ अंकले बढेको छ । सोमबारभन्दा ७ करोड कम अर्थात २९ करोड भन्दा केही बढीको कारोबार भएको दिन मंगलबार ...
छ महिनामा ५९ अर्ब राजश्व संकलन
बीरगञ्ज – बिरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४–७५ को पछिल्लो ६ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ। इन्धन र सवारी साधनबाट मात्र रु २९ अर्ब ७४ करोड ३१ लाख ४० हजार राजश्व संकलन गरेको बीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए। चालु आर्थिक वर्षको पुस मसान्तसम्म बीरगञ्ज भन्सार कार्यालयले कुल राजश्वको आधाभन्दा बढी इन्धन र नयाँ सवारी साधनबाट उठाएको छ । कार्यालयले ६ महिनामा मात्रै भारतबाट नेपाल ...
करोडौं खर्चेका सडक गुणस्तरहीन
इलाम – इलाममा २८ करोड रुपैयाँको लगानीमा निर्माणाधीन २ महŒवपूर्ण सडकको काम ‘गुणस्तरीहीन’ भइरहेको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधिले ठूलो रकम खर्चेका सडकको काममा व्यापक लापरबाही गरिएको भन्दै विरोध जनाएका छन्। १९.०२३ किलोमिटरको फिक्कल–गुप्ती–नयाँबजार तथा इलाम नगरपालिका–दुधाङ–सोयाङ–नयाँबजारका बेग्लाबेग्लै दुई सडकको काममा लापर्बाही भइरहेको जनप्रतिनिधिको अनुुगमन टोलीले जनाएको हो । दुवै सडकमा स्टिमेटअनुसार काम नभएको, स्टिमेटमा भएअनुसार मापदण्ड पूरा नगरी सामग्री प्रयोग गरिरहेको, तोकिएको स्थानभन्दा जताततै खनेको र काम गरिनसक्दै सडक भत्किन थालेको उनीहरूले बताएका छन्। सूर्याेदय नगरपालिकाको फिक्कलदेखि माइजोगमाई गाउँपालिकाको नयाँबजार जोड्ने निर्माणाधीन फिक्कल–गुप्ती–नयाँबजार सडकमा ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम