मुख्य समाचार

जापानमा बर्ड फ्लु देखिएपछि कुखुरा नष्ट गर्ने प्रक्रिया सुरु
Chicken destroyed process begins after bird flu seen in Japan

एच५ नामक बर्ड फ्लु देखिएपछि जापानको कागावा प्रान्तका अधिकारीले ९२ हजार कुखुरा नष्ट गर्ने प्रक्रिया सुरु गरेका छन् ।

यस सिजनमा पहिलोपटक जापानको सानुकी शहरको एक कुखुरा पालन केन्द्रमा गरिएको परिक्षणमा बर्ड फ्लुको भएको नतिजा प्राप्त भएपछि उक्त निर्णय लिइएको हो । नष्ट गर्ने प्रक्रिया २४ घण्टाभित्र सकिने जानकारी प्राप्त भएको छ । उक्त फार्मले ५५ वटा कुखुरा मरेको प्रान्तिय सरकारलाइ जानकारी दिएपछि बुधबार विहान बर्ड फ्लुको शंका गरिएको थियो । प्रारम्भिक परिक्षणका ११ मध्ये ३ वटा कुखुरामा बर्ड फ्लुको सकारात्मक नतिजा पाइएको थियो ।

प्रभावित क्षेत्रबाट तीन किमि आसपासको क्षेत्रमा कुखुरा र अण्डा ओसारप्रसारमा रोक लगाइएको छ भने १० किमिको क्षेत्रबाट पनि कुखुरा र अण्डा बाहिर लैजान निषेध गरिएको छ । उक्त फार्मले कुखुरा र अण्डा अन्यत्र लैजान बन्द गरेको छ र प्रान्तिय सरकारले उक्त क्षेत्रलाइ किटनासकले सफा गर्ने कार्य गरेको छ ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
हिउँ पहिरोमा परेर जापानमा १ को मृत्यु, १५ घाइते
टोकियो – ज्वालामुखी विस्फोटसँगै गएको हिउँ पहिरोमा परेर जापानमा १ जनाको मृत्यु हुनुका साथै कम्तीमा १५ जना घाइते भएका छन् । जापानको स्कि रिसोर्टमा ज्वालामुखी विस्फोटसँगै गएको हिउँपहिरोमा परेर कम्तिमा १५ जना घाइते भएका हुन् ।घाइते मध्येका ४ जना उक्त समय रिसोर्टमा गोन्डोला चलाइरहेका थिए । स्रोतका अनुसार ३ जनाको सकुशल उद्धार गरिएको छ । घाइतेहरूले पहाड विस्फोट भएर खसिरहेको देखेका बिबिसीमा उल्लेख छ । जमिन विस्फोट हुनुको कारण भने पत्ता नलागेको उनीहरुको भनाइ छ । अधिकारीहरुले उक्त पहाड नचढ्न ...
अमेरिकी विमान दुर्घटना दर २०१७ मा दोब्बरभन्दा बढि बृद्धि : जापान
अमेरिकी सैन्य विमानसंग सम्बन्धित दुर्घटनाहरु पछिल्लो वर्ष ११ रहेकोमा २०१७ मा दोब्बर बढि बृद्धि भएर २५ पुगेको जापानी रक्षा मन्त्री इत्सुनोरी ओनोडेराले सोमबार बताएका छन् । अमेरिकी सेनाका प्रशान्त प्रमुख एडमिरल ह्यारी ह्यारिसले २०१७ मा दुर्घटनाका संख्या घटेको बताएपछि रक्षा मन्त्रालयले यसबारेमा अध्ययन गरेको ओनोडेराले बताए । आफुसंग भएको सुचनाको आधारमा दुर्घटनामा बृद्धि भएको देखिएको ओनोडेराले पत्रकारहरुमाझ बताए । अर्का वरिष्ठ अधिकारीले जनवरी ९ मा ओनोडेरासंगको वार्तामा ह्यारिसले कुन तथ्यांकको आधारमा यस्तो भनेका हुन् भन्ने बारेमा मन्त्रालय अनजान रहेको बताए । ह्यारिसले भने २०१६ मा ३० ...
जापानको रोजगारी गुम्ने खतरा
सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत विदेशी कामदार ल्याउने जापान सरकारको नयाँ व्यवस्थाअनुसार दुई मुलुकबीच सम्झौता हुन नसक्दा रोजगारीको अवसर गुम्ने अवस्था सिर्जना भएको हो । सन् १९९३ यता जापानले नेपालसहित चीन, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, थाइल्यान्ड, पेरु, लाओस, श्रीलंका, भारत, म्यानमार, मंगोलिया, उज्वेकिस्तान, कम्बोडिया र बंगलादेश गरी १५ देशबाट जिट्को सम्झौताअन्तर्गत तालिमसँगै रोजगारी दिन प्रशिक्षार्थी कामदार लैजाँदै आएको थियो । पछिल्लो समय जापानले नोभेम्बर २०१६ मा जापान अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन (जिट्को) परिमार्जन गरी प्राविधिक ...
टोकियोमा भारी हिमपात, सतर्कता अपनाउन आह्वान
जापानको राजधानी टोकियोको ठूलो क्षेत्रमा सोमबार भारी हिमपात भएको छ । मानव दैनिक जीवनलाई असर पारेको र यातायात सेवालाई प्रभावित पारेको हिमबर्षा मंगलबारसम्म हुनसक्ने जलसम्वन्धि निकायका अधिकारीहरूले चेतावनी दिएका छन् । जापान जलवायु विभागले टाहोकु र होक्काईडोमा पनि हिउँले पुरै ढाकेको र कान्तो कोशिन तथा तुहोकु क्षेत्रमा स्थानीय समय अनुसार मंगलबार विहान ६ बजेसम्म ३० सेन्टिमिटर हिउ थुप्रिने अनुमान गरिएको जनाएको छ । त्यसैगरी होकुरिकु देखि चुगुकुसम्मको मध्य तथा पश्चिमी क्षेत्रमा २० सेन्टिमिटर र उत्तरी क्युसु र शिकोकु क्षेत्रमा १५ सेन्टिमिटरसम्म हिउँले ढाक्ने पुर्वानुमान गरिएको छ । मंगलबारसम्म ...
जनवरी २३ देखि जापानभर भारी हिमपातको खतरा
न्युन चापको विकासले जापानको पश्चिमी र उत्तरपूर्वी भागमा उच्च हिमपातको अपेक्षा गरिएको जापान मौसमविज्ञान विभाग (जेएमए)ले जनवरी २२ मा बताएको छ । जेएमएले स्थानीयलाइ बाटोमा हिउँ जम्ने र हिमपहिरोबाट बच्न आग्रह गरेको छ । इस्ट चाइना सी मा देखिएको न्युन चाप पुर्व तथा उत्तरपूर्वी दिशामा अघि बढिरहेको जेएमएले बताएको छ । जनवरी २२ को रातीसम्म उक्त चाप प्रणाली जापानको पश्चिमी र पूर्वी प्रशान्त क्षेत्र हुँदै इजु टापुसम्म पुग्ने अनुमान गरिएको छ । उक्त राती नै सी अफ जापानबाट पनि यस्तै चाप विकास हुदै तिब्र गतिमा उत्तरपूर्वी ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम