मुख्य समाचार

नारायणगढमा नेपथ्यको कन्सर्ट
Concert of Nepathya at Narayangadh

चितवन– माघेसंक्रान्तिका दिन प्रख्यात सांगीतिक ब्यान्ड नेपथ्यले नारायणगढमा लाइभ कन्सर्ट गर्ने भएको छ । नारायणी नदी किनारमा नेपथ्यले तीन वर्षपछि कार्यक्रम गर्न लागेको हो ।

‘नेपथ्यले नेपाली लोक, आधुनिक संगीतमा बेग्लै पहिचान, उचाइ र लोकप्रियता कमाएको छ । चितवनका संगीत पे्रमीहरूले यस पटक पनि नेपथ्यका नयाँ पुराना गीत सुन्ने अवसर पाउनेछन्,’ कार्यक्रम आयोजक दाताज इभेन्ट म्यानेजमेन्टका दाताराम घिमिरेले भने । कार्यक्रमका लागि टिकट बिक्री सुरु भइसकेको घिमिरेले बताए । टिकटको मूल्य एक हजार र पाँच सय रुपैयाँ कायम गरिएको उनले बताए ।

नेपथ्य स्थापना भएको २५ वर्ष भएको छ । ‘२५ औं वर्षगाँठ अर्थात रजत जयन्ती मनाइरहँदा नेपथ्यले देशका विभिन्न सहरमा कन्सर्ट गर्नेछ । चितवनमा नेपथ्यजस्तो लोकप्रिय ब्याण्डलाई प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित छौं,’ घिमिरेले भने ।

करिब १० हजार दर्शकले टिकट काटेर कार्यक्रम हेर्ने आयोजकको अपेक्षा छ । ‘टिकट बिक्री सुरु भएको छ । अहिले नै जे जति बिक्री भएको छ त्यसले दश हजार दर्शक कार्यक्रम हेर्न आउनेमा हामी ढुक्क छौं,’ नेपथ्य लाइभ २०१८ का निर्देशक रहेका सूर्य अधिकारीले भने ।

तीन वर्षअघि नेपथ्यले नारायणी नदी किनारमा कार्यक्रम गर्दा दर्शकको उल्लेख्य उपस्थिति रहेको र अहिले पनि उल्लेख्य दर्शक आउने अधिकारीले बताए । कार्यक्रमको प्रचारका लागि आउँदो आइतबारबाट चितवन र आसपासका क्षेत्रमा ‘प्रि–इभेन्ट म्युजिकल टुर’ सुरु गर्ने दाताराम घिमिरेले बताए । चितवन, नवलपुर, मकवानपुर तनहुँका २५ देखि ३० ठाउँमा त्यस्तो टुर गरिने उनले बताए ।


source; ujyaaloonlinenews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
‘प्याडम्यान’ को प्रदर्शन मिति सर्यो
जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित चलचित्र ‘प्याडम्यान’को प्रदर्शन मिति हेरफेर भएको छ । प्रतिक्षित’पद्मावत’सँग प्रदर्शन हुँदा आफूलाई व्यापारिक रुपमा पनि घाटा हुने कुरालाई मध्यनजर राख्दै ‘प्याडम्यान‘ अघि सरेको छ।’प्याडम्यान’ अब फेब्रुअरी ९ मा प्रदर्शन हुने भएको हो । फेब्रुअरी ९ अर्थात माघ २६ मानेपाली युवा स्टार अनमोल केसी अभिनित चलचित्र ‘कृ’ प्रदर्शन हुँदैछ। अनमोल भर्सेस् अक्षकुमारको भिडन्त हुने पक्का भएको छ। नेपाली दर्शकमाझ ‘कृ’ पनि एकदमै प्रतिक्षित बनिरहेको र अक्षयकुमार पनि दरिलो नाम भएका कारण पनि यी ...
‘मिस्टर झोले’ ले ६ दिनमा कति कमायो ?
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर झोले’ निर्माण युनिटले ६ दिनमा २ करोड ४८ लाख माथिको व्यापार गरेको जानकारी दिएको छ । चलचित्र निर्माण युनिटले बिहीबार राजधानीमा पत्रकारहरुसँग सफलताको खुसियाली समेत मनाएको छ। निर्माता टेकेन खड्काले चलचित्रको कमाइ बाहिर ल्याएका हुन्। चलचित्रको पूर्ण लागत १ करोड ५३ लाख भएको समेत बताएइको छ । रामबाबु गुरुङ निर्देशित ‘मिस्टर झोले’मा दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्धी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ। रामबाबुकै कथा तथा लेखन रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायाँकन, निमेष ...
हलमा ‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’
बिहीबारबाट मोफसलका हलहरुमा प्रदर्शन भएका दुई नेपाली चलचित्र ‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’ले शुक्रवारबाट राजधानी भित्र प्रदर्शन सुरु गरेका छन् । ‘लालपुर्जा’ ले दुई दाजुभाइबीचको जग्गा अंशबन्डा झगडाको कथा बोल्छ भने ‘पिंजडा ब्याक अगेन’ ले पारिवारिक कथा बोल्छ । निगम श्रेष्ठ निर्देशित ‘लालपुर्जा’मा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर, हरिहर शर्मा, कामेश्वर चौरासिया, कमलमणी नेपाल, अनिल पाण्डे लगायतका कलाकारहरुको अभिनय छ । चर्चित लेखक कुमार नगरकोटी र नायिका सृष्टि श्रेष्ठ अतिथि भूमिकामा छन् । नेगेटिभ बुद्धको व्यानरमा निर्मित चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन, बिक्रमसिंह थारु र ...
फिल्म ‘ह्याप्पी डेज’ को प्रदर्शन मिति तय
फिल्म ‘ह्याप्पी डेज’ अन्तत: चैत १६ गते बाट प्रदर्शनमा आउने भएको छ । फिल्म ‘ह्याप्पी डेज’ निर्माण युनिटले तेस्रोपटक रिलिज तय गरेको हो । ह्याप्पी डेजको प्रदर्शन मिति मङ्सिर १५ बाट माघ १२ लाई सरेको थियो । तर माघ ११ मा बलिउडका दुई ठूला फिल्म ‘पद्मावत’ र ‘प्याडम्यान’ प्रदर्शन हुने भएपछि फिल्म पुन: एकपटक पर सरेको छ। अन्तत: फिल्म चैत १६ गते बाट प्रदर्शनमा आउने निर्देशक मिलन चाम्सले जानकारी दिए। फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु लगायतको अभिनय रहेको ...
‘प्रेम गीत २’ सिड्नीमा
नायक प्रदिप खड्का अभिनित लोकप्रिय नेपाली चलचित्र ‘प्रेम गीत २’ सिड्नीमा प्रदर्शन हुने भएको छ । इभेन्ट आयोजक कलिउड क्लबले सिड्नी शोको ब्यवस्था गरेको हो ।पहिलो शो फ्रेबरुअरी ३ तारिख शनिबारका दिन हर्षभिलको सिभिक थियटरमा हुने तथा बाँकी शोको मिति सार्वजनिक नभएको क्लबका निर्देशक श्यामसुन्दर गिरीले बताएका छन् । आशुसेन फिल्मसको ब्यानरमा निर्मित चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन लगायत कलाकारको मुख्य भूमिका रहेको छ।चलचित्रमा समावेश गीत ‘प्रेम यो कहानी’ र ‘मोटरसाईकलमा’ सर्वाधिक चर्चित ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम