मुख्य समाचार

युवालाई लोभ्याउँदै डेटिङ एप्स
Dating apps attracting youth

पुस २२– कोटेश्वरकी आरजु शर्मा (नाम परिवर्तन) विद्यार्थी हुन् । उनी सात महिनायता टिन्डर डेटिङ एप्स प्रयोग गर्दै आएकी छिन् ।
एप्सबारे बहिनीले जानकारी दिएपछि प्रयोग गर्न थालेको उनी बताउँछिन् । मनपर्ने मान्छे खोज्न सकिने जानकारी पाएपछि एप्स प्रयोग गर्न थालेको उनले बताइन् ।

‘सुरुमा त एप्स प्रयोग गर्नेबारे थाहा थिएन, पछि चलाउँदा चलाउँदै सिकियो,’ उनले भनिन् । डेटिङ एप्स हो भन्ने थाहा पाएपछि चलाउन उत्सुक भएको उनले बताइन् । ‘खासमा म सिंगल छु, ब्वाइफ्रेन्डको खोजीमा टिन्डर प्रयोग गरेकी हुँ,’ उनी भन्छिन् । अहिलेसम्म खोजेजस्तो केटा साथी नपाए पनि राम्रो साथी फेला पारेको उनको भनाइ छ ।

जोडी खोज्न चाहने युवा यो एप्सप्रति आकर्षित भएका छन् । २०१४ मा सार्वजनिक भएको यो एप्स सुरुमा अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इन्डोनेसिया, इटाली, मेक्सिको, फिलिपिन्स र स्विडेनमा मात्र प्रयोग गर्न मिल्थ्यो, अहिले विश्वभर यसका प्रयोगकर्ता छन् ।

यो एप्सकी अर्की प्रयोगकर्ता हुन्, जावलाखेलकी नन्दा थापा (नाम परिवर्तन) । एप्स प्रयोगपछि इन्जिनियर केटा साथी भेटाएको उनले बताइन् । राम्रो साथी पाएकोमा उनी खुसी छिन् ।

सामाजिक सञ्जालका नक्कली अकाउन्टप्रति उनी सचेत छिन् । ‘सामाजिक सञ्जाल सही ढंगले प्रयोग गर्न सके हानी हुँदैन,’ उनी भन्छिन् ।
बालाजु बस्दै आएका सरद केसी पनि एप्सबाट गर्लफ्रेन्ड पाएपछि दंग छन् ।

एप्समा फोटो देखेपछि बोल्दै गएको र पछि साथी बनेको उनी बताउँछन् । ‘सुरुमा त नक्कली आइडी हो की भन्ने लागेको थियो, तर भेट भएपछि विश्वास बढ्दै गयो,’ उनले भने । स्नातक अध्ययनरत उनी एप्सका नियमित प्रयोगकर्ता हुन् ।

टिन्डरमा कुरा गरी प्रेमिकासँग डेट गएको कुरा सम्झँदै उनी भन्छन्, ‘भेट्दा एक प्रकारको डर थियो, भेटेपछि डर काउकुतीमा परिणत भयो ।’
कुराकानी हुँदै गएपछि अहिले सम्बन्ध राम्रो बनेको उनले बताए । साथीहरूले टिन्डरमा जोडिएको सम्बन्धको भर हुँदैन भने पनि अहिलेसम्म आफू प्रेम सम्बन्धमै रहेको उनी बताउँछन् । टिन्डरले जुराएको सम्बन्ध विवाहसम्म पुग्ने उनले बताए ।

टिन्डरका अर्का प्रयोगकर्ता हुन्, विशालनगरका रवि गुरुङ । इन्जिनियर अध्ययन गर्दै आएका उनी पनि एप्स प्रयोग गरेपछि सुख–दुःख बाँड्ने साथी पाएको बताउँछन् । मोबाइलमा एप्स इन्सटल गरेपछि नियमित प्रयोग गर्न थालेको उनले बताए ।

बिदा मिलाएर साथीलाई भेट्न जाने सोच बनाएको उनी बताउँछन् । ‘अहिलेसम्म नभेटे पनि एकअर्काको कुरा साट्दा नजिक भएका छौं,’ उनी भन्छन्, ‘उसलाई म मन परेपछि हामी प्रेम सम्बन्धमा बस्छौं ।’

source; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
समाचार ‘बुस्ट’ गर्न फेसबुकले ल्यायो नयाँ नियम
माघ ७ – सामाजिक सञ्जाल फेसबुकले विश्वसनीय समाचारलाई मात्रै प्रवर्द्धन (बुस्ट) गर्ने भएको छ। फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गले न्यूज फिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन्। ‘जुन भरोसायोग्य छ त्यो प्रकाशनलाई प्रवर्द्धन गर्नेछौं। जो प्रकाशनमाथि उच्च रुपमा समुदायको भरोसा छैन् त्यसमा कमी आउनेछ,’ उनले भनेका छन्– ‘यो परिवर्तन न्यूज फिडको र्यांकिङमा देखिनेछ।’ उनका अनुसार यसको परीक्षण पहिला अमेरिकामा हुनेछ। त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागु गरिनेछ। प्रकाशित समाचार जो समुदायका लागि विश्वसनीय छ। समाचार जो पाठकका लागि जानकारीमूलक होस्, स्थानीय समुदायका लागि सान्दर्भिक ...
​युट्यूबबाट पैसा कमाउन खोज्दै हुनुहुन्छ ? जान्नुहोस युट्यूबका नयाँ नियम !
माघ ३ – पैसा कमाउने उद्देश्यले युट्यूब च्यानल खोल्दै हुनुहुन्छ ? पर्खनुहोस् ! यूट्यूबले नयाँ नियम लागू गरेको छ । अब स–साना फूटेज भिडियो र सामान्य तरिकाबाट युट्यूबमा पैसा कमाउन त्यति सजिलो छैन् । रमाइला भिडियो र अर्काका भिडियो चोरेर तोडमरोड गर्दै आफ्नो बनाएर पैसा कमाउनेका लागि युट्यूब त्यति सहज छैन अब । यसले गर्दा युट्यूबर बनेर पैसा कमाउने सोच बनाएका व्यक्तिलाई निराश बनाएको हुन सक्छ । त्यसो त अर्काका कन्टेन्ट पढेर भिडियो बनाएर पैसा कमाउनेका लागि युट्यूबले यसो गर्नु ठिकै पनि हो । अब दर्शकलाई ...
रुप्से र अन्धगल्छीमा थ्रिजी सेवा
बागलुङ – साविकको धौलागिरीमा नेपाल टेलिकमले आफ्नो सेवा विस्तारलाई तीब्रता दिएको छ। नयाँ ठाउँमा सेवा विस्तारसंगै सेवालाई गुणस्तरीय बनाउन लागेको टेलिकमले जनाएको छ। टेलिकमको धौलागिरी शाखाले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ दानामा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ। सात महिना पहिला टेलिकमले पहिलो पटक उक्त स्थानमा टावर राखेर जिएसएम मोवाईल सेवा विस्तार गरेको थियो। उक्त टावरबाट गाउँपालिकाको वडा नं ३ र ४ का झण्डै छ सय घरधुरी लाभान्वित भएको नेपाल टेलिकम धौलागिरी शाखा प्रमुख केशव शर्माले बताए। ‘हामीले अहिले सेवा विस्तारसंगै गुणस्तरीय सेवालाई प्राथमकिता दिएर काम ...
केही घण्टामै डुब्यो फेसबुकको २५ अर्ब डलर
पुस ३० – न्युज फिडमा ठुलो परिवर्तनको घोषणा गरेको फेसबुकले केही घण्टामै अर्बौँ डलर गुमाउनुपरेको छ । शुक्रवार स्टक बजारमा उसको सेयर मूल्यमा ५ प्रतिशतसम्मको गिरावट आएको छ। जसका कारण फेसबुकले केही घण्टामै पुँजी बजारबाट करिब २.६१ लाख करोड रुपैयाँ (२५ अर्ब डलर) गुमाएको हो । फेसबुकले गत बिहीबार आफ्नो न्यूजफिड सर्भिसमा व्यापक परिवर्तन गरेको थियो । जुन फेसबुकले युजरका साथीको कन्टेन्टलाई धेरै ध्यान केन्द्रित हुने गरी परिवर्तन गरेको थियो । फेसबुकको न्युज फिडमा परिवर्तनको निर्णयले उसको खातामा ठुलो असर पार्ने अनुमान यसअघि नै गरिएको थियो । ...
साथी र आफन्तलाइ प्राथमिकतामा राख्न फेसबुकको नयाँ अपडेट
पुस २८ – फेसबुकले बिहिबार एक वृहत अपडेटको घोषणा गरेको छ जसले प्रयोगकर्ताको न्युज फिडमा फेसबुक पेज र सेलेब्रिटीभन्दा माथी साथी र आफन्तको अपडेटहरु देख्न पाइनेछ । साथै यसले प्रमुख सामाजिक संजालको रुपमा रहेको फेसबुकमा मानिसहरुले कम समय दिने संभावना देखिएको छ । न्युज फिड प्रोडक्ट व्यवस्थापक जोन हेजम्यानका अनुसार फेसबुकको यस्तो परिवर्तनले सामाजिक अन्र्तक्रिया र सम्बन्धलाइ थप उचाइमा पुर्याउने बताएका छ । यो निकै ठूलो परिवर्तन रहेको हेजम्यानले एएफपी लाई बताए । मानिसहरुले फेसबुकमा कम समय विताउने तर यसले प्रयोगकर्ताहरुले फेसबुकमा विताएको समय अत्यन्तै महत्वपूर्ण ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम