मुख्य समाचार

क्यान्सर बिरामी बन्जाडेलाई अर्घाखाँची समाज जापान द्वारा आर्थिक सहयोग
Economic support by the Arghakhanchi Society Japan to Cancer patient

अर्घाखाँची समाज जापानले अर्घाखाँची भूमिकास्थान ४ , धारापानी सानाऔवल आपारुख निवासी क्यान्सर रोगी अमर बन्जाडेलाई आर्थिक सहयोग गरेको छ।

मुख र घाटीमा क्यान्सर भए पछी बन्जाडे लामो समय देखी भरतपूर क्यांसर अस्पतालमा उपचाररत छन । जटिल क्यान्सर भएको र उपचारको लागी लामो समय र ठूलो धन राशी ख़र्च हुने भएपछी आर्थिक सहयोगको अपील गरेका थिए ।

जापानबासी अर्घाखाँचेलीहरूको समाज “अर्घाखाँची समाज जापानले समाजका सदस्य र सबै जापानमा रहने अर्घाखाँची बासीहरू बीच सहयोग अभियान चलाएको थियो ।

उक्त सहयोग अभियानबाट संकलित रकम जापानीज येन एक लाख अठत्तर हज़ार छ सय छ्यानब्बे (१७८६९६ येन) एक कार्यक्रमको बीच जापान मनी एक्सप्रेस मार्फ़त पिडितको खातामा जम्मा गरीएको समाजका अध्यक्ष नेत्र बिष्टले नेपाल जापान डटकम लाई जानकारी दीए ।

समाजले बिरामी बन्जाडेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यो सामाजिक अभियान अग्रसर भएर सहयोग गर्ने सबै सहयोगीहरू प्रति बिशेष आभार प्रकट गरेको छ ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आज साँझ नाकानु जिरो हलमा मिस्टर झोले प्रदर्शन हुँदै
आज (जनवरी २१ आइतबार) साँझ नाकानु जिरो हलमा बहुप्रतिक्षित नेपाली चलचित्र मिस्टर झोले प्रदर्शन हुँदैछ । साँझ ६:३० बजेबाट सुरु हुने चलचित्रका लागि २५ सय येन टिकटदर तोकिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दीया पुन, वुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल लगायतको अभिनय छ । चलचित्रमा दया र दियाको जोडीलाई देखाइएको छ भने बर्षाले बुद्दिसँग रोमान्स गरेकी छिन् । रौनकविक्रम कँडेल कार्यकारी निर्माता रहेको चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन् । source; nepaljapan.com
विदेशी पर्यटकलाइ जापानको रात्री जीवनतर्फ आकर्षित गर्दै टोकियो
विदेशी पर्यटकलाइ जापानको रात्री जीवनतर्फ आकर्षित गर्न टोकियो महानगर सरकारले उनीहरुको इच्छाबारे सर्भे गर्ने तयारीमा रहेको एक स्रोतले शनिबार बताएको छ । पर्यटकको लगानी बृद्धि गर्ने उदेश्यका साथ केन्द्रिय सरकारले पनि टोकियोका अधिकारीले गरेजस्तै सर्भे गर्ने भएको छ । पछिल्ला वर्षमा पर्यटकको संख्या बृद्धि भएपनि जापानमा सोही अनुसारको आम्दानी भने भएको छैन । रातीको समयमा विदेशी पर्यटकले के गर्न रुचाउँछन् भनेर सर्भेका लागि टोकियो सरकारले आर्थिक वर्ष २०१८ मा ५ करोड येन खर्च गर्ने भएको छ । उक्त सर्भेको नतिजा टोकियो सरकारको वेबसाइटमा प्रशिद्ध स्थानहरुको प्रवर्धनका ...
फुकुशिमा आणविक उर्जा केन्द्रको दोस्रो रिएक्टरमा भेटियो पग्लिएको आणविक स्रोत
२०११ को भुकम्प र सुनामीबाट क्षतिग्रस्त भएको जापानको फुकुशिमा आणविक उर्जा केन्द्रका रिएक्टरहरुको जाँचका क्रममा टेलिस्कोपको प्रयोगबाट एक रिएक्टरबाट पग्लिएको आणविक उर्जा स्रोतका तस्विर प्राप्त भएको संचालकले बताएका छन् । टोकियो इलेक्ट्रिक पावर कम्पनीका अनुसार माछा मार्ने रडजस्तै देखिने उक्त यन्त्रले परियोजनाको युनिट २ को निकै गहिराइसम्मको तस्विर खिच्न सफल भएको छ र यसले आणविक फोहर सफाइमा सहयोग मिल्ने छ । टेप्कोका प्रवक्ता ताकाहिरो किमोतोका अनुसार उक्त उर्जा स्रोतले रिएक्टरको भित्री अंशलाइ प्रभावित गरेको तस्विरमा देखिएको छ । अहिलेसम्म धेरैकुरा हेर्न बाँकी नै रहेको भन्दै किमोतोले ...
आज फुनावासी चिवामा चलचित्र ह्यापी डेज प्रर्दशन हुदै
नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक चर्चित नायक दयाहाङ राईको नयाँ चलचित्र ह्यापी डेज आज जापानकाे चिवा फुनावासी शहरमा प्रर्दशन हुदैछ। किराँत राई यायोख्खा जापानको आयोजनामा बहुप्रतिक्षित चलचित्र ह्यापी डेज जनवरी २० तारिक शनिवार आज साँझ ६ बजेबाट प्रर्दशन हुदैछ। दयाहाङ रार्इ, प्रियन्का कार्की लगायतका चर्चित कलाकारहरुको जोडदार अभिनयमा ह्यापी डेज प्रर्दशन पूर्व नै चर्चामा रहेको छ। जापानको टोकियो नाकानो जिरो हलमा जनवरी १४ तारिक प्रर्दशन भएको ह्यापी डेज पहिलो पटक चिवाको फुनावासीमा समेत प्रर्दशन गरिन लागेको आयोजक किरात राई यायोख्या सल्लाहकार संजीव राईले जानकारी दिए। चलचित्र फुनावासी किनरो सीमा ...
ओकिनावामा सोनाम ल्होछार मनाईयो
जापानको दक्षिण क्षेत्र ओकिनावामा रहेका तामाङ समुदायले २८५४ औं सोनाम ल्होछार भब्य रुपमा मनाएका छन् । स्थानीय शिव महल स्थित नेपाली पसलमा भएको कार्यक्रममा तामाङ समुदायको बाक्लै उपस्थिति देखियो । यसपटक ल्होछार सभ्य र भब्य रुपमा मनाईएकोल ल्होछार मूल आयोजक समितिका राम लामाले जानकारी दिनु भयो । उक्त समारोहमा स्थानीय कलाकारहरुले मौलिक जातिय गीतसंगीत तथा नृत्य प्रस्तुत गरेका थिए । तामाङ समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गरी जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन् । तामाङ समुदायले यसलाई नया बर्षको ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम