मुख्य समाचार

जन्मदिनमा इन्गेजमेन्ट ?
Engagement on birthday?

बलिउड नायिका दीपिका पादुकोण नयाँवर्षको पूर्वसन्ध्या र नयाँ वर्षपछि दुई कारणले चर्चामा आइन् । नयाँ वर्ष २०१८ को पूर्वसन्ध्यामा उनको शीर्ष अभिनिय रहेको फिल्म ‘पद्मावती’लाई भारतीय फिल्म सेन्सर बोर्डले लामो समयको विवादपछि पास सर्टिफिकेट दियो ।

त्यस्तै उनी चर्चामा रहनुको अर्को कारण भने उनको विवाहको खबर हो । लामो समयदेखि प्रेमी अभिनेता रणवीर सिंहसँग रोमान्स गरिरहेकी दीपिकाले हालै मात्र श्रीलंकामा रणवीरसँग नयाँवर्ष मनाइन् । जनवरी ५ मा आउन लागेको आफ्नो जन्मदिन पनि दीपिका श्रीलंकामा नै मनाउने मुडमा छिन् । उनले जन्मदिनकै अवसरमा रणवीरसँग इन्गेजमेन्ट गर्न लागेकी हुन् कि भन्ने समाचारले अहिले भारतको मनोरञ्जन उद्योग तातेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दीपिका र रणवीरको परिवार पनि आफ्ना सन्तानको योजनालाई मूर्त रूप दिने तयारीमा छन् । त्यसका लागि उनीहरू इन्गेजमेन्ट र विवाहको योजना बनाइसकेका छन् । रणवीर श्रीलंका एक विज्ञापनको सुटिङका लागि गएका थिए । यही मौकालाई सदुपयोग गर्दै प्रेमी भेटेर नयाँवर्ष मनाउन पनि दीपिका उतै उडेकी थिइन् । केही समयअघि मात्र रणवीरले दीपिकाको अभिभावकलाई भेटेका थिए । बलिउडमा रुचाइएको यो जोडीले अहिलेसम्म आधिकारिक रूपमा भने आफ्नो प्रेम स्वीकारेको छैन । तर, पनि यो जोडी विभिन्न कार्यक्रममा सँगसँगै देखिँदै आएको छ ।

हालै मात्र एक अन्तर्वातामा दीपिकाले रणवीरसँगको सम्बन्धलाई लिएर आफूहरूको सम्बन्धमा तेस्रो पक्षको आवश्यकता नरहने बताएकी थिइन् । फिल्म ‘पद्मावती’मा रणवीर सिंहले तेस्रो पटक जोडी बनाएकी हुन् ।

source; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
‘प्रेम गीत २’ सिड्नीमा
नायक प्रदिप खड्का अभिनित लोकप्रिय नेपाली चलचित्र ‘प्रेम गीत २’ सिड्नीमा प्रदर्शन हुने भएको छ । इभेन्ट आयोजक कलिउड क्लबले सिड्नी शोको ब्यवस्था गरेको हो ।पहिलो शो फ्रेबरुअरी ३ तारिख शनिबारका दिन हर्षभिलको सिभिक थियटरमा हुने तथा बाँकी शोको मिति सार्वजनिक नभएको क्लबका निर्देशक श्यामसुन्दर गिरीले बताएका छन् । आशुसेन फिल्मसको ब्यानरमा निर्मित चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन लगायत कलाकारको मुख्य भूमिका रहेको छ।चलचित्रमा समावेश गीत ‘प्रेम यो कहानी’ र ‘मोटरसाईकलमा’ सर्वाधिक चर्चित ...
कला, संस्कृति जोगाउने प्रतियोगितामा महिलाको आकर्षण
नेपाली कला संस्कृतिको जगेर्ना र बौद्धिक तथा अन्तरनिहित क्षमताको विकास गराउने उद्देश्यले जापानमा हुने मिस एण्ड मिसेस नेपाल–२०१८ मा महिलाको आकर्षण बढेको छ । सौन्दर्य, व्यक्तित्व तथा आन्तरिक क्षमताको विकासका र नेपाली कला संस्कृतिको प्रचारप्रसार भन्दै व्यावसायिक रुपमा पहिलो पटक आयोजना गरिएकाले प्रतिस्पर्धी महिलाको आकर्षण बढेको हो । आयोजक सिन्जोउ कर्पोरेशनका प्रबन्ध निर्देशक उत्तम श्रेष्ठका अनुसार पारिवारिक र विद्यार्थी भिसामा जापानमा बसोबास गर्दै आएका महिलाले एकल र संयुक्तरुपमा प्रतिभा प्रस्फुटन गराउने भन्दै सहभागिताका लागि आवेदन दिएका छन् । मंगलबार सम्ममा ६० जनाभन्दा बढीको आवेदन परेको र उनीहरुलाई नेपाली ...
फिल्म ‘शेरबहादुर’ मा सुनिल थापा दृष्टिबिहीन
माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘शेरबहादुर’ निर्माण युनिटले मंगलबार एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी फिल्मबारे थप जानकारी दिएको छ । अवकाश प्राप्त एक आर्मीको कथामा आधारित फिल्ममा अभिनेता सुनिल थापाको प्रमुख भूमिका रहेको छ। फिल्ममा उनलाई एक निडर, सन्की र बलियो पात्रको रूपमा प्रस्तुत गरिएको छ। साथै फिल्ममा सुनिल थापाले एक दृष्टिबिहीनको भूमिका निवार्ह गरेको र जुन भूमिकामा आफू अहिलेसम्म नेदेखिएको बताए ।यसअघि उनले सो कुरा खुलाएका थिएनन् । थापाले ‘शेरबहादुर’ आफ्नो फिल्मी जीवनको कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले भने ...
चलचित्र ‘लिलिबिली’को पहिलो गीत सार्वजनिक
आगामी वैशाख १४ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘लिलिबिली’को पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘इज इट लभ’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा प्रदिप खड्का र जसिता गुरुङलाई फिचरिङ गरिएको छ । यो गीतमा एलिस कार्कीको संगीत, राजेश कुमार श्रेष्ठको शब्द, प्रताप दास र मेलिना राइको स्वर सुन्न सकिन्छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो भिडियोलाई सुदिप बरालले खिचेका हुन् । स्कटल्याण्डको रमणीय स्थानमा यो गीतको भिडियो खिचिएको छ । मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा प्रियंका कार्की, अनुप विक्रम ...
रहेनन् संगीतकार मुनाल
काठमाडौं – संगीतकार विजय सिंह मुनालको धनगढीमा सोमबार निधन भएको छ । पारिवारिक घुमघामको क्रममा धनगढीमा रहेका संगीतकार मुनाल सोमबार विहान सुतेकै अवस्थामा मृत भेटिएका थिए । पारिवारिक स्रोतका अनुसार विजयको शरीरमा लामो समयदेखि विभिन्न किसिमका रोग थियो । मुनालका ५ दर्जन बढी गीत रेडियो नेपालमा र उत्तिकै संख्यामा बाहिर पनि रेकर्ड भएका छन् । एक समयमा विजय, गायक उदितनारायण झा र मधु क्षेत्री मिल्ने साथी थिए । स्टेजमा कंगो वादन गर्न खप्पिस विजयलाई धेरैले कंगो मास्टरका रुपमा पनि चिन्दथे । उनले रेडियो नेपालको गीत रेकर्डको ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम