मुख्य समाचार

सिरियामा विस्फोट, २३ जनाको मृत्यु
Explosion in Syria, 23 people were killed

पुस २४ – सिरियाको इडलिबमा भएको विस्फोटमा कम्तिमा २३ जनाको ज्यान गएको छ । बिद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तर–पश्चिमी क्षेत्र इडलिबमा ठूलो विस्फोट भएको बेलायती मानवअधिकारवादी संस्मथा सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ ।

विस्फोटमा परि ज्यान गुमाउनेमा सातजना सर्वसाधारण नागरिक रहेका छन् । इडलिब ब्रिदोहीको हेडक्वाटरको रुपमा रहँदै आएको छ । विस्फोटको कारण खुलेको छैन । केहीले कार बम विस्फोट भएको बताएका छन् भने केहीले ड्रोन आक्रमण रहेको बताएको बिबिसीले उल्लेख गरेको छ ।

source; ujyaaloonlinenews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
बस दुर्घटनामा परी सातको मृत्यु
माघ ६ – पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको घटनामा अरु कैयौं घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा परी के कति घाइते भएका यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन् । बाटोको मोडमा गाडी घुमाउदा बढी घुमेर बस दुर्घटनामा परेको प्ररम्भीक अनुसन्धानबाट पत्ता लागेको बताइको छ । विस्तृत विवरण भने आउन बाँकी । source; nepaljapan.com
त्रिपोली अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि पुनः सञ्चालनमा आउने
माघ ६ – लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल झण्डै एक हप्तापछि आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । गत सोमबार लडाकूहरूले आक्रमण गरेपछि सुरक्षाकर्मीसँग झडप भएको र केहीको मृत्युसमेत भएकोले विमानस्थल बन्द गरिएको थियो । विमानस्थलका उच्च अधिकारीहरूले शनिबारदेखि विमानस्थलमा सेवा सुरु गर्न लागिएको शुक्रबार जानकारी दिएका हुन् । “शनिबार विहानदेखि हामीले विमानस्थलको सेवा सुचालु गर्ने पूर्ण तयारी गरेका छौं, विमानस्थलमा सुरक्षाको पनि पूर्ण व्यवस्था गरिएको छ,” अधिकारीहरूले भनेका छन् । विमानस्थलमा लडाकूहरूले गत सोमबार गरेको आक्रमणमा परी २१ जनाको मृत्यु भएको थियो भने ६९ ...
सिरियामा भएको भिडन्तमा दर्जनौको मृत्यु
माघ ६ – सरकारको नियन्त्रणबाट लगभग बाहिर रहेको सिरियाको हामा प्रान्त नजिक भएको आक्रमणमा परी दर्जनौं नागरिकको मृत्यु भएको समाचारमा जनाइएको छ । इद्लीब र हामा प्रान्तको सिमा क्षेत्रमा पर्ने एक स्थानमा सरकारी सुरक्षाकर्मी र जिहादी लडाकूबीच शुक्रबार बिहानैदेखि भिडन्त भएको समाचारमा जनाइएको छ । अल तामाना क्षेत्रमा अहिले पनि भइरहेको भिडन्तमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको सिरियन अब्जर भेटरी फर ह्युमन राइटस्ले जनाएको छ । मारिएकामध्ये कम्तीमा २१ जना सर्वसाधारण नागरिक रहेका घटनास्थलको अनुगमन गरिरहेका बेलायतमा आधारित मानवअधिकारीवादी संस्थाका प्रमुख रामी अब्देल रहमानले बताउनुभयो । ती सर्वसाधारण ...
यमनबाट दुई महिनामा ३२ हजार जना विस्थापित -राष्ट्रसङ्घ
माघ ६ – द्वन्द्वग्रस्त यमनमा गत दुई महिनाको अवधिमा झण्डै ३२ हजार नागरिक विस्थापित भएका छन् । युद्धबाट पिडित भएर उनीहरुले आफ्नो घर छाडेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले जनाएको छ । नियोगले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा यमनमा यस पहिले २० लाख सर्वसाधारण विस्थापित भएको उल्लेख गरिएको छ । नियोगका प्रवक्ता शाबी मन्टुले विद्रोहीहरुको प्रभाव परेको राजधानी सानामा द्वन्द्वको असर बढ्दै गएको बताउनु भयो । “यमनी नागरिकहरूको मृत्यु, विस्थापन लगायत युद्धको प्रभावका बारेमा हामीले निरन्तर निगरानी गरीरहेका छौँ,” उहाँले शुक्रबार ट्वीटरमा लेख्नु भएको छ । यमनमा साउदी अरब नेतृत्वको ...
न्युजल्याण्डकी प्रधानमन्त्री गर्भवती
माघ ६ – न्युजरल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले आफू गर्भवती भएको खुलासा सामाजिक सञ्जालबाट गरेकी छिन् । सरकारको प्रमुख पदको जिम्मेवारीमा रहेकै समयमा आफू गर्भवती भएको खुलासा आर्डनले स्वयम् गरेकी हुन् । प्रधानमन्त्री आर्डनले आफ्नो बच्चा जन्मिएको समयको ६ हप्तासम्म उपप्रधानमन्त्री विन्सटन पिटर्सले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेसमेत बताएकी छिन् । आर्डन न्युजल्याण्डको इतिहासमा सन् १८५६ यताकै सबैभन्दा कान्छी प्रधानमन्त्री हुन् । उनले ३७ वर्षको उमेरमा बच्चा जन्माउन लागेको बिबिसीले जनाएको छ । आर्डन गत अक्टोबरमा मध्य वामपन्थी गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेकी हुन् । उनले ६ हप्तापछि आफूले सरकारको जिम्मेवारी ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम