मुख्य समाचार

रत्ननगर र गैंडाकोटमा महोत्सव सुरु
Festival begins in Ratnanagar and Gaindakot

चितवन- रत्ननगर उद्योग वाणिज्य संघको आयोजानमा टिकौली जंगल नजिकको चौरमा बिहीबारबाट नवौं रत्ननगर महोत्सव सुरु भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको महोत्सव १० दिन अर्थात माघ ७ गतेसम्म सञ्चालन हुने छ । महोत्सव परिसरमा बाँस र कपडा प्रयोग गरेर निर्माण गरेको धरहरा रत्ननगर महोत्सवको मुख्य अकर्षण बनेको छ । रत्ननगर महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवं सेवाका चार सय ५० स्टल रहेका छन् । पाँच लाख दर्शकले महोत्सव हेर्ने र करिब ५० करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ ।

महोत्सव अवधिमा वृहत व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, पोली हाउससहितको थोपा सिँचाइ प्रविधि प्रदर्शन, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविरजस्ता गतिविधि हुने छन् । महोत्सवमा पोल्ट्री, महसँगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई प्रवद्र्धन गर्न विशेष जोड दिएको कृषि प्रवद्र्धन समितिका संयोजक इश्वरीप्रसाद अर्यालले बताए ।

स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवं मल बीउबिजन प्रदर्शनको व्यवस्था गरिएको छ । माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर छन् । माछा, च्याउ र केराको विभिन्न परिकार बनाई महोत्सव परिसरभित्रै बिक्री गरिने छ ।

माछापालन व्यवसायको प्रवद्र्धनका लागि महोत्सवमा माछाको भूरा प्रदर्शनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टल, चेतनामुलक सामग्री, श्रव्यदृश्य तथा सेमिनारसमेत अयोजना हुने छ । रत्ननगर अर्थात पूर्वी चितवन, माछा, मह र केरा उत्पादनका लागि राम्रो क्षेत्रको रुपमा विकशित हुँदै गएको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा बाँसबाट बनेको धरहार ७५ फिट अग्लो छ । धरहराको ३० फिटबाट बाहिर हेर्न मिल्ने छ । महोत्सवको अर्को आकर्षणको रुपमा परापूर्वकालमा राजामहाराजाले चढने रथ (बग्गी) र घोडा चढ्ने व्यवस्था मिलाइएको छ ।

महोत्सव अन्र्तगत माघ २ गतेदेखि ६ गतेसम्म रत्ननगर टाँडी बजार क्षेत्रमा बंगुरपालन व्यवसाय प्रवद्र्धनका लागि बंगुरका मासुका परिकारको स्टल रहने छ । बंगुरपालन व्यवसाय प्रवद्र्धनका लागि बंगुरसँग सम्बन्धित मासुको खपत बढाउन, उपभोक्तालाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकारसहित पोर्क, पोल्ट्री, कृषिका खाद्य परिकारसहित चौथौ राष्ट्रिय पोर्क फुड फेस्टिबल कार्यक्रम आयोजना गरिएको संघका निवर्तमान अध्यक्ष ज्ञानबहादुर बिसुरालले बताए । फुड फेस्टिबलमा ५० वटा स्टल रहने छन् ।

source; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतले फेरि रोक्यो नेपाली अदुवा
इलाम : एक वर्षयता अन्य नाका बन्द गरी काँकरभिट्टाबाट मात्र अदुवा भित्र्याउन दिँदै आएको भारतले फेरि रोक लगाएको छ। भारत सरकारले नेपाली अदुवा सफा नगरी आएको भन्दै भित्र्याउन रोक लगाएपछि पाँच दिनदेखि निर्यात ठप्प भएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका केन्द्रीय अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए। भारतले नेपालको अदुवा खरिदका लागि मेची एक्सपोर्टलाई मात्र अनुमति दिएको छ। अन्य कम्पनीलाई अदुवा खरिदको अधिकार नदिएकाले मेची एक्सपोर्टले विभिन्न बहानामा अदुवा खरिद रोक्ने गरेको अध्यक्ष खड्काको भनाइ छ। उनका अनुसार देशभरको अदुवा अहिले काँकरभिट्टा नाकाबाट मात्र भारत जाने ...
कफी खेतीमा आकर्षण
कुस्मा : पर्वत फलेवास नगरपालिका ९, भँगाराका किसानले चार वर्षदेखि व्यावसायिक रूपमा कफी खेती गर्दै आएका छन्। खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक कफी खेती सुरु गरेका हुन्। गाउँका एक सय १६ जना कृषकले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन्। कफी खेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको स्थानीय चन्द्रबहादुर थापाले बताए। उनले भने, ‘मकै, गहुँ, धानजस्ता बालीनाली लगायो, बाँदरले खाएर हैरान पार्छ, गाउँमा जनशक्ति पनि पाइँदैन, कफी लगाए वर्षको एक ...
स्याउबाट १७ करोड भित्रियो
जुम्ला : जुम्लामा स्याउबाट यस वर्ष १७ करोड आम्दानी भएको छ। विभिन्न स्याउ संकलन केन्द्र तथा व्यापारीले यस वर्ष जुम्लाबाट १७ करोडको स्याउ बिक्री गरेका हुन्। पछिल्लो समय स्याउ उत्पादनमा कृषकको लगानी बढ्दै गएका कारण स्याउ उत्पादनबाट जुम्लाले बर्सेनि आम्दानी बढाउँदै गएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष ठ्याक्कै एक करोडले स्याउ उत्पादनमा वृद्धि भएको हो। यो वर्ष जुम्लामा ३७ सय मेट्रिक टन स्याउ बिक्री भयो। यसमध्ये २२ सय टन स्याउ जिल्लाबाहिर पठाइएको थियो। ए र बी गे्रडको स्याउ जिल्लाबाहिर पठाइन्छ ...
रिडी मेलामा पाँच करोडको कारोबार
तम्घास : तीन जिल्ला (गुल्मी, पाल्पा, स्याङ्जा)को संगमस्थल रिडीमा हजारौं दर्शनार्थीले माघे संक्रान्ति मेला अवलोकन गरेका छन्। धार्मिक एवं पर्यटकीय हिसाबले यस क्षेत्रकै प्रमुख गन्तव्यको रूपमा रहेको रिडीमा प्रत्येक वर्ष माघी मेला लाग्ने गर्छ। नेपालकै चारधाममध्येको एक रिडीमा विशेष गरी धार्मिक पर्यटक बढी आउने गर्छन्। माघे संक्रान्तिमा धेरैजसो पर्यटक कालीगण्डकी नदीमा स्नानका लागि आउने गरेको स्थानीयले बताए। यस वर्ष पनि तीनवटै जिल्लाका स्थानीय तहले पाँच दिनसम्म संयुक्त रूपमा मेलाको आयोजना गरेका हुन्। मेलामा पाँच सयजति विभिन्न व्यावसायिक स्टल राखिएका थिए। रिडीको प्रचारप्रसार र कृषि क्षेत्रको बजारीकरण ...
१६ अर्ब २५ करोड लगानी अवसर
काठमाडौं : धितोपत्र बजारमा लगानी गर्न चाहनेलाई नयाँ अवसर जुट्ने भएको छ। चालू आर्थिक वर्षमा विभिन्न कम्पनीले १६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी मूल्यका साधारण सेयर (आईपीओ) र फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएपछि लगानीकर्ताले लगानी अवसर पाउने भएका हुन्। सेयर निष्कासनका लागि नियामक नेपाल धितोपत्र बोर्डमा २८ कम्पनीले आवेदन दिएका छन्। आवेदन दिएका कम्पनीमध्ये १२ वटा कम्पनीले सेयर निष्कासनका लागि अनुमति पाइसकेका छन्। बाँकी १६ कम्पनी सेयर निष्कासनका लागि बोर्डको निर्णयलाई पर्खेर बसेका छन्। यस वर्ष जलविद्युत् कम्पनी, माइक्रोफाइनान्स तथा इन्सुरेन्स, विकास बैंक तथा ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम