मुख्य समाचार

आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि
Increased in potato production by 30 percent

डडेल्धुरा – जिल्लामा यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको छ।

उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिए।

यस वर्ष २४ हजार मेट्रिक टन आलु उत्पादन भएको छ। कार्यालयले गत वर्ष किसानलाई ५० मेट्रिक टन आलुको बीउ वितरण गरेको थियो। यस वर्ष करिब १०० मेट्रिक टन आलुको बीउ अनुदानमा वितरण गरेको विष्टले बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत डडेल्धुरालाई आलु उत्पादनको सुपर जोन क्षेत्र घोषणा गरिएपछि किसान उत्साहित भएका छन्। आलुखेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि केही वर्षदेखि आलुखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको विष्ट बताउँछन्।

आलुखेतीतर्फ किसानको आकर्षण बढाउन कृषि विकास कार्यालयले विभिन्न कार्यक्रमअन्तर्गत अनुदानमा आलुको बीउ वितरणका साथै प्राविधिक सहयोगसमेत गर्दै आएको छ। अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकालाई आलुखेतीका लागि कार्यालयले पकेट क्षेत्र घोषणा गरेको छ।

हिउँदे बाली लगाउँदा जंगली जनावरले नष्ट गर्ने हुँदा पछिल्लो समयमा कृषक आलु र तरकारीखेतीतर्फ आकर्षित भएका हुन्। अजयमेरु गाउँपालिका–१ समैजीका कृषकले अन्य बाली लगाउन छोडेर आलुखेतीतर्फ लागेका छन्। गहुँबाली लगाउने करिब १० रोपनीमा आलुखेती गरेको समैजीका माधवी भण्डारी बताउँछन्। आलुखेतीसँगै गोलभेँडा, काउली, बन्दागोभी र हरियो सागपात लगाउने क्रम बढ्दै गएको छ।

यस वर्ष जिल्लामा हिउँदे आलुखेती ५५५ हेक्टर क्षेत्रफलमा र बर्खे आलुखेती २८५ हेक्टरमा क्षेत्रफलमा गरिएको थियो । गत वर्ष जिल्लाबाट तीन हजार मेट्रिक टन आलु निर्यात भएको थियो।

source; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतले फेरि रोक्यो नेपाली अदुवा
इलाम : एक वर्षयता अन्य नाका बन्द गरी काँकरभिट्टाबाट मात्र अदुवा भित्र्याउन दिँदै आएको भारतले फेरि रोक लगाएको छ। भारत सरकारले नेपाली अदुवा सफा नगरी आएको भन्दै भित्र्याउन रोक लगाएपछि पाँच दिनदेखि निर्यात ठप्प भएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका केन्द्रीय अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए। भारतले नेपालको अदुवा खरिदका लागि मेची एक्सपोर्टलाई मात्र अनुमति दिएको छ। अन्य कम्पनीलाई अदुवा खरिदको अधिकार नदिएकाले मेची एक्सपोर्टले विभिन्न बहानामा अदुवा खरिद रोक्ने गरेको अध्यक्ष खड्काको भनाइ छ। उनका अनुसार देशभरको अदुवा अहिले काँकरभिट्टा नाकाबाट मात्र भारत जाने ...
कफी खेतीमा आकर्षण
कुस्मा : पर्वत फलेवास नगरपालिका ९, भँगाराका किसानले चार वर्षदेखि व्यावसायिक रूपमा कफी खेती गर्दै आएका छन्। खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक कफी खेती सुरु गरेका हुन्। गाउँका एक सय १६ जना कृषकले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन्। कफी खेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको स्थानीय चन्द्रबहादुर थापाले बताए। उनले भने, ‘मकै, गहुँ, धानजस्ता बालीनाली लगायो, बाँदरले खाएर हैरान पार्छ, गाउँमा जनशक्ति पनि पाइँदैन, कफी लगाए वर्षको एक ...
स्याउबाट १७ करोड भित्रियो
जुम्ला : जुम्लामा स्याउबाट यस वर्ष १७ करोड आम्दानी भएको छ। विभिन्न स्याउ संकलन केन्द्र तथा व्यापारीले यस वर्ष जुम्लाबाट १७ करोडको स्याउ बिक्री गरेका हुन्। पछिल्लो समय स्याउ उत्पादनमा कृषकको लगानी बढ्दै गएका कारण स्याउ उत्पादनबाट जुम्लाले बर्सेनि आम्दानी बढाउँदै गएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष ठ्याक्कै एक करोडले स्याउ उत्पादनमा वृद्धि भएको हो। यो वर्ष जुम्लामा ३७ सय मेट्रिक टन स्याउ बिक्री भयो। यसमध्ये २२ सय टन स्याउ जिल्लाबाहिर पठाइएको थियो। ए र बी गे्रडको स्याउ जिल्लाबाहिर पठाइन्छ ...
रिडी मेलामा पाँच करोडको कारोबार
तम्घास : तीन जिल्ला (गुल्मी, पाल्पा, स्याङ्जा)को संगमस्थल रिडीमा हजारौं दर्शनार्थीले माघे संक्रान्ति मेला अवलोकन गरेका छन्। धार्मिक एवं पर्यटकीय हिसाबले यस क्षेत्रकै प्रमुख गन्तव्यको रूपमा रहेको रिडीमा प्रत्येक वर्ष माघी मेला लाग्ने गर्छ। नेपालकै चारधाममध्येको एक रिडीमा विशेष गरी धार्मिक पर्यटक बढी आउने गर्छन्। माघे संक्रान्तिमा धेरैजसो पर्यटक कालीगण्डकी नदीमा स्नानका लागि आउने गरेको स्थानीयले बताए। यस वर्ष पनि तीनवटै जिल्लाका स्थानीय तहले पाँच दिनसम्म संयुक्त रूपमा मेलाको आयोजना गरेका हुन्। मेलामा पाँच सयजति विभिन्न व्यावसायिक स्टल राखिएका थिए। रिडीको प्रचारप्रसार र कृषि क्षेत्रको बजारीकरण ...
१६ अर्ब २५ करोड लगानी अवसर
काठमाडौं : धितोपत्र बजारमा लगानी गर्न चाहनेलाई नयाँ अवसर जुट्ने भएको छ। चालू आर्थिक वर्षमा विभिन्न कम्पनीले १६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी मूल्यका साधारण सेयर (आईपीओ) र फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएपछि लगानीकर्ताले लगानी अवसर पाउने भएका हुन्। सेयर निष्कासनका लागि नियामक नेपाल धितोपत्र बोर्डमा २८ कम्पनीले आवेदन दिएका छन्। आवेदन दिएका कम्पनीमध्ये १२ वटा कम्पनीले सेयर निष्कासनका लागि अनुमति पाइसकेका छन्। बाँकी १६ कम्पनी सेयर निष्कासनका लागि बोर्डको निर्णयलाई पर्खेर बसेका छन्। यस वर्ष जलविद्युत् कम्पनी, माइक्रोफाइनान्स तथा इन्सुरेन्स, विकास बैंक तथा ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम