मुख्य समाचार

भारतले फेरि रोक्यो नेपाली अदुवा
India stopped Nepali ginger

इलाम : एक वर्षयता अन्य नाका बन्द गरी काँकरभिट्टाबाट मात्र अदुवा भित्र्याउन दिँदै आएको भारतले फेरि रोक लगाएको छ। भारत सरकारले नेपाली अदुवा सफा नगरी आएको भन्दै भित्र्याउन रोक लगाएपछि पाँच दिनदेखि निर्यात ठप्प भएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका केन्द्रीय अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए। भारतले नेपालको अदुवा खरिदका लागि मेची एक्सपोर्टलाई मात्र अनुमति दिएको छ। अन्य कम्पनीलाई अदुवा खरिदको अधिकार नदिएकाले मेची एक्सपोर्टले विभिन्न बहानामा अदुवा खरिद रोक्ने गरेको अध्यक्ष खड्काको भनाइ छ।

उनका अनुसार देशभरको अदुवा अहिले काँकरभिट्टा नाकाबाट मात्र भारत जाने गरेको छ। वाणिज्यसचिव चन्द्रप्रसाद घिमिरेसहित सरोकारवालासँग छलफल भए पनि अदुवा निर्यात समस्या सुल्झाउन सरकार पनि असफल भएको व्यवसायीको दाबी छ। भारतले समस्या समाधानमा नलागेपछि सरकार अब अदुवाको अर्को बजार खोज्ने मुडमा पुगेको छ। मन्त्रालयका अधिकारीहरु नै ‘भारतले टेरेन अब विकल्प खोजौं’ भन्न थालेको स्रोत बताउँछ।

भारतले यसअघि विषादी प्रयोग भएको, चीनको अदुवा नेपाल हुँदै भारत पुर्‍याउने गरेको आरोप लगाउँदै भारतले भित्र्याउन रोक लगाउने गरेको थियो। संघका महासचिव हेमन्त बोहोराले नेपाली अदुवाको व्यापारमा ब्रेक लगाउने प्रयासस्वरूप पछिल्लो अवरोध भएको बताए। काँकरभिट्टा र वीरगन्ज नाकाबाट चिनियाँ अदुवा भित्रिने जाने गरेको आरोप भारतीय पक्षको थियो। अहिले आरोप फेरिए पनि समस्या उस्तै रहेका बोहोराले बताए।

सूर्योदय नगरपालिका फिक्कलका अदुवा व्यापारी नारद धितालका अनुसार बीउ अदुवा प्रतिकिलो २५ रुपैयाँ र भारत जाने अदुवा प्रतिकिलो औसत १५ रुपैयाँमा कारोबार भइरहेको छ। अहिले बारीमै अदुवा थुप्रिएको उनको भनाइ छ।

व्यापारीले अदुवा खरिद गर्न छोडेको माईजोगमाई नाम्सालिङका गणेश अधिकारीले सुनाए। भने, ‘बजार छैन भन्दै व्यापारीहरू अदुवा किन्न आउन छोडेका छन्।’ बारी ठेक्कामा लिएर ४० मन (४० किलोको एक मन) अदुवा रोपेका उनले १२० मनभन्दा बढी अदुवा फलाएका छन्। अदुवा बिक्री नै नभए आउँदो वर्ष किन रोप्ने भन्ने चिन्ता थपिएको उनले बताए।

अदुवा उत्पादकदेखि व्यवसायीसम्मले गुणस्तरमा ध्यान नदिएकाले पनि समस्या आएको किसान महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलले बताए। मापदण्डअनुसार बोक्रा फालेको वा नफालेको सुकेका विभिन्न आकारको अदुवाको गानो, चिस्यान १२ प्रतिशतभन्दा कम भएको, बाह्य पदार्थ २ प्रतिशतभन्दा कम भएको, सुगन्धित तेल एक प्रतिशतभन्दा बढी भएको, क्याल्सियम अक्साइड ४ प्रतिशतभन्दा कम भएको र कुनै रंगको प्रयोग नभएको अदुवा निर्यातयोग्य हुन्छ। मापदण्डअनुसार नहुँदा नेपालबाट भारत पुर्‍याउने अदुवाको कानुनी हैसियतसमेत नबनेकाले समस्या पर्ने गरेको महासचिव बोहराको भनाइ छ।

इलाम पाँचथरबाट अधिकांश अदुवा झापाको धुलाबारी हँुदै भारत निकासी हुने गरेको छ। अदुवा बिक्री नहुँदा इलामका १२ हजार नौ ३२ परिवार किसान प्रभावित भएका छन्। इलाम, पाँचथर र झापामा अदुवा उत्पादन बढ्दो रहेको जिन्जर प्रोफाइल २०१६ मा उल्लेख छ।

३२३३ हेक्टरमा अदुवा खेती भएर ४५ हजार नौ सय ९४ टन उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। पाँचथरमा २ हजार हेक्टरमा अदुवाको खेती हुने गरेको छ। पाँचथरमा २१ हजार एक सय ७७ टन अदुवा उत्पादन हुने गरेको छ। झापामा तीन सय ४२ हेक्टरमा खेती हुने अदुवाको वार्षिक उत्पादन ४ हजार पाँच सय ८३ टन छ।

नेपालका २६ जिल्लामा अदुवा खेती हँुदै आएको छ। यहाँको उत्पादन ९४ प्रतिशत भारत निर्यात हुने गरेको छ। अन्य सुठोका रूपमा अन्य देशमा जाने गरेको छ। अहिले वैकल्पिक बजारको खोजीमा बंगलादेश निर्यात सुरु भएको संघका अध्यक्ष खड्काले बताए।

source; annapurnanews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
एलपीजी ग्यासभन्दा बिजुली धेरै सस्तो
काठमाडौं– ग्यासबाट भन्दा बिजुलीबाट खाना पकाउँदा करिब दोब्वर सस्तो हुने नेपाल विद्युत् प्राधिकरणले गरेको एक अध्ययन देखाएको छ ।पर्याप्त बिजुली उत्पादन गर्न सकिएको खण्डमा ग्यास आयातमा कमी आउने र भान्छाको लागत पनि घट्ने उक्त अध्ययनले देखाएको हो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्यासभन्दा बिजुलीको प्रयोग गर्दा सस्तो पर्ने बताए । ‘१० लिटर पानी तताउन ग्यास प्रयोग गर्दा १७ रुपैयाँ लाग्ने गर्छ,’ उनले भने, ‘त्यत्ति पानी बिजुलीबाट तताउँदा १० रुपैयाँ मात्र लाग्नेछ।’ प्रधिकरणले गरेको एक अध्ययनले त्यस्तो देखाएको घिसिङको भनाइ छ ।बिहीबार बारबरा फाउन्डेसनले आयोजना गरेको ...
कुमारी बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता
काठमाडौं– कुमारी बैंक लिमिटेडले नेपाल मेडिसिटी अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको छ । सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। उक्त सम्झौतापछि बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने छन् । निजी क्षेत्रको सबैभन्दा सुविधासम्पन्न दाबी गरिएको उक्त अस्पताल गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपेन्द्र महतोको लगानीमा स्थापना गरिएको हो । कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको ...
विराटनगरमा ग्रिन मोटर्सको लन्च
काठमाडौं– नेपालका लागि काइनेटिक गु्रपको एकमात्र आयातकर्ता र डिस्ट्रिब्युटर ग्रिन मोटर्सले विराटनगरमा लन्च कार्यक्रम गरेको छ। कार्यक्रमको अवसरमा कम्पनीले विराटनगर महानगरपालिकालाई एउटा गारबेज टिपर उपहारस्वरुप प्रदान गरेको जनाएको छ । कम्पनीले अहिले काइनेटिक सफर इ–अटो, काइनेटिक सफर शक्ति इ–लोडर, काइनेटिक सफर लिथियम र गारबेज टिपर जस्ता प्रडक्टहरु नेपालमा ल्याएको छ। source;nagariknews.com
डिसहोमको एक्सन स्पाेर्टस च्यानलमा रिङ रेस्लिङ लाइभ
काठमाडौं– डिसहोम एक्सन च्यानलले यस पटक पनि पोखरामा हुने आर डब्लु संग्राम नामक रिङ रेस्लिङ प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्पाेर्टस भएको छ। यही फागुन १८ गते हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघ तथा डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य र डबल एस प्रालिको व्यवस्थापनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजकत्वमा हुन लागेको हो। प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लरसँगै विदेशी रेस्लरको समेत सहभागिता रहने बताइएको छ । पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगीतामा चार देशका रेस्लरहरुको सहभागिता रहने छ । प्रतियोगितामा नेपालबाट नुवाकोटे टाइगर, ठाकु, डभिड, साइन, ब्लेड, भिलेन, ...
‘ऊर्जा क्षेत्रमा लगानी हैन सोचको समस्या’
काठमाडौं – नेपालको ऊर्जा क्षेत्रको विकासका लागि लगानी नभई सोचको मात्रै समस्या रहेको त्यस क्षेत्रका जानकार तथा सरोकार भएका व्यक्तिले जोड दिएका छन्। बारबरा फाउण्डेशनले बुधबार गरेको अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताले नीतिगत जटिलता हटाएर लगानीमैत्री वातावरण मात्रै बनाउने हो भने स्वदेशी लगानीमा नै ठूलो परिमाणमा जलविद्युत्को विकास गर्न सकिने बताए। नेपालमा रहेका बैंक तथा वित्तीय संस्था नै ठूला परियोजना निर्माण गर्न सक्ने अवस्थामा पुगेको तथा गतिलो प्रतिफलको सुनिश्चितता गर्ने हो भने नागरिकले पनि ठूलो मात्रामा लगानी गर्न सक्ने स्थिति रहेको बताउँदै उनीहरुले सरकारले प्राथमिकताक्रम निर्धारण ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम