मुख्य समाचार

औद्योगिक क्षेत्र विस्तार योजना अलपत्र
Industrial area expansion project in confusion

बुटवल : वन मन्त्रालयमा फाइल अड्किएपछि बुटवल औद्योगिक क्षेत्र विस्तार योजना अलपत्र परेको छ। सात वर्षअघि बुटवल औद्योगिक क्षेत्र रहेको उत्तरपूर्व र पश्चिमतर्फको करिब पाँच सय ४० रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र विस्तार गर्ने योजना बनेको थियो। वन मन्त्रालयले रुख काट्न स्वीकृत नदिएपछि औद्योगिक क्षेत्र विस्तारको योजना अलपत्र परेको छ। जिल्लामा रहेको एक मात्रै औद्योगिक क्षेत्र उद्योगले भरिएपछि नया उद्योग खोल्न कठिनाइ भएपछि औद्योगिक क्षेत्र विस्तार गर्ने योजना बनेको थियो।

औद्योगिक क्षेत्रमा नयाँ उद्योग खोल्नका लागि झण्डै पाँच सय बढी आवेदन परेका छन्। ‘जमिन सकिएकाले नया उद्योग खोल्न सकिने अवस्था छैन', औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बुटवलका प्रमुख तुलबहादुर रानाले भने। बुटवल औद्योगिक क्षेत्रको चार सय ३४ रोपनी जग्गामध्ये एक सय ३४ रोपनीमा बुटवल धागो र २८ रोपनीमा पशुबधशाला राखिएको छ। बाँकी जग्गामा ७१ उद्योगले सञ्चालनको अनुमति पाएका छन्।

उद्योगीले बुटवल धागो कारखानासहितको जग्गालाई अन्य उद्योग खोल्नका लागि अनुमति दिनुपर्ने माग गर्दै आएका छन्। ‘धागो कारखाना चल्न सक्दैन भने जग्गा ओगटेर राख्नु हँुदैन, रूपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी भन्छन्', औद्योगिक क्षेत्रको विस्तारलाई ध्यान दिनुपर्छ।' बुटवल धागो कारखाना सञ्चालन गर्ने भन्दै पटकपटक अध्ययन भए पनि अहिलेसम्म कुनै टुंगो लागेको छैन।

तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको पालामा बुटवल औद्योगिक क्षेत्रको विस्तारका लागि दुई करोड बजेट विनियोजन भएको थियो। तर, वन मन्त्रालयले रूख काट्ने अनुमति दिने फाइल नै सात वर्षदेखि स्वीकृत नगर्दा योजना अलपत्र परेको हो। ‘जग्गा भए उद्योगमा लगानी गर्न चाहनेको संख्या अत्यधिक छ, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रामबहादुर गुरुङ भन्छन्,‘उद्योगीको लगानी चाहनाललाई सरकारले बुझेर जग्गा व्यवस्थापन गर्नुपर्छ।'

०३२ सालमा बुटवल औद्योगिक क्षेत्र स्थापना भएयता रूपन्देहीमा नयाँ औद्योगिक क्षेत्र बनेको छैन। निजी जमिनमा सयौ ठूला उद्योग सञ्चालनमा आएका छन्। सरकारले लगानीका लागि सुरक्षित भनेर सिफारिस गरेको रूपन्देहीको जमिन महँगिएपछि उद्योगीले औद्योगिक क्षेत्रको विस्तारमा जोड दिन थालेका हुन्। रूपन्देहीमा मुलुककै सबैभन्दा धेरै उद्योग रहेका छन्।

अहिले रूपन्देहीकै मोतिपुरमा बन्ने भनिएको प्रादेशिक स्तरको औद्योगिक क्षेत्रले धेरै उद्योगीको माग पूरा गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। लिमिटेडका अध्यक्ष एवं महाप्रबन्धक नन्दकिशोर बस्नेतले मोतिपुर औद्योगिक क्षेत्रमा झण्डै सात सय उद्योग सञ्चालन गर्न सकिने बताए। ‘यसले ठूला उद्योग खोल्नका लागि महत्वपूर्ण भूमिका खेल्नेछ', उनले भने। यो औद्योगिक क्षेत्रका लागि आठ सय ३० बिघा क्षेत्रफल जग्गा छुट्टयाइएको छ।

रूपन्देहीमा पछिल्लो समय चिनियाँ लगानीकर्ता समेत उद्योग खोल्ने मनसायमा छन्। पछिल्ला वर्षमा आएका चिनियाँ उद्योगीको लुम्बिनी क्षेत्रमा उद्योग खोल्न चाहेको बताएका छन्। विशेष आर्थिक क्षेत्र सेजसहित लुम्बिनी कोरिडोरमा उनीहरूको बढी चासो छ। यद्यपि सेजमा विद्युत् नपुुग्दा सञ्चालनमा भने आउन सकेको छैैन।

मोतिपुर औद्योगिक क्षेत्र निर्माण, सेज सञ्चालन र बुटवल औद्योगिक क्षेत्रको विस्तारले पूर्वी नेपालका उद्योगीको पश्चिम आउने चाहना पूरा गर्ने उद्योगीको भनाइ छ। बुटवल औद्योगिक क्षेत्र पूरानो योजनानुसार विस्तार भए करिब डेढ सय उद्योग स्थापना हुन सक्ने उद्योगीले बताउँदै आएका छन्।

हाल बुटवल औद्योगिक क्षेत्रमा चालू अवस्थाका ६३ वटा उद्योग छन् भने ४ उद्योग निर्माणका क्रममा र ४ उद्योग बन्द अवस्थामा छन्। सरकारको १ करोड ७९ लाख र निजी क्षेत्रको दुई अर्ब ७० करोडमा बुटवल औद्योगिक क्षेत्रको स्थापना भएको हो।

source; annapurnanews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मुग्लिन-नारायणगढ सडक विस्तार ३३ महिनामा पनि सकिएन
काठमाडौं : उपत्यका प्रवेशको लाइफलाइन मुग्लिन-नारायणगढ सडक विस्तारको काम निर्धारित समयमा पूरा नभएपछि चौथो पटक समय थप्नुपर्ने भएको छ। यो सडक विस्तारको काम हाल ७१ प्रतिशत मात्रै पूरा भएकाले अझै एक पटक सयम थप्नुपर्ने भएको हो। आगामी फेब्रुअरीमा चौथो पटक समय थपेर बाँकी काम गराउने तयारी सडक विभागले गरिरहेको छ। साढे दुई वर्षभित्रै विस्तारको काम पूरा गर्न ३३ महिना अगाडि सम्झौता भएको थियो। सडक निर्माणको ठेक्का लागेका दुई महिनामै (२०७२ वैशाखमा) गएको भूकम्प, सोही वर्षमा भएको नाकाबन्दी, निर्माण सामग्रीको अभाव, अन्तरनिकाय समन्वय अभाव, प्रतिकूल मौसमलगायत कारण ...
नेपालकै ठूलो अक्सिजन प्लान्ट सञ्चालनमा
नेपालगन्ज : नेपालगन्जमा देशकै ठूलो र अत्याधुनिक अक्सिजन ग्यास प्लान्ट सोमबारदेखि संचालनमा आएको छ । प्लान्टबाट दैनिक ४७ लिटर क्षमताका एक हजार सिलिण्डर अक्सिजन, १२ सय लिटर नाईट्रोजन र जिरो एयर ग्यास उत्पादन भइरहेको बताइएको छ । एच. ओ. अक्सिजन ईन्डस्ट्रिज प्रा.लिले संचालनमा ल्याएको करिब १० करोड रुपैयाँ लागतमा स्थापना गरिएको हो । प्लान्ट संचालनमा आएसँगै नारायणघाटदेखि पश्चिम क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाईट्रोजन ग्यास उपलब्ध हुने संचालकको भनाइ छ । जनसंख्याको बढ्दो चाप, बिरामीहरुको वृद्धि, उद्योग विस्तार, अस्पताल आदीको अध्ययन गरेर सुलभ तरिकाले ...
शेयर बजारसँगै कारोबार रकम पनि ओरालो
माघ ९ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ८ अंकले घटेको छ । अन्य बाहेकका सवै परिसूचक घटेपछि नेप्से मंगलबार ७ दशमलव ७६ विन्दुले घटेर १३ सय ९४ विन्दुको छेउमा आइपुगेको हो । मंगलबार सवैभन्दा धेरै बीमा समुह ८४ भन्दा धेरै अंकले घटेको छ । त्यसैगरि होटल समुह ५२, जलविद्युत झण्डै ३३, बैकिङ्ग ४, विकास बैक साढे ५ अंकले घटेको हो । अन्य समुह भने शुन्य दशमलव १२ अंकले बढेको छ । सोमबारभन्दा ७ करोड कम अर्थात २९ करोड भन्दा केही बढीको कारोबार भएको दिन मंगलबार ...
छ महिनामा ५९ अर्ब राजश्व संकलन
बीरगञ्ज – बिरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४–७५ को पछिल्लो ६ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ। इन्धन र सवारी साधनबाट मात्र रु २९ अर्ब ७४ करोड ३१ लाख ४० हजार राजश्व संकलन गरेको बीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए। चालु आर्थिक वर्षको पुस मसान्तसम्म बीरगञ्ज भन्सार कार्यालयले कुल राजश्वको आधाभन्दा बढी इन्धन र नयाँ सवारी साधनबाट उठाएको छ । कार्यालयले ६ महिनामा मात्रै भारतबाट नेपाल ...
करोडौं खर्चेका सडक गुणस्तरहीन
इलाम – इलाममा २८ करोड रुपैयाँको लगानीमा निर्माणाधीन २ महŒवपूर्ण सडकको काम ‘गुणस्तरीहीन’ भइरहेको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधिले ठूलो रकम खर्चेका सडकको काममा व्यापक लापरबाही गरिएको भन्दै विरोध जनाएका छन्। १९.०२३ किलोमिटरको फिक्कल–गुप्ती–नयाँबजार तथा इलाम नगरपालिका–दुधाङ–सोयाङ–नयाँबजारका बेग्लाबेग्लै दुई सडकको काममा लापर्बाही भइरहेको जनप्रतिनिधिको अनुुगमन टोलीले जनाएको हो । दुवै सडकमा स्टिमेटअनुसार काम नभएको, स्टिमेटमा भएअनुसार मापदण्ड पूरा नगरी सामग्री प्रयोग गरिरहेको, तोकिएको स्थानभन्दा जताततै खनेको र काम गरिनसक्दै सडक भत्किन थालेको उनीहरूले बताएका छन्। सूर्याेदय नगरपालिकाको फिक्कलदेखि माइजोगमाई गाउँपालिकाको नयाँबजार जोड्ने निर्माणाधीन फिक्कल–गुप्ती–नयाँबजार सडकमा ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम