मुख्य समाचार

आणविक फोहोर समुद्रमा फाल्न आणविक नियमन विभागको निदेशन
Instruction of the Molecular Regulation Department to dissolve at molecular waste in ocean

२०११ को भुकम्प र सुनामीबाट प्रभावित फुकुशिमा आइची आणविक उर्जा केन्द्रको रेडियो सक्रिय ट्रिटियम सहितको आणविक विकिरणयुक्त फोहोर शुद्धिकरणपछि समुद्रमा फाल्न जापानको आणविक नियमनका अधिकारीले निर्देशन दिएका छन् ।

उर्जा परियोजनामा प्रयोग भएको १० लाख टनभन्दा बढि पानीलाइ हटाउने निर्णय यसै वर्ष नगरेमा नयाँ चुनौतिको सामना गर्नुपर्ने आणविक नियमन विभागका अध्यक्ष तोयोशी फुकेताले स्थनीय नगरप्रमुखलाइ बताए । अहिले टंकीहरुमा भण्डारण गरिएको पानी फाल्नेबारे टोकियो इलेक्ट्रिक पावर कम्पनीले कुनै निर्णय गरिसकेको छैन भने पानीका कारण हुनसक्ने नकारात्मक असरबारे स्थानीय माछाव्यवसायी चिन्तित रहेका छन् ।

पानी समुद्रमा फाल्दा समुद्री उत्पादन र वातावरणमा कुनै असर नपर्ने वैज्ञानिक रुपमा पुष्टि भइसकेको फुकुशिमा उर्जा केन्द्र नजिकैको नाराहा बजारका प्रमख युकेइ मात्सुमोतोसंगको बैठकमा फुकेताले बताए । उक्त पानी समुद्रमा फाल्नका लागि तयार गर्न दुइ देखि तीन वर्ष लाग्ने भन्दै सरकार र टेप्कोले यसबारे चाँडै निर्णय गर्नुपर्ने आवश्यकता रहेको आणविक नियमन प्रमुखले बताए ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
हिउँ पहिरोमा परेर जापानमा १ को मृत्यु, १५ घाइते
टोकियो – ज्वालामुखी विस्फोटसँगै गएको हिउँ पहिरोमा परेर जापानमा १ जनाको मृत्यु हुनुका साथै कम्तीमा १५ जना घाइते भएका छन् । जापानको स्कि रिसोर्टमा ज्वालामुखी विस्फोटसँगै गएको हिउँपहिरोमा परेर कम्तिमा १५ जना घाइते भएका हुन् ।घाइते मध्येका ४ जना उक्त समय रिसोर्टमा गोन्डोला चलाइरहेका थिए । स्रोतका अनुसार ३ जनाको सकुशल उद्धार गरिएको छ । घाइतेहरूले पहाड विस्फोट भएर खसिरहेको देखेका बिबिसीमा उल्लेख छ । जमिन विस्फोट हुनुको कारण भने पत्ता नलागेको उनीहरुको भनाइ छ । अधिकारीहरुले उक्त पहाड नचढ्न ...
अमेरिकी विमान दुर्घटना दर २०१७ मा दोब्बरभन्दा बढि बृद्धि : जापान
अमेरिकी सैन्य विमानसंग सम्बन्धित दुर्घटनाहरु पछिल्लो वर्ष ११ रहेकोमा २०१७ मा दोब्बर बढि बृद्धि भएर २५ पुगेको जापानी रक्षा मन्त्री इत्सुनोरी ओनोडेराले सोमबार बताएका छन् । अमेरिकी सेनाका प्रशान्त प्रमुख एडमिरल ह्यारी ह्यारिसले २०१७ मा दुर्घटनाका संख्या घटेको बताएपछि रक्षा मन्त्रालयले यसबारेमा अध्ययन गरेको ओनोडेराले बताए । आफुसंग भएको सुचनाको आधारमा दुर्घटनामा बृद्धि भएको देखिएको ओनोडेराले पत्रकारहरुमाझ बताए । अर्का वरिष्ठ अधिकारीले जनवरी ९ मा ओनोडेरासंगको वार्तामा ह्यारिसले कुन तथ्यांकको आधारमा यस्तो भनेका हुन् भन्ने बारेमा मन्त्रालय अनजान रहेको बताए । ह्यारिसले भने २०१६ मा ३० ...
जापानको रोजगारी गुम्ने खतरा
सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत विदेशी कामदार ल्याउने जापान सरकारको नयाँ व्यवस्थाअनुसार दुई मुलुकबीच सम्झौता हुन नसक्दा रोजगारीको अवसर गुम्ने अवस्था सिर्जना भएको हो । सन् १९९३ यता जापानले नेपालसहित चीन, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, थाइल्यान्ड, पेरु, लाओस, श्रीलंका, भारत, म्यानमार, मंगोलिया, उज्वेकिस्तान, कम्बोडिया र बंगलादेश गरी १५ देशबाट जिट्को सम्झौताअन्तर्गत तालिमसँगै रोजगारी दिन प्रशिक्षार्थी कामदार लैजाँदै आएको थियो । पछिल्लो समय जापानले नोभेम्बर २०१६ मा जापान अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन (जिट्को) परिमार्जन गरी प्राविधिक ...
टोकियोमा भारी हिमपात, सतर्कता अपनाउन आह्वान
जापानको राजधानी टोकियोको ठूलो क्षेत्रमा सोमबार भारी हिमपात भएको छ । मानव दैनिक जीवनलाई असर पारेको र यातायात सेवालाई प्रभावित पारेको हिमबर्षा मंगलबारसम्म हुनसक्ने जलसम्वन्धि निकायका अधिकारीहरूले चेतावनी दिएका छन् । जापान जलवायु विभागले टाहोकु र होक्काईडोमा पनि हिउँले पुरै ढाकेको र कान्तो कोशिन तथा तुहोकु क्षेत्रमा स्थानीय समय अनुसार मंगलबार विहान ६ बजेसम्म ३० सेन्टिमिटर हिउ थुप्रिने अनुमान गरिएको जनाएको छ । त्यसैगरी होकुरिकु देखि चुगुकुसम्मको मध्य तथा पश्चिमी क्षेत्रमा २० सेन्टिमिटर र उत्तरी क्युसु र शिकोकु क्षेत्रमा १५ सेन्टिमिटरसम्म हिउँले ढाक्ने पुर्वानुमान गरिएको छ । मंगलबारसम्म ...
जनवरी २३ देखि जापानभर भारी हिमपातको खतरा
न्युन चापको विकासले जापानको पश्चिमी र उत्तरपूर्वी भागमा उच्च हिमपातको अपेक्षा गरिएको जापान मौसमविज्ञान विभाग (जेएमए)ले जनवरी २२ मा बताएको छ । जेएमएले स्थानीयलाइ बाटोमा हिउँ जम्ने र हिमपहिरोबाट बच्न आग्रह गरेको छ । इस्ट चाइना सी मा देखिएको न्युन चाप पुर्व तथा उत्तरपूर्वी दिशामा अघि बढिरहेको जेएमएले बताएको छ । जनवरी २२ को रातीसम्म उक्त चाप प्रणाली जापानको पश्चिमी र पूर्वी प्रशान्त क्षेत्र हुँदै इजु टापुसम्म पुग्ने अनुमान गरिएको छ । उक्त राती नै सी अफ जापानबाट पनि यस्तै चाप विकास हुदै तिब्र गतिमा उत्तरपूर्वी ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम