मुख्य समाचार

पोखरामा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल
International Film Festival in Pokhara

काठमाडौं– भारतीय र चिनियाँ फिल्मको कथ्य चरित्रमाथि बहस चलाउँदै नेपाली फिल्मको कथ्य खोज्न आगामी माघ १९ गतेदेखि पोखरामा चार दिने ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)’ आयोजना हुने भएको छ । स्वदेशी तथा विदेशी छोटा र फिचर फिल्मको प्रदर्शनसँगै फिल्मका १० विषयमा बहस चल्ने फेस्टिभलमा ३० भन्दा बढी देशका फिल्मको सहभागिता हुनेछ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको महोत्सवमा नेपालबाट प्रकाश आङदेम्बेको ‘देश खोज्दै जाँदा’, साम्तेन भुटियाको ‘तान्द्रो’ र बासुदेव पोखरेलको ‘प्रतिबद्धता’ फिचर फिल्म अन्तर्गत प्रदर्शन हुनेछन् । फेस्टिभलमा नेपालका १३ सर्ट फिल्म देखाइनेछ ।

‘हामी यो फेस्टिभलबाट हामीले बनाउने हरेक फिल्मको महत्व छ र यो काममा हामी जिम्मेवार हुनुपर्छ भन्ने सन्देश दिन चाहन्छौं,’ फेस्टिभलबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष केपी पाठकले भने, ‘तर, यो जिम्मेवारी व्यक्तिगतभन्दा पनि संस्थागत हुनुपर्छ र उसको सिर्जनाको प्रभाव मानव सभ्यता माथि नै हुन्छ भन्ने कुरा फेस्टिभलमार्फत देखाउन चाहन्छौं ।’

फेस्टिभल निर्देशक मनोज पण्डितले कुन भूगोलमा कस्तो फिल्म बनिरहेको छ भन्ने थाहा पाउन पनि फेस्टिभल महŒवपूर्ण थलो बन्ने दाबी गरे । ‘नेपाल भन्ने शब्दले नेरेटिभ बाटो बुझ्छ । त्यसकारण विदेशी फिल्मकर्मीका लागि नेपाल पनि कथाको थलो हो भन्ने बुझाउन फेस्टिभलले भूमिका खेल्नेछ,’ पण्डितले भने, ‘राजनीतिले फिल्ममा के अर्थ राख्छ भन्ने चर्चा पनि फेस्टिभलमा हामी गर्नेछौं ।’

पोखरा उद्योग वाणिज्य संघको हलमा हुने फेस्टिभलमा १३ फिचर फिल्म, ४० सर्ट फिल्म र १० विषयमा अन्तरक्रिया हुनेछ । पहिलो संस्करणको यो फेस्टिभलमा नेपालसहित थाइल्यान्ड, इराक, अमेरिका, बंगलादेश, जर्मनी, इरान, चिली, सिरिया, सिंगापुर, ताइवान, मलेसिया, फ्रान्स, भारत, रसिया, ग्रीस, चीन, बस्कोर्तोस्थान, चेक रिपब्लिक, ब्राजिल, इटली, श्रीलंका, अष्ट्रेलिया, अफगानिस्तान, फिलिपिन्स, जर्जिया, कार्जाकस्तान र स्वीटजरल्याण्डका फिल्म देखाइनेछन् ।

फेस्टिभलको जुरीमा नेपालका मीनबहादुर भामसहित भारतका अशोक राने, कतारका खालिल बेनिक्रेन, श्रीलंकाका भिमुख्ती जयसुन्दरा, जापानका सोजो इच्छियामा र चीनका पेङ झिआओलियन छन् । फेस्टिभलको फिल्म छनोट समितिमा मनोज पण्डित, सचिन घिमिरे, विजयरत्न तुलाधर, करुण थापा र तीर्थ श्रेष्ठ छन् ।

फेस्टिभलको अन्तिम दिन ‘उत्कृष्ट फिल्म’, ‘उत्कृष्ट नेपाल पानोरामा’, ‘उत्कृष्ट सर्ट फिल्म’ र ‘उत्कृष्ट जुरी अवार्ड’ प्रदान गरिनेछ । यी अवार्डको राशि क्रमशः १ लाख, ५० हजार र २५ हजार रहेको छ ।

source; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
‘प्रेम गीत २’ सिड्नीमा
नायक प्रदिप खड्का अभिनित लोकप्रिय नेपाली चलचित्र ‘प्रेम गीत २’ सिड्नीमा प्रदर्शन हुने भएको छ । इभेन्ट आयोजक कलिउड क्लबले सिड्नी शोको ब्यवस्था गरेको हो ।पहिलो शो फ्रेबरुअरी ३ तारिख शनिबारका दिन हर्षभिलको सिभिक थियटरमा हुने तथा बाँकी शोको मिति सार्वजनिक नभएको क्लबका निर्देशक श्यामसुन्दर गिरीले बताएका छन् । आशुसेन फिल्मसको ब्यानरमा निर्मित चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन लगायत कलाकारको मुख्य भूमिका रहेको छ।चलचित्रमा समावेश गीत ‘प्रेम यो कहानी’ र ‘मोटरसाईकलमा’ सर्वाधिक चर्चित ...
कला, संस्कृति जोगाउने प्रतियोगितामा महिलाको आकर्षण
नेपाली कला संस्कृतिको जगेर्ना र बौद्धिक तथा अन्तरनिहित क्षमताको विकास गराउने उद्देश्यले जापानमा हुने मिस एण्ड मिसेस नेपाल–२०१८ मा महिलाको आकर्षण बढेको छ । सौन्दर्य, व्यक्तित्व तथा आन्तरिक क्षमताको विकासका र नेपाली कला संस्कृतिको प्रचारप्रसार भन्दै व्यावसायिक रुपमा पहिलो पटक आयोजना गरिएकाले प्रतिस्पर्धी महिलाको आकर्षण बढेको हो । आयोजक सिन्जोउ कर्पोरेशनका प्रबन्ध निर्देशक उत्तम श्रेष्ठका अनुसार पारिवारिक र विद्यार्थी भिसामा जापानमा बसोबास गर्दै आएका महिलाले एकल र संयुक्तरुपमा प्रतिभा प्रस्फुटन गराउने भन्दै सहभागिताका लागि आवेदन दिएका छन् । मंगलबार सम्ममा ६० जनाभन्दा बढीको आवेदन परेको र उनीहरुलाई नेपाली ...
फिल्म ‘शेरबहादुर’ मा सुनिल थापा दृष्टिबिहीन
माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘शेरबहादुर’ निर्माण युनिटले मंगलबार एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी फिल्मबारे थप जानकारी दिएको छ । अवकाश प्राप्त एक आर्मीको कथामा आधारित फिल्ममा अभिनेता सुनिल थापाको प्रमुख भूमिका रहेको छ। फिल्ममा उनलाई एक निडर, सन्की र बलियो पात्रको रूपमा प्रस्तुत गरिएको छ। साथै फिल्ममा सुनिल थापाले एक दृष्टिबिहीनको भूमिका निवार्ह गरेको र जुन भूमिकामा आफू अहिलेसम्म नेदेखिएको बताए ।यसअघि उनले सो कुरा खुलाएका थिएनन् । थापाले ‘शेरबहादुर’ आफ्नो फिल्मी जीवनको कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले भने ...
चलचित्र ‘लिलिबिली’को पहिलो गीत सार्वजनिक
आगामी वैशाख १४ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘लिलिबिली’को पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘इज इट लभ’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा प्रदिप खड्का र जसिता गुरुङलाई फिचरिङ गरिएको छ । यो गीतमा एलिस कार्कीको संगीत, राजेश कुमार श्रेष्ठको शब्द, प्रताप दास र मेलिना राइको स्वर सुन्न सकिन्छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो भिडियोलाई सुदिप बरालले खिचेका हुन् । स्कटल्याण्डको रमणीय स्थानमा यो गीतको भिडियो खिचिएको छ । मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा प्रियंका कार्की, अनुप विक्रम ...
रहेनन् संगीतकार मुनाल
काठमाडौं – संगीतकार विजय सिंह मुनालको धनगढीमा सोमबार निधन भएको छ । पारिवारिक घुमघामको क्रममा धनगढीमा रहेका संगीतकार मुनाल सोमबार विहान सुतेकै अवस्थामा मृत भेटिएका थिए । पारिवारिक स्रोतका अनुसार विजयको शरीरमा लामो समयदेखि विभिन्न किसिमका रोग थियो । मुनालका ५ दर्जन बढी गीत रेडियो नेपालमा र उत्तिकै संख्यामा बाहिर पनि रेकर्ड भएका छन् । एक समयमा विजय, गायक उदितनारायण झा र मधु क्षेत्री मिल्ने साथी थिए । स्टेजमा कंगो वादन गर्न खप्पिस विजयलाई धेरैले कंगो मास्टरका रुपमा पनि चिन्दथे । उनले रेडियो नेपालको गीत रेकर्डको ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम