मुख्य समाचार

जापानले सवारीचालकलाइ उपग्रहबाट प्रकोपबारे जानकारी दिने
Japan will inform the driver about the outbreak of satellite

जापान सरकारले उपग्रह प्रणालीमार्फत सवारी चालकलाइ प्रकोपसंग सम्बन्धित सुचना प्रदान गर्ने भएको छ ।

२०११ को भुकम्प र सुनामीको बारेमा सवारीचालकहरुले पर्याप्त सुचना प्राप्त गर्न नसकेकाले आर्थिक वर्ष २०१८ को सुरुवातदेखी उक्त सुविधा प्रदान गर्ने सरकारको योजना रहेको छ । प्रकोपका कारण मोबाइल र अन्य संचारमाध्यमबाट सुचना प्रदान गर्न असहज हुने भएकाले यस प्रणाली अन्तर्गत मिकीबिकी उपग्रहको प्रयोग गरिने छ । स्रोतका अनुसार सवारी नियन्त्रण प्रणालीमा विशेष सफ्टवेयर जडान गर्न कम्पनीहरुलाई सरकारले अनुरोध गर्ने योजना बनाएको छ । मिकीबिकी उपग्रहमार्फत सुनामीको चेतावनीबारे प्रयोगात्मक अभ्यास जापान सरकारले गत नोभेम्बरमा वाकायामी र कोची प्रान्तमा गरिसकेको छ ।

यसका साथै उपग्रहको प्रयोगबाट सुरक्षा सतर्कता सुनिश्चित गर्ने कार्य पनि सरकारको योजनामा रहेको छ । आ.ब २०१८ मा पाँचवटा नगर सरकारले यसलाइ सुरुवात गर्ने र २०२१ सम्ममा २० नगरमा विस्तार गर्ने छ ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आज फुनावासी चिवामा चलचित्र ह्यापी डेज प्रर्दशन हुदै
नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक चर्चित नायक दयाहाङ राईको नयाँ चलचित्र ह्यापी डेज आज जापानकाे चिवा फुनावासी शहरमा प्रर्दशन हुदैछ। किराँत राई यायोख्खा जापानको आयोजनामा बहुप्रतिक्षित चलचित्र ह्यापी डेज जनवरी २० तारिक शनिवार आज साँझ ६ बजेबाट प्रर्दशन हुदैछ। दयाहाङ रार्इ, प्रियन्का कार्की लगायतका चर्चित कलाकारहरुको जोडदार अभिनयमा ह्यापी डेज प्रर्दशन पूर्व नै चर्चामा रहेको छ। जापानको टोकियो नाकानो जिरो हलमा जनवरी १४ तारिक प्रर्दशन भएको ह्यापी डेज पहिलो पटक चिवाको फुनावासीमा समेत प्रर्दशन गरिन लागेको आयोजक किरात राई यायोख्या सल्लाहकार संजीव राईले जानकारी दिए। चलचित्र फुनावासी किनरो सीमा ...
ओकिनावामा सोनाम ल्होछार मनाईयो
जापानको दक्षिण क्षेत्र ओकिनावामा रहेका तामाङ समुदायले २८५४ औं सोनाम ल्होछार भब्य रुपमा मनाएका छन् । स्थानीय शिव महल स्थित नेपाली पसलमा भएको कार्यक्रममा तामाङ समुदायको बाक्लै उपस्थिति देखियो । यसपटक ल्होछार सभ्य र भब्य रुपमा मनाईएकोल ल्होछार मूल आयोजक समितिका राम लामाले जानकारी दिनु भयो । उक्त समारोहमा स्थानीय कलाकारहरुले मौलिक जातिय गीतसंगीत तथा नृत्य प्रस्तुत गरेका थिए । तामाङ समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गरी जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन् । तामाङ समुदायले यसलाई नया बर्षको ...
उत्तरकोरिया विरुद्ध मुद्दा हाल्ने जापानको तयारी
जापानको एक परिवारले आफ्ना आफन्तजनलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत जाने बताएको छ । यस प्रकार अपहरण गर्नेको खोजी गर्न र उत्तर कोरियाली नेतालगायत अपहरणका समर्थक समूहलाई सजायको माग गर्दै उक्त जापानी परिवार अन्तरराष्ट्रिय फौजदारी अदालत जाने बताइएको हो । उक्त जापानी परिवारले आगामी हप्ता फौजदारी अदालतमा मुद्दा दायर गर्ने जानकारी शुक्रबार टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरी दिएको बताइएको छ । जापानी भाषा र संस्कृति जबरजस्ती सिकाउन खोजेको आरोप लगाउँदै सन् १९७० देखि १९८० सम्म १३ जना जापानीजलाई उत्तर कोरियाले अपहरण गरेको उनीहरुको ...
जापानमा आत्महत्याको दर घट्यो
जापानमा आत्महत्या गर्नेको संख्यामा कमी आएको छ । सन् २०१७ सम्ममा आइपुग्दा आत्महत्या गर्नेको संख्यामा ८ वर्ष यताकै कमी आएको जापानी प्रहरीको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार जापानमा २०१७ मा २१ हजार १४० जनाले आत्महत्या गरेका थिए जुन सन् २०१६ को तुलनामा ७५७ ले कम हो ।प्रहरीका अनुसार आत्महत्या गर्नेहरुमध्ये १४६९३ पुरुष र ६४४७ महिला रहेको जनाएको छ । आत्महत्या गर्नेहरुमध्ये ४० वर्ष उमेर समूहका ३ हजार ४ सय १६ र ५० बर्ष उमेर समूहका ३ हजार २ सय ८२ आत्महत्या गरेका छन् । त्यस्तै ६० ...
पत्रसहित जापान पठाउने भन्दै करौडौ ठग्ने तीवारीको कर्तुत यस्तो छ
जापानमा आकर्षक काममा लगाइदिने भन्दै गोविन्द तीवारीले नेपालमा कयौंलाई ठगिसकेका छन् । उनले ठगेका मध्ये ३० भन्दा बढीले वैदेशिक रोजगार विभाग र प्रहरीमा उजुरी दिइसकेका छन् । उजुरीअनुसार २ करोड रुपैयाँभन्दा बढी तीवारीले बुझेको देखिन्छ । विभाग र प्रहरीले तीवारीको खोजी गरे पनि उनी जापानमा बसेका कारण पक्राउ गर्न समस्या भएको छ । पीडितले बारम्बार ताकेता गरेपछि तीवारीलाई नेपाल झिकाई कारबाही अघि बढाउन नेपाल प्रहरीको इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको भए पनि अन्य सरोकारवाला निकायबाट भने खासै चासो दिइएको छैन । नेपालमा ठगी गरी जापान बस्दै ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम