मुख्य समाचार

रोहिन्ग्या पुर्नस्थापनाका लागि जापानले म्यानमारलाइ ३० लाख डलर सहयोग गर्ने
Japan will support 30 lakh dollar to Myanmar for the rehabilitation of Rohingya

हिंसाग्रस्त रखिन राज्यबाट पलायन भइ बङ्गलादेशमा रहेका रोहिन्ग्या शरणार्थीलाइ सुरक्षित स्वदेश फिर्ताको ग्यारेन्टी गर्न जापानी विदेश मन्त्रीले शुक्रबार म्यानमारकी नेत्री आङ साङ सुकीलाइ अनुरोध गरेका छन् ।

जापानी विदेश मन्त्री तारो कोनो म्यानमार भ्रमणमा रहेका बेला जापान सरकारले रोहिन्ग्याको पुर्नस्थापनाका लागि म्यानमार सरकारलाइ ३० लाख डलर अनुदान गर्ने घोषणा गरेको छ । म्यानमार र बङ्गलादेशवीच शरणार्थी पुर्नस्थापनाबारे नोभेम्बर २३ मा सहमति भएको थियो र म्यानमारले जनवरी २३ देखि पुर्नस्थापनाको सुरुवात गर्ने बताएको थियो । तर पुर्नस्थापित हुनेको संख्याको भने प्रष्ट भइसकेको छैन । म्यानमार र बङ्गलादेशवीच शरणार्थी पुर्नस्थापनाबारे भएको सहमति यथाशिघ्र कार्यान्वयनका लागि उक्त अनुदान दिन लागिएको जापानी विदेश मन्त्रालयका अधिकारी शिनोबु यामागुचीले एक वक्तव्यमा बताए । संयुक्त पत्रकार सम्मेलनमा बोल्दै सुकीले जापानको सहयोगका लागि धन्यवाद ज्ञापन गरेकी थिइन् ।

तीन दिने म्यानमार भ्रमणका क्रममा कोनोले रखिन राज्यको भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ जहाँ मानव अधिकारकर्मी र स्वतन्त्र संचारमाध्यमलाइ प्रवेश निषेध गरिएको छ । धार्मिक हिंशाका कारण ६ लाख ५० हजारभन्दा बढिको संख्यामा रोहिन्ग्याहरु भागेर बङ्गलादेशमा शरणार्थीको रुपमा बसिरहेका छन् ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आज साँझ नाकानु जिरो हलमा मिस्टर झोले प्रदर्शन हुँदै
आज (जनवरी २१ आइतबार) साँझ नाकानु जिरो हलमा बहुप्रतिक्षित नेपाली चलचित्र मिस्टर झोले प्रदर्शन हुँदैछ । साँझ ६:३० बजेबाट सुरु हुने चलचित्रका लागि २५ सय येन टिकटदर तोकिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दीया पुन, वुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल लगायतको अभिनय छ । चलचित्रमा दया र दियाको जोडीलाई देखाइएको छ भने बर्षाले बुद्दिसँग रोमान्स गरेकी छिन् । रौनकविक्रम कँडेल कार्यकारी निर्माता रहेको चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन् । source; nepaljapan.com
विदेशी पर्यटकलाइ जापानको रात्री जीवनतर्फ आकर्षित गर्दै टोकियो
विदेशी पर्यटकलाइ जापानको रात्री जीवनतर्फ आकर्षित गर्न टोकियो महानगर सरकारले उनीहरुको इच्छाबारे सर्भे गर्ने तयारीमा रहेको एक स्रोतले शनिबार बताएको छ । पर्यटकको लगानी बृद्धि गर्ने उदेश्यका साथ केन्द्रिय सरकारले पनि टोकियोका अधिकारीले गरेजस्तै सर्भे गर्ने भएको छ । पछिल्ला वर्षमा पर्यटकको संख्या बृद्धि भएपनि जापानमा सोही अनुसारको आम्दानी भने भएको छैन । रातीको समयमा विदेशी पर्यटकले के गर्न रुचाउँछन् भनेर सर्भेका लागि टोकियो सरकारले आर्थिक वर्ष २०१८ मा ५ करोड येन खर्च गर्ने भएको छ । उक्त सर्भेको नतिजा टोकियो सरकारको वेबसाइटमा प्रशिद्ध स्थानहरुको प्रवर्धनका ...
फुकुशिमा आणविक उर्जा केन्द्रको दोस्रो रिएक्टरमा भेटियो पग्लिएको आणविक स्रोत
२०११ को भुकम्प र सुनामीबाट क्षतिग्रस्त भएको जापानको फुकुशिमा आणविक उर्जा केन्द्रका रिएक्टरहरुको जाँचका क्रममा टेलिस्कोपको प्रयोगबाट एक रिएक्टरबाट पग्लिएको आणविक उर्जा स्रोतका तस्विर प्राप्त भएको संचालकले बताएका छन् । टोकियो इलेक्ट्रिक पावर कम्पनीका अनुसार माछा मार्ने रडजस्तै देखिने उक्त यन्त्रले परियोजनाको युनिट २ को निकै गहिराइसम्मको तस्विर खिच्न सफल भएको छ र यसले आणविक फोहर सफाइमा सहयोग मिल्ने छ । टेप्कोका प्रवक्ता ताकाहिरो किमोतोका अनुसार उक्त उर्जा स्रोतले रिएक्टरको भित्री अंशलाइ प्रभावित गरेको तस्विरमा देखिएको छ । अहिलेसम्म धेरैकुरा हेर्न बाँकी नै रहेको भन्दै किमोतोले ...
आज फुनावासी चिवामा चलचित्र ह्यापी डेज प्रर्दशन हुदै
नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक चर्चित नायक दयाहाङ राईको नयाँ चलचित्र ह्यापी डेज आज जापानकाे चिवा फुनावासी शहरमा प्रर्दशन हुदैछ। किराँत राई यायोख्खा जापानको आयोजनामा बहुप्रतिक्षित चलचित्र ह्यापी डेज जनवरी २० तारिक शनिवार आज साँझ ६ बजेबाट प्रर्दशन हुदैछ। दयाहाङ रार्इ, प्रियन्का कार्की लगायतका चर्चित कलाकारहरुको जोडदार अभिनयमा ह्यापी डेज प्रर्दशन पूर्व नै चर्चामा रहेको छ। जापानको टोकियो नाकानो जिरो हलमा जनवरी १४ तारिक प्रर्दशन भएको ह्यापी डेज पहिलो पटक चिवाको फुनावासीमा समेत प्रर्दशन गरिन लागेको आयोजक किरात राई यायोख्या सल्लाहकार संजीव राईले जानकारी दिए। चलचित्र फुनावासी किनरो सीमा ...
ओकिनावामा सोनाम ल्होछार मनाईयो
जापानको दक्षिण क्षेत्र ओकिनावामा रहेका तामाङ समुदायले २८५४ औं सोनाम ल्होछार भब्य रुपमा मनाएका छन् । स्थानीय शिव महल स्थित नेपाली पसलमा भएको कार्यक्रममा तामाङ समुदायको बाक्लै उपस्थिति देखियो । यसपटक ल्होछार सभ्य र भब्य रुपमा मनाईएकोल ल्होछार मूल आयोजक समितिका राम लामाले जानकारी दिनु भयो । उक्त समारोहमा स्थानीय कलाकारहरुले मौलिक जातिय गीतसंगीत तथा नृत्य प्रस्तुत गरेका थिए । तामाङ समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गरी जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन् । तामाङ समुदायले यसलाई नया बर्षको ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम