मुख्य समाचार

जापानी अन्तरिक्ष यात्रीले मागे माफी
Japanese space traveler ask for forgiveness

अन्तराष्ट्रिय स्पेस स्टेशन (आइएसएस) मा पुगेको तीन हप्तामा एक जापानी अन्तरिक्ष यात्रीले आफु नौ सेमी बढेको गलत भनाइपछि माफी मागेका छन् ।

नापको गल्तीलाइ दोष दिँदै नोरिस्हिजे कानाइले आफु मात्र दुइ सेमी बढेको भन्दै यस्तो गलत समाचार सम्प्रेषण गरेकोमा माफी मागेका छन् । अन्तरिक्षमा अन्तरिक्षयात्रीहरु औसतमा दुइ देखि पाँच सेमी बढ्छन् । गुरुत्व बल नहुँदा ढाड तन्किएर यस्तो असामान्य बृद्धि हुन्छ । सुरुमा जापानी भाषमा आफु नौ सेमी बढेको बताएका कानाइले पछि मात्र दुइ सेमी बढेको बताएका थिए ।

अन्तरिक्षमा गएपछि अन्तरिक्षयात्रीहरु बढेपनि फर्कदा पहिलेकै अवस्थामा फर्कने गर्दछन् । जापानको मेरीटाइम सेल्फ डिफेन्स फोर्सका चिकित्सा अधिकारी रहेका जापानी अन्तरिक्षयात्रीको यो पहिलो अन्तरिक्ष यात्रा थियो ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आज फुनावासी चिवामा चलचित्र ह्यापी डेज प्रर्दशन हुदै
नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक चर्चित नायक दयाहाङ राईको नयाँ चलचित्र ह्यापी डेज आज जापानकाे चिवा फुनावासी शहरमा प्रर्दशन हुदैछ। किराँत राई यायोख्खा जापानको आयोजनामा बहुप्रतिक्षित चलचित्र ह्यापी डेज जनवरी २० तारिक शनिवार आज साँझ ६ बजेबाट प्रर्दशन हुदैछ। दयाहाङ रार्इ, प्रियन्का कार्की लगायतका चर्चित कलाकारहरुको जोडदार अभिनयमा ह्यापी डेज प्रर्दशन पूर्व नै चर्चामा रहेको छ। जापानको टोकियो नाकानो जिरो हलमा जनवरी १४ तारिक प्रर्दशन भएको ह्यापी डेज पहिलो पटक चिवाको फुनावासीमा समेत प्रर्दशन गरिन लागेको आयोजक किरात राई यायोख्या सल्लाहकार संजीव राईले जानकारी दिए। चलचित्र फुनावासी किनरो सीमा ...
ओकिनावामा सोनाम ल्होछार मनाईयो
जापानको दक्षिण क्षेत्र ओकिनावामा रहेका तामाङ समुदायले २८५४ औं सोनाम ल्होछार भब्य रुपमा मनाएका छन् । स्थानीय शिव महल स्थित नेपाली पसलमा भएको कार्यक्रममा तामाङ समुदायको बाक्लै उपस्थिति देखियो । यसपटक ल्होछार सभ्य र भब्य रुपमा मनाईएकोल ल्होछार मूल आयोजक समितिका राम लामाले जानकारी दिनु भयो । उक्त समारोहमा स्थानीय कलाकारहरुले मौलिक जातिय गीतसंगीत तथा नृत्य प्रस्तुत गरेका थिए । तामाङ समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गरी जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन् । तामाङ समुदायले यसलाई नया बर्षको ...
उत्तरकोरिया विरुद्ध मुद्दा हाल्ने जापानको तयारी
जापानको एक परिवारले आफ्ना आफन्तजनलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत जाने बताएको छ । यस प्रकार अपहरण गर्नेको खोजी गर्न र उत्तर कोरियाली नेतालगायत अपहरणका समर्थक समूहलाई सजायको माग गर्दै उक्त जापानी परिवार अन्तरराष्ट्रिय फौजदारी अदालत जाने बताइएको हो । उक्त जापानी परिवारले आगामी हप्ता फौजदारी अदालतमा मुद्दा दायर गर्ने जानकारी शुक्रबार टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरी दिएको बताइएको छ । जापानी भाषा र संस्कृति जबरजस्ती सिकाउन खोजेको आरोप लगाउँदै सन् १९७० देखि १९८० सम्म १३ जना जापानीजलाई उत्तर कोरियाले अपहरण गरेको उनीहरुको ...
जापानमा आत्महत्याको दर घट्यो
जापानमा आत्महत्या गर्नेको संख्यामा कमी आएको छ । सन् २०१७ सम्ममा आइपुग्दा आत्महत्या गर्नेको संख्यामा ८ वर्ष यताकै कमी आएको जापानी प्रहरीको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार जापानमा २०१७ मा २१ हजार १४० जनाले आत्महत्या गरेका थिए जुन सन् २०१६ को तुलनामा ७५७ ले कम हो ।प्रहरीका अनुसार आत्महत्या गर्नेहरुमध्ये १४६९३ पुरुष र ६४४७ महिला रहेको जनाएको छ । आत्महत्या गर्नेहरुमध्ये ४० वर्ष उमेर समूहका ३ हजार ४ सय १६ र ५० बर्ष उमेर समूहका ३ हजार २ सय ८२ आत्महत्या गरेका छन् । त्यस्तै ६० ...
पत्रसहित जापान पठाउने भन्दै करौडौ ठग्ने तीवारीको कर्तुत यस्तो छ
जापानमा आकर्षक काममा लगाइदिने भन्दै गोविन्द तीवारीले नेपालमा कयौंलाई ठगिसकेका छन् । उनले ठगेका मध्ये ३० भन्दा बढीले वैदेशिक रोजगार विभाग र प्रहरीमा उजुरी दिइसकेका छन् । उजुरीअनुसार २ करोड रुपैयाँभन्दा बढी तीवारीले बुझेको देखिन्छ । विभाग र प्रहरीले तीवारीको खोजी गरे पनि उनी जापानमा बसेका कारण पक्राउ गर्न समस्या भएको छ । पीडितले बारम्बार ताकेता गरेपछि तीवारीलाई नेपाल झिकाई कारबाही अघि बढाउन नेपाल प्रहरीको इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको भए पनि अन्य सरोकारवाला निकायबाट भने खासै चासो दिइएको छैन । नेपालमा ठगी गरी जापान बस्दै ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम