मुख्य समाचार

खोटाङ सेवा समाज कतारले स्थापना दिवस मनाउने
Khotang Service Society Qatar will celebrate the establishment day

पुस २०–– खोटाङ सेवा समाज कतारले आफ्नो गौरवसाली जिल्ला संस्थाको स्थापना दिवसको २१ औं बार्षिक उत्सव भब्यताका साथ मनाउने तयारी गरिरहेको सस्थाका महासचिव कैलाश श्रेष्ठले जानकारी दिएका छन् l

स्थान र हल व्यवस्थापन गरिसकेको सस्थाले आगामी फेबुअरी २ तारिख २०१८ का दिन कतारको सनैय स्थित ग्रेन्ड मल पछाडि रहेको एमआरए (MRA ) रेस्टुरेन्टको सभा हलमा कार्यक्रम हुने तय गरिएको छ ।

कतारमा हाल स्थापित र सक्रिय सम्पूर्ण संघ संस्था तथा जिल्ला संस्थाहरु मध्ये सबैभन्दा जेष्ठ पहिलो सामाजिक सस्थाको रूपमा खोटाङ सेवा समाज रहेको छ l खोटाङ सेवा समाज २०५४ सालमा स्थापना भएको हो l वैदेशिक रोजगारीका सिलसिलामा कतारमा श्रमिकका लागि आएका नेपालीहरुलाई आई पर्ने विभिन्न दु:ख र समस्याहरुलाई समधान गर्न सम्बन्धित निकाय र सम्बन्धित ब्यक्तिहरुलाई जानकारी सूचना उपलब्ध गराउनका निमित्त सहयोगी भूमिका र समन्वयन गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाले २० औं बर्ष सम्म आइ पुग्दा सफलताका साथ हरेक कार्यकाल सामाजिक कार्यमा उपलब्धि सहित बिताउदै आएको लामो अनुभव हासिल गरेको छ l

पछिल्लो समय कतारमा बिभिन्न कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई साथै खोटाङ जिल्लाको शिक्षा,स्वास्थ्य लगायत बिभिन्न क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्दै कतारको दोहामा स्थापित विभिन्न संघ सस्थाहरुसंग सहयोग आदानप्रदान समन्वय गर्दै सामाजिक कार्यमा हातेमालो गर्दै निरन्तर सामाजिक क्षेत्रमा क्रियाशील रहि समाज सेवामा समर्पित रहेको छ ।

२१ औ बार्षिक उत्सवको अवसरमा सस्थाले स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गर्ने भएको छ l उक्त सांस्कृतिक कार्यक्रममा माझ किराँतीहरुको मुख्य थलो समेत रहेको खोटांगले किराती हरुको झाकी समेत प्रस्तुत गर्ने छ l केहि महिना पहिले संस्थाले उपहार कुपन आयोजना गरेको थियो सोहि उपहार योजना कार्यक्रमको नतिजा पनि सोहि दिन प्रकाशित गर्ने छ l

२१ औं वार्षिक उत्सव कार्यक्रम ऐतिहासिक हुने कुरा संस्था अध्यक्ष तिला बहादुर खत्रीले बताएका छन l उक्त कार्यक्रममा प्रमुख अतिथिका लागि नेपालबाट कतारकै नेपाली सामाजिक संस्थाला संस्थापक अध्यक्ष वा खोटांग सेवा समाज कतारका संस्थापक अध्यक्ष माधव किराँती आउने भएका छन l संस्थापक अध्यक्ष लाई २१ औं स्थापना दिवसमा प्रमुख अतिथिका निमित्त कतार आउन संस्थाका तर्फबाट निमन्त्रणा गरिएको हो l निमन्त्रणा स्विकार गरि उहाँ आउने जानकारी पाएका खोटाङ सेवा समाजले कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने दृढताका साथ कार्यक्रमको पूर्व तयारी गरिरहेको छ l

संस्थापक अध्यक्षका साथमा स्थापना दिवस कार्यक्रम हुने पक्का भए पछि कार्यक्रम एक भिन्न उदाहरणीय र ऐतिहासिक हुने बताइएको छ खोटाङ सेवा समाज कतारले कतारमा रहेका सम्पुर्ण खोटाङेहरुलाई उपस्थित भइ कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न आह्वान समेत यसै समाचार मार्फत जानकारी गराइएको छ भने कतारमा स्थापित सम्पुर्ण संघ संस्थाहरुलाई समेत निमन्त्रणा पत्र पठाउने अन्तिम तयारी सकिएको महासचिव कैलाश श्रेष्ठले बताएका छन् ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ओमानको मस्कट फेस्टिबलमा नेपाली स्टल राखिने
माघ २ – ओमानको मस्कट फेस्टिबलमा नेपाली स्टल राखिने भएको छ । ओमान सरकारले बिहीबारबाट आयोजना गर्न लागेको फेस्टिबलमा नेपाली भेषभूषा, नेपाली पहिचान झल्काउने तथा हस्त निर्मित सामग्रीहरु प्रदशनमा राखिने ओमानस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासको सक्रियतामा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । स्टलमा राखिने सामग्री जुटाउन नेपाली दूतावास लागि परेको छ । नेपाली मौलिकता र सांस्कृतिक पहिचानलाई ओमान तथा अन्तर्राष्ट्रिय समुदायमा चिनाउन यो महत्वपूर्ण हुने भएकाले स्टल राख्न लागेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताउनुभयो । ओमानको अल–अमिरात पार्कमा बिहीबारबाट सुरु ...
​रक्सी चोर्दा मलेसियामा एक नेपालीलाई तीन महिना जेल
पुस २५ – मलेसियामा रक्सी चोरेको अभियोगमा एक नेपाली जेल परेका छन् । ४४ वर्षका विश्व सुवेदीलाई एक सुपरमार्केटबाट १३२ रिंगिट पर्ने दुई बोतल रक्सी चोरेको अभियोगमा मलेसियाको मजिष्ट्रेसट कोटले ३ महिनाको जेल सजाय सुनाएको स्थानीय अनलाइनले उल्लेख गरेको छ । क्वालालम्पुरस्थित सेतिवाङ्सामा रहेको एइयोन एयू २ सुपरमार्केटबाट ज्याकोब्स क्रिक सिराज रोज वाइनका दुई बोतल चोर्दा सुवेदी पुस ७ गते रंगेहात पक्राउ परेका थिए । दुई सन्तानका बुवा सुवेदी मलेसियामा ‘ओभर स्टे’ बसेकोमा समेत ३ महिनाको जेल सजाय पाएका छन् । पक्राउ परेको मितिदेखि नै ...
नेपाली वैज्ञानिकलाई अन्तर्राष्ट्रिय सम्मान
पुस २२ –नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ । सर्लाहीमा जन्मनुभएका कुशवाहा यसअघि सन् २०१६ मा ‘कालो चामलः अनुसन्धान, इतिहास र विकास’ नामक पुस्तक प्रकाशन गरी चर्चामा आउनुभएको थियो । हाल उहाँ भारतस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालय पंतनगरमा आनुवंशिकी र बाली प्रजनन विषयमा विद्यावारिधि गर्दैहुनुहुन्छ । कुशवाहाका हालसम्म चार दर्जनभन्दा बढी अनुसन्धानपत्र विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । उहाँले करिब एक दर्जन राष्ट्रिय र अन्तरराष्ट्रिय पुरस्कार पाइसक्नुभएको छ । केही समय पहिले ...
एकहप्ताको बीचमा अस्ट्रेलियामा तीन नेपालीको मृत्यु
पुस २१ –एकहप्ताको बीचमा तीन नेपालीको मृत्यु भएपछि त्यहाँ रहेका नेपालीहरुमा चिन्ता बढेको छ । अष्ट्रेलियाको सिड्नीमा एकसाताको अवधिमा एक विद्यार्थी, एक नर्स र एक वृद्ध महिलाको मृत्यु भएको हो । करिब एक साताअघि सिड्नीको न्युकासल क्षेत्रमा बस्ने सिड्नीको लिड्कममा बस्दै आएकी नेपाली विद्यार्थी अस्मिता रिजाल आफु बस्ने स्थानमा मृत भेटिएकी थिइन् । विद्यार्थी रिजालको मृत्यु भनिए पनि उनले आत्महत्या गरेको एनआरएनए अस्ट्रेलियाले जनाएको छ । यस घटनामाथि प्रहरीले अनुसन्धान जारी राखेको पनि जनाइएको छ । यसै गरी नेपाली नर्स तृप्ति पाण्डेको मृत्यु भएको थियो भने गत ...
​कुवेतमा ज्यान गुमाउने नेपालीको संख्या बढ्यो
पुस १९ – सन् २०१७ मा कुवेतमा रोजगारी गर्न आएका ३१ जना नेपालीले ज्यान गुमाएका छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार ज्यान गुमाउनेमा १५ पुरुष र १६ महिला छन् । दूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनका अनुसार हृदयघात, मस्तिष्कघात लगायत अन्य स्वास्थ्य सम्बन्धी कारणबाट उनीहरुले ज्यान गुमाएका हुन् । घरेलु क्षेत्रमा काम गर्ने १४ र कम्पनीमा काम गर्ने १७ जनाले ज्यान गुमाएको लिङ्देनले जानकारी दिनुभयो । सन् २०१६ मा २५ जनाले ज्यान गुमाएका थिए । source; ujyaaloonlinenews.com
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम