मुख्य समाचार

केयूमा एमबीबीएस पढ्न ४८ लाख
KUMA MBBS Reads 48 lakhs

काठमाडौं विश्वविद्यालय (केयू) ले ४७ लाख ९० हजार रुपैयाँसम्म लिन पाउने गरी सम्बन्धनप्राप्त कलेजहरूलाई एमबीबीएस अध्यापन शुल्कसीमा निर्धारण गरेको छ । सरकारले भने ०७३ मंसिर १९ मै उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँभन्दा बढी लिन नपाउने गरी शुल्कसीमा तोकेको थियो । गत वर्ष निर्धारित शुल्क दुई वर्ष लागू हुने व्यवस्था छ । केयूले कलेज सञ्चालककै सहमतिमा शुल्क निर्धारण गरेको जनाएको छ ।

विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सका डिन राजेन्द्र कोजूका अनुसार काठमाडौं उपत्यकामा ४३ लाख ९० हजार र उपत्यकाबाहिर ४७ लाख ९० हजारसम्म लिन पाउने गरी शुल्कसीमा कायम गरिएको छ । केयूका कलेजहरूलाई गत वर्ष बढीमा एक सय १५ विद्यार्थी भर्ना गर्न छुट थियो । यसपालिदेखि एक सयभन्दा बढी पाइँदैन । १५ सिट घटदा प्रतिविद्यार्थी ५ लाख रुपैयाँ थपिएको विश्वविद्यालयले जनाएको छ ।

‘गत वर्ष एक सय १५ विद्यार्थी हुँदा जति शुल्क थियो, यसपालि एक सयमा झरेपछि १५ जनाको शुल्क सय जनालाई भाग लगाइएको हो,’ कोजूले भने, ‘गत वर्ष सरकारले तोकेभन्दा बढी अन्डरटेबल लिने गरिएकोमा यसपालि हामी तोकेभन्दा बढी शुल्क नलिने ग्यारेन्टी गर्छौं ।’ विद्यार्थी संख्या घटे पनि प्रशासनिक खर्च नघट्ने भएकाले शुल्क बढाउनुपरेको कलेज सञ्चालकको दाबी छ । निर्धारित शुल्कभन्दा बढी लिए विश्वविद्यालयले जिम्मेवारी लिने कोजूले बताए । ‘अब विश्वविद्यालय साक्षी बसेर अभिभावक र कलेजले सम्झौता गर्ने व्यवस्था गरेका छौं,’ उनले भने ।

कलेजले यस वर्षदेखि मेरिटका आधारमा सेन्टर काउन्सिलिङ गरेर मात्र विद्यार्थी भर्ना लिने जनाएको छ । यसअघि कलेजमा जसले बढी शुल्क तिर्‍यो, उसैले भर्ना पाउँथ्यो । मेरिटका आधारमा भर्ना नभएको भन्दै अदालतमा मुद्दासमेत परेको थियो । भर्नाका लागि बुधबारबाट काउन्सिलिङ सुरु हुँदैछ । विद्यार्थीले त्यही दिनदेखि कलेजमा सिट बुकिङ गर्न २ लाख रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ । बुकिङ गरेको केही दिनमा तोकिएको शुल्कको ५० प्रतिशत कलेजको खातामा जम्मा गरिदिनुपर्ने प्रावधान छ । बुक गरेपछि कलेज छाड्न नपाउने नियम पनि बनाइएको छ ।

केयूमा एमबीबीएस अध्ययन गर्न ४ हजार २ सय जनाले प्रवेश परीक्षा पास गरेका छन् । यीमध्ये एक हजारजति मात्रै भर्ना हुन पाउँछन् । त्यसमा पनि ३ सय सिट विदेशी विद्यार्थीका लागि सुरक्षित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आयुर्वेद उपचारमा धेरैको विश्वास छ
पुस २४ –आजकल सामान्य रोगका लागि पनि एलोपेथिक औषधि खानुपर्छ । तर कोही यस्ता मानिस पनि छन जो सकेसम्म आयुर्वेदिक औषधिमात्र सेवन गर्ने गर्छन् । नार्गाजुन नगरपालिकाकी ६६ वर्षीया मीठु थापा आफूलाई आयुर्वेदिक औषधिमा विश्वास लाग्ने बताउनुहुन्छ । “जडीबुटीबाट बनेको औषधिले राम्रो गर्छ, अरु असर पनि गर्दैन, मैले एकपल्ट मुटुमा समस्या भएर एलोपेथिक औषधि खाएको थिएँ, त्यसबाहेक अरु बेला त आयुर्वेद डाक्टर कहाँ नै देखाउछु, आयुर्वेदिक औषधि खान्छु”– उहाँले भन्नुभयो । थापाले घरमा अरुलाई पनि बिरामी हँुदा आयुर्वेद उपचार नै गर्ने गरेको बताउनुभयो । नेपालमा आयुर्वेदको प्रचारप्रसार ...
भाइरल प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मीको टोली
जाजरकोट – पाँच बालबालिकासहित नौ जनाको ज्यान जाने गरी दुई हप्तादेखि जाजरकोटको जुनीचाँदेमा फैलिएको भाइरल प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मीको टोली पुगेको छ । टोलीले शिविर खडा गरेर उपचार सुरु गरेपछि प्रभावित क्षेत्रमा केही सुधार आएको स्वास्थ्यकर्मीले वताएका छन् । जिल्ला सदरमुकाम खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट गएका डाक्टरसहितका स्वास्थ्यकर्मीको टोलीले स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको सहकार्यमा सर्बभन्दा बढी प्रभावित मजकोटका गाउँबा उपचार सुरु गरे पछि प्रभावित क्षेत्रमा सुधार आएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन ल्याप टेक्नियसर कृष्ण खत्रीले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा संकलन ...
आँखा शिविरमा २ सय २० जनाको शल्यक्रिया
महोत्तरी – महोत्तरीको गौशालामा सम्पन्न भएको तीन दिने आँखा शिविरमा २ सय २० जनाले आँखाको शल्यक्रिया गराएका छन् । सामुदायिक आँखा उपचार केन्द्र गौशालाको आयोजना र जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको हो । तीन दिनको अवधिमा आँखाको शल्यक्रिया सम्पन्न गरेको जानकी आँखा अस्पताल जनकपुरकका डाक्टर रमेशकुमार सिंहले जानकारी दिनुभयो । महोत्तरीको गौशालास्थित त्रिभुवन माविको शिविरमा आँखाको शल्यक्रिया गरिएको थियो । आँखाको शल्यक्रिया गर्न सुन्दरपुर, विजलपूरा, पर्सालगायतका स्थानमा शिविरको आयोजना गरी बिरामी छनोट गरिएको थियो । source; ujyaaloonlinenews.com
पाइल्स रोगलाई एक महिनामै चट पार्ने अचुक घरेलु औषधी
पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ । पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो ...
कपिलवस्तुमा चार जनामा डेंगु भेटियो

तौलिहवा: कपिलवस्तुमा डेङ्गगु रोगका ४ जना बिरामी फेला परेका छन्।बुद्धभूमि नगरपालिकाको बरकलपुर स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षणमा आएका विरामीको स्वास्थ्य जाँच गर्दा डेङ्गगु रोग देखिएको बताएको छ। बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलिया, चौवन्न र सातबास गाँउ बस्ने ४ जनामा डेगो रोग लागेको स्वास्थ्य संस्थाले जनाएको छ। स्थानीय क्लीनिकमा उपचार गराउदा निको नभएपछि स्वास्थ्य चौकीमा आएका विरामीलाई डेगो परिक्षणका लागि अंचल अस्पताल बुटवल रिफर गरिएको थियो। डेगो रोगका ४ जना मध्ये ३ जनाको उपचार भएपछि घर फर्केको र केहीको अंचल अस्पताल बुटवलमा उपचार भईरहेको बताइएको छ। ...

आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम