मुख्य समाचार

नौ सयभन्दा बढी पुललाई बजेट अभाव
Lack of budget for more than 9 hundred bridge

पुस ३० –पूर्वाधार विकासको एउटा महत्वपूर्ण पाटो मानिने पुलका लागि चरम बजेट अभाव भएको छ । अहिले निर्माणाधीन पुलका लागि ७७ अर्ब रुपैयाँ माग गरिए पनि जम्मा तीन अर्ब मात्र निकासा भएको छ ।

बजेट अभावका कारण देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल समयमै सम्पन्न गर्न समस्या खडा भएको छ । चालु आवमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत रु तीन अर्ब मात्रै बजेट विनियोजन गरिएको छ । तर निर्माण गर्नुपर्ने पुलको संख्या भने ९०० बढी रहेका छन् ।

महाशाखाले रु ६२ अर्ब बराबरको ठेक्का लगाएको छ । तर बजेट भने असाध्यै कम भएका कारण निर्माणाधीन पुल तोकिएको समयमा सम्पन्न गर्न समस्या हुने भएको छ ।

ठेक्का पूरा भई निर्माण भइरहेका ९११ वटा पुलको लागत मात्रै रु ६२ अर्ब भन्दा बढी रहेका छन् । राजमार्गमा २७६ वटा पुल निर्माण भइरहेको छ । सो को लागत रु १५ अर्ब छ । महाशाखाका अनुसार कूल रु ७७ अर्ब बढीको पुल निर्माणमा छन् ।

ठेक्का सम्झौताअनुसार तीनदेखि चार वर्षमा सबै पुल निर्माण गरिसक्नुपर्ने हुन्छ । विभागका उपमहानिर्देशक एवं पुल माहाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार रु ६२ अर्बको पुल निर्माण गर्न वर्षेनी रु १६ अर्ब रकम आवश्यक हुन्छ ।

“पुल निर्माणको मूलभूत समस्या भनेको बजेटको अभाव हो, राजनीतिक दलले प्राथमिकतताअनुसारको पुल निर्माणका लागि माग गर्दैनन्, निर्वाचन क्षेत्र र आफन्तका घर बस्ती जोड्न पुल माग्ने गरेका छन्” उपमहानिर्देशक थापाले भन्नुभयो ।

निर्माण व्यवसायी दैनिकजसो महाशाखामा रकम भुक्तानीका लागि आउने गरेको भए पनि बजेट अभावमा दिन नसकिएको उहाँको भनाइ छ । बजेट अभावमा पुल निर्माणले समयमै गति नलिएपछि जनस्तरबाट आक्रोशसमेत व्यक्त हुने गरेको छ ।

बजेट अभावका कारण चार वर्षे ठेक्का पूरा हुन दश वर्षसम्म लाग्ने गरेको छ । जसका कारण लागत बढ्नुका साथै जनस्तरबाट समेत विरोध हुने गरेको छ । “यो यर्थाथ हो, केहीलाई यर्थाथ तितो लाग्न सक्छ, बजेट नभएकै कारण हामीले पुल निर्माणलाई सोचेजति गति दिन सकेनौँ” थापाले भन्नुभयो ।

देशभर नै पुल निर्माणका लागि दैनिकजसो माग आइरहने र सरकारले समेत पुल निर्माणलाई विशेष प्राथमिकतामा राखेका कारण महाशाखालाई बजेट एवं जनशक्ति परिचालनमा समेत समस्या भएको छ ।

नयाँ नयाँ सडक बनीरहेको, सोही आधारमा पुलको मागसमेत बढिरहेको अवस्थामा बजेटको अभावका कारण आफूहरूलाई नयाँ पुल निर्माणमा समस्या उत्पन्न भएको महाशाखाका प्रमुख तथा विभागका उपमहानिर्देशक थापाले जानकारी दिनुभयो ।

“देशभर नै पुलको माग अत्यधिक छ, राजनीतिक नेतृत्वले पनि पुलकै माग गर्ने गरेका छन्, हामीसँग स्रोत र साधनको अभाव देखिएको छ” उपमहानिर्देशक थापाले भन्नुभयो ।

उहाँका अनुसार चालु आवमा ५० वटा पुल निर्माण सम्पन्न हुने छन् । सरकारले आवको अन्त्यमा हरेक पटक रकमान्तर गरेर भए पनि बजेट उपलब्ध गराउने गरेको जानकारी दिँदै उपमहानिर्देशक थापाले सडक विभागले हरेक वर्ष कूल बजेटको ९० प्रतिशतभन्दा बढी रकम खर्च गरेको दाबी गर्नुभयो ।

महाशाखाका अनुसार हाल देशभर दुई हजार नौ वटा पुल निर्माणाधीन रहेको छ । त्यसमध्ये नयाँ निर्माण भएका सडकमा ५०० वटा नयाँ पुल बनाउन माग भई आएको छ । यस्तै ३०० वटा सहायक तथा पहुँचमार्गमा पुल निर्माण गर्नुपर्नेछ । यस्तै स्थानीय सडकमा पनि ९०० वटा पुल निर्माण गर्नुपर्ने देखिएको छ ।

महाशाखाको अलावा भारतीय आयात निर्यात बैंक, चिनियाँ आयात निर्यात बैंक, एशियाली विकास बैंक, विश्व बैंकलगायतको सहयोगमा समेत केही पुल निर्माणका क्रममा छन् ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतले फेरि रोक्यो नेपाली अदुवा
इलाम : एक वर्षयता अन्य नाका बन्द गरी काँकरभिट्टाबाट मात्र अदुवा भित्र्याउन दिँदै आएको भारतले फेरि रोक लगाएको छ। भारत सरकारले नेपाली अदुवा सफा नगरी आएको भन्दै भित्र्याउन रोक लगाएपछि पाँच दिनदेखि निर्यात ठप्प भएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका केन्द्रीय अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए। भारतले नेपालको अदुवा खरिदका लागि मेची एक्सपोर्टलाई मात्र अनुमति दिएको छ। अन्य कम्पनीलाई अदुवा खरिदको अधिकार नदिएकाले मेची एक्सपोर्टले विभिन्न बहानामा अदुवा खरिद रोक्ने गरेको अध्यक्ष खड्काको भनाइ छ। उनका अनुसार देशभरको अदुवा अहिले काँकरभिट्टा नाकाबाट मात्र भारत जाने ...
कफी खेतीमा आकर्षण
कुस्मा : पर्वत फलेवास नगरपालिका ९, भँगाराका किसानले चार वर्षदेखि व्यावसायिक रूपमा कफी खेती गर्दै आएका छन्। खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक कफी खेती सुरु गरेका हुन्। गाउँका एक सय १६ जना कृषकले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन्। कफी खेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको स्थानीय चन्द्रबहादुर थापाले बताए। उनले भने, ‘मकै, गहुँ, धानजस्ता बालीनाली लगायो, बाँदरले खाएर हैरान पार्छ, गाउँमा जनशक्ति पनि पाइँदैन, कफी लगाए वर्षको एक ...
स्याउबाट १७ करोड भित्रियो
जुम्ला : जुम्लामा स्याउबाट यस वर्ष १७ करोड आम्दानी भएको छ। विभिन्न स्याउ संकलन केन्द्र तथा व्यापारीले यस वर्ष जुम्लाबाट १७ करोडको स्याउ बिक्री गरेका हुन्। पछिल्लो समय स्याउ उत्पादनमा कृषकको लगानी बढ्दै गएका कारण स्याउ उत्पादनबाट जुम्लाले बर्सेनि आम्दानी बढाउँदै गएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष ठ्याक्कै एक करोडले स्याउ उत्पादनमा वृद्धि भएको हो। यो वर्ष जुम्लामा ३७ सय मेट्रिक टन स्याउ बिक्री भयो। यसमध्ये २२ सय टन स्याउ जिल्लाबाहिर पठाइएको थियो। ए र बी गे्रडको स्याउ जिल्लाबाहिर पठाइन्छ ...
रिडी मेलामा पाँच करोडको कारोबार
तम्घास : तीन जिल्ला (गुल्मी, पाल्पा, स्याङ्जा)को संगमस्थल रिडीमा हजारौं दर्शनार्थीले माघे संक्रान्ति मेला अवलोकन गरेका छन्। धार्मिक एवं पर्यटकीय हिसाबले यस क्षेत्रकै प्रमुख गन्तव्यको रूपमा रहेको रिडीमा प्रत्येक वर्ष माघी मेला लाग्ने गर्छ। नेपालकै चारधाममध्येको एक रिडीमा विशेष गरी धार्मिक पर्यटक बढी आउने गर्छन्। माघे संक्रान्तिमा धेरैजसो पर्यटक कालीगण्डकी नदीमा स्नानका लागि आउने गरेको स्थानीयले बताए। यस वर्ष पनि तीनवटै जिल्लाका स्थानीय तहले पाँच दिनसम्म संयुक्त रूपमा मेलाको आयोजना गरेका हुन्। मेलामा पाँच सयजति विभिन्न व्यावसायिक स्टल राखिएका थिए। रिडीको प्रचारप्रसार र कृषि क्षेत्रको बजारीकरण ...
१६ अर्ब २५ करोड लगानी अवसर
काठमाडौं : धितोपत्र बजारमा लगानी गर्न चाहनेलाई नयाँ अवसर जुट्ने भएको छ। चालू आर्थिक वर्षमा विभिन्न कम्पनीले १६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी मूल्यका साधारण सेयर (आईपीओ) र फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएपछि लगानीकर्ताले लगानी अवसर पाउने भएका हुन्। सेयर निष्कासनका लागि नियामक नेपाल धितोपत्र बोर्डमा २८ कम्पनीले आवेदन दिएका छन्। आवेदन दिएका कम्पनीमध्ये १२ वटा कम्पनीले सेयर निष्कासनका लागि अनुमति पाइसकेका छन्। बाँकी १६ कम्पनी सेयर निष्कासनका लागि बोर्डको निर्णयलाई पर्खेर बसेका छन्। यस वर्ष जलविद्युत् कम्पनी, माइक्रोफाइनान्स तथा इन्सुरेन्स, विकास बैंक तथा ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम