मुख्य समाचार

लामो ट्विट नै लोकप्रिय
Long tweet is popular

पुस १ - गत महिना ट्विटरले एक सय ४० ‘क्यारेक्टर’ सीमालाई हटाएर दोब्बर बनायो । सुरुमा केही सीमित प्रयोगकर्ताबाट परीक्षणका रूपमा सुरु गरेको दुई सय ८० ‘क्यारेक्टर’को ट्विट सीमा नोभेम्बरको पहिलो सातादेखि सबैले प्रयोग गर्न पाए ।

दुई सय ८० ‘क्यारेक्टर’ बन्ने चर्चा भएसँगै ट्विटरको आलोचना भयो । धेरैले यसलाई गिज्याए । आलोचना ट्विटरको लम्बाइमा मात्र सीमित रहेन, ट्विटरमा भइरहेका दुव्र्यवहारलाई घटाउन कदम नचालेकामा पनि आलोचना भयो ।

ट्विटरले आवश्यक कदम नचाल्ने तर अन्य कुरामा ध्यान दिने भन्दै धेरैले आलोचना गरेका थिए । प्रयोगकर्ताले दुई सय ८० ‘क्यारेक्टर’बारे बहस गर्न ट्विटर दुई सय ८० ह्यासट्याग नै चलाए । केही दिन ट्विटर समुदायमा यो ह्यासट्याग ट्रेन्डिङकै रूपमा चल्न पुग्यो ।

सबै प्रयोगकर्ताले प्रयोग गर्न नपाउँदै विरोध भएको दुई सय ८० ‘क्यारेक्टर’ बारे हाल गरिएका सर्वेक्षण नतिजाले भने ट्विटरलाई सायद सान्त्वना दिइरहेको हुनुपर्छ । सुरुवाती सर्वेक्षण र तथ्यांकले दुई सय ८० ‘क्यारेक्टर’को परिवर्तनलाई सकारात्मक रूपमा देखाएका छन् । ‘सोसल फ्लो’ नामक सामाजिक सञ्जाल विश्लेषक कम्पनीले ट्विटर प्रयोगकर्ताले लामो ट्विट मन पराएको दाबी गरेको छ ।

‘सुरुवाती केही शब्दले नै प्रभाव पार्न सफल भए हामी लामो ट्विट पनि पूरै पढ्छौँ,’ कम्पनीका सामाजिक सञ्जाल विश्लेषक तथा सहसंस्थापक फ्र्यांक स्पेइसरले अन्तर्राष्ट्रिय मिडियामा भनेका छन् । कम्पनीले ट्विटर प्रयोगबारे एउटा अध्ययन गरेको थियो । अध्ययनपछि कम्पनीको निष्कर्ष छ, ‘हामी लामा ट्विट पढ्न चाहन्छौँ ।’

‘सोसल फ्लो’ले नोभेम्बर २९ देखि डिसेम्बर ६ सम्मका करिब ३० हजार ट्विटको ट्र्याक गरेर विश्लेषण थालेको थियो । एक सय ४० ‘क्यारेक्टर’भन्दा लामा ट्विट औसतमा २६ दशमलव ४२ पल्टभन्दा धेरै रिट्विट गरिएका थिए । छोटा ट्विट भने औसतमा १३ दशमलव ७१ पल्ट मात्र रिट्विट गरिएका थिए । लामा ट्विटलाई औसतमा ५० दशमलव २८ पल्ट लाइक गरिएको थियो भने छोटा ट्विटलाई औसतमा २९ दशमलव ९६ पल्ट लाइक गरिएको थियो ।

यो निष्कर्ष ट्विटरले यसका ३३ करोडभन्दा धेरै प्रयोगकर्तालाई दुई सय ८० ‘क्यारेक्टर’सम्म ट्विट गर्न दिने आधिकारिक निर्णय गरेको करिब एक महिनापछि आएको हो ।

सेप्टेम्बरदेखि नै ट्विटरले छानिएका समूहमा सफल परीक्षण गरेपछि यसलाई व्यापक बनाएको थियो । ट्विटरका प्रवक्ताले गत नोभेम्बरमा कम्पनीले प्रकाशित गरेको ‘ब्लग पोस्ट’लाई आधिकारिक भन्दै थप टिप्पणी गर्न चाहिनन् । दुई सय ८० ‘क्यारेक्टर’ सीमा सबैका लागि खुला गरिएपछि ट्विटरले ‘ब्लग पोस्ट’ प्रकाशित गरेको थियो । त्यसमा कम्पनीको आन्तरिक सर्वेक्षणले लामो ट्विट लेख्नेको ट्विट धेरै रिट्विट हुने पाएको जनाएको थियो । यसैगरी उनीहरूले धेरै ‘फलोअर’ पाउने र ट्विटरमा धेरै समय बिताउने उल्लेख गरेको थियो ।

source ; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
​युट्यूबबाट पैसा कमाउन खोज्दै हुनुहुन्छ ? जान्नुहोस युट्यूबका नयाँ नियम !
माघ ३ – पैसा कमाउने उद्देश्यले युट्यूब च्यानल खोल्दै हुनुहुन्छ ? पर्खनुहोस् ! यूट्यूबले नयाँ नियम लागू गरेको छ । अब स–साना फूटेज भिडियो र सामान्य तरिकाबाट युट्यूबमा पैसा कमाउन त्यति सजिलो छैन् । रमाइला भिडियो र अर्काका भिडियो चोरेर तोडमरोड गर्दै आफ्नो बनाएर पैसा कमाउनेका लागि युट्यूब त्यति सहज छैन अब । यसले गर्दा युट्यूबर बनेर पैसा कमाउने सोच बनाएका व्यक्तिलाई निराश बनाएको हुन सक्छ । त्यसो त अर्काका कन्टेन्ट पढेर भिडियो बनाएर पैसा कमाउनेका लागि युट्यूबले यसो गर्नु ठिकै पनि हो । अब दर्शकलाई ...
रुप्से र अन्धगल्छीमा थ्रिजी सेवा
बागलुङ – साविकको धौलागिरीमा नेपाल टेलिकमले आफ्नो सेवा विस्तारलाई तीब्रता दिएको छ। नयाँ ठाउँमा सेवा विस्तारसंगै सेवालाई गुणस्तरीय बनाउन लागेको टेलिकमले जनाएको छ। टेलिकमको धौलागिरी शाखाले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ दानामा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ। सात महिना पहिला टेलिकमले पहिलो पटक उक्त स्थानमा टावर राखेर जिएसएम मोवाईल सेवा विस्तार गरेको थियो। उक्त टावरबाट गाउँपालिकाको वडा नं ३ र ४ का झण्डै छ सय घरधुरी लाभान्वित भएको नेपाल टेलिकम धौलागिरी शाखा प्रमुख केशव शर्माले बताए। ‘हामीले अहिले सेवा विस्तारसंगै गुणस्तरीय सेवालाई प्राथमकिता दिएर काम ...
केही घण्टामै डुब्यो फेसबुकको २५ अर्ब डलर
पुस ३० – न्युज फिडमा ठुलो परिवर्तनको घोषणा गरेको फेसबुकले केही घण्टामै अर्बौँ डलर गुमाउनुपरेको छ । शुक्रवार स्टक बजारमा उसको सेयर मूल्यमा ५ प्रतिशतसम्मको गिरावट आएको छ। जसका कारण फेसबुकले केही घण्टामै पुँजी बजारबाट करिब २.६१ लाख करोड रुपैयाँ (२५ अर्ब डलर) गुमाएको हो । फेसबुकले गत बिहीबार आफ्नो न्यूजफिड सर्भिसमा व्यापक परिवर्तन गरेको थियो । जुन फेसबुकले युजरका साथीको कन्टेन्टलाई धेरै ध्यान केन्द्रित हुने गरी परिवर्तन गरेको थियो । फेसबुकको न्युज फिडमा परिवर्तनको निर्णयले उसको खातामा ठुलो असर पार्ने अनुमान यसअघि नै गरिएको थियो । ...
साथी र आफन्तलाइ प्राथमिकतामा राख्न फेसबुकको नयाँ अपडेट
पुस २८ – फेसबुकले बिहिबार एक वृहत अपडेटको घोषणा गरेको छ जसले प्रयोगकर्ताको न्युज फिडमा फेसबुक पेज र सेलेब्रिटीभन्दा माथी साथी र आफन्तको अपडेटहरु देख्न पाइनेछ । साथै यसले प्रमुख सामाजिक संजालको रुपमा रहेको फेसबुकमा मानिसहरुले कम समय दिने संभावना देखिएको छ । न्युज फिड प्रोडक्ट व्यवस्थापक जोन हेजम्यानका अनुसार फेसबुकको यस्तो परिवर्तनले सामाजिक अन्र्तक्रिया र सम्बन्धलाइ थप उचाइमा पुर्याउने बताएका छ । यो निकै ठूलो परिवर्तन रहेको हेजम्यानले एएफपी लाई बताए । मानिसहरुले फेसबुकमा कम समय विताउने तर यसले प्रयोगकर्ताहरुले फेसबुकमा विताएको समय अत्यन्तै महत्वपूर्ण ...
नेपाल आजदेखि चिनिया बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा
काठमाडौं – नेपाल, आजदेखि चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा जोडिएको छ । नेपाल र चीनबीच बनेको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको उदघाटन भएसँगै नेपाल इन्टरनेटको अन्तराष्ट्रिय आवद्धतामा चीनसँग जोडिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘नेपाल टेलिकम र चाइना ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को औपचारिक उदघाटन गर्नुभएको छ । चीनसँग नेपाल इन्टरनेटमा जोडिएपछि अब इन्टरनेटमा समस्या नआउने वैद्यले जानकारी दिनुभयो । भारत र चीनसँगको इन्टरनेट आवद्धताले नेपाललाई इन्टरनेटको टा«न्सफर हव ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम