मुख्य समाचार

मलेसियाले कामदारका लागि नयाँ बिमा योजना ल्याउँदै
Malaysia bringing new insurance planning for workers

पुस १ -मलेसियाले विदेशी कामदारहरुलाई लक्षित गर्दै नयाँ स्वास्थ्य बिमा योजना ल्याउने तयारी गरेको छ । सरकारले ‘भिएजआइएस’ अर्थात् भोलुन्टरी हेल्थ ईन्सुरेन्स स्किम भनिने स्वास्थ्य बिमा योजना ल्याउन लागेको हो ।

विदेशी कामदारलाई लक्षित गरि ल्याउन लागिएको उक्त गैर लाभकारी स्वास्थ्य बिमा योजना मलेसियाली संसदको उपल्लो सभाले गत बिहीबार पारित गरेको हो । उक्त योजनाअन्तर्गत विदेशी कामदारले सस्तो शुल्कमा बिमा सेवा लिन सक्नेछन् ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उक्त बिमा योजना आगामी वर्षदेखि लागू हुनेछ । उसले विदेशी कामदारहरुका लागि ‘अनिवार्य स्वास्थ्य बिमा योजना’ लागू गर्न लागेको हो । मलेसियामा कार्यरत नेपाली लगायत सबै विदेशी कामदारले यसबाट लाभ लिन सक्नेछन् ।

‘निजी क्षेत्रले उपलब्ध गराउँदै आएको बिमा सेवा शुल्कको तुलनामा यो कम शुल्कमा उपलब्ध गराइने वैकिल्पक सुरुवाती पहल हो,’ स्वास्थ्यमन्त्री डा. एस सुब्रामानियमले भनेका छन्, ‘यस योजना विदेशी कामदारहरुका लागि आगामी वर्षदेखि लागू गरिनेछ ।’

सरकार आफैंले ल्याउन लागेको यो बिमा योजना निजी कम्पनीहरुबाट उपलब्ध भएको योजनाको तुलनामा सस्तो पर्ने भएकाले धेरै विदेशी कामदारहरुले लाभ लिने र उनीहरुको स्वास्थ्य सुरक्षामा टेवा पुग्ने विश्वास मलेसियाको छ । यद्यपी यसको कार्यान्वयन गर्नेबारे थप प्रक्रियाहरु निर्धारण हुन बाँकी नै छ ।

विदेश जाने कयौं नेपाली कामदारको स्वदेशमै स्वास्थ्य बिमा गर्ने भएपनि कयौंको म्याद गुज्रने गरेको समस्या छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार मलेसियामा मृत्यु हुनेमध्ये झण्डै आधाजसो विभिन्न कार्य क्षेत्रमा हुने दुर्घटना, सडक दुर्घटनाका कारण मृत्यु हुने एवं कयौं अंगभंग हुने गरेको देखिएको छ ।

विदेशमा अंगभंग हुँदा कतिपय बिमा दाबीसम्बन्धी पर्याप्त ज्ञान र प्रक्रियाबारे जानकारी नहुँदा उनीहरु बिमा प्राप्त गर्नबाट बञ्चित हुँदै आएका छन् । कतिपय रोजगारदाताको असहयोगका कारण पनि विदेशमा गरिने बिमाबाट बञ्चित हुने गरेका छन् ।

मलेसियामा यसअघि अक्टोबरमा आर्थिक वर्ष २०१८ को बजेट घोषणापत्रमा प्रधानमन्त्री नाजिव रजाकले स्वास्थ्य क्षेत्रको सुधार गर्न यस बिमा योजनालाई प्रवर्द्धन गर्न सवा अर्ब रुपैयाँ (५० मिलियन रिंगिट) छुट्याइएको घोषणा गरेका थिए । हाल ल्याउन लागिएको बिमासम्बन्धी यो नयाँ योजनाबाट विदेशी कामदारले निजी स्वास्थ्य संस्थामा उपचारका लागि व्यहोर्दै आएको आर्थिक भार कम हुने विश्वास मलेसियाको छ ।



source ; Ekantipurnews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ओमानको मस्कट फेस्टिबलमा नेपाली स्टल राखिने
माघ २ – ओमानको मस्कट फेस्टिबलमा नेपाली स्टल राखिने भएको छ । ओमान सरकारले बिहीबारबाट आयोजना गर्न लागेको फेस्टिबलमा नेपाली भेषभूषा, नेपाली पहिचान झल्काउने तथा हस्त निर्मित सामग्रीहरु प्रदशनमा राखिने ओमानस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासको सक्रियतामा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । स्टलमा राखिने सामग्री जुटाउन नेपाली दूतावास लागि परेको छ । नेपाली मौलिकता र सांस्कृतिक पहिचानलाई ओमान तथा अन्तर्राष्ट्रिय समुदायमा चिनाउन यो महत्वपूर्ण हुने भएकाले स्टल राख्न लागेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताउनुभयो । ओमानको अल–अमिरात पार्कमा बिहीबारबाट सुरु ...
​रक्सी चोर्दा मलेसियामा एक नेपालीलाई तीन महिना जेल
पुस २५ – मलेसियामा रक्सी चोरेको अभियोगमा एक नेपाली जेल परेका छन् । ४४ वर्षका विश्व सुवेदीलाई एक सुपरमार्केटबाट १३२ रिंगिट पर्ने दुई बोतल रक्सी चोरेको अभियोगमा मलेसियाको मजिष्ट्रेसट कोटले ३ महिनाको जेल सजाय सुनाएको स्थानीय अनलाइनले उल्लेख गरेको छ । क्वालालम्पुरस्थित सेतिवाङ्सामा रहेको एइयोन एयू २ सुपरमार्केटबाट ज्याकोब्स क्रिक सिराज रोज वाइनका दुई बोतल चोर्दा सुवेदी पुस ७ गते रंगेहात पक्राउ परेका थिए । दुई सन्तानका बुवा सुवेदी मलेसियामा ‘ओभर स्टे’ बसेकोमा समेत ३ महिनाको जेल सजाय पाएका छन् । पक्राउ परेको मितिदेखि नै ...
नेपाली वैज्ञानिकलाई अन्तर्राष्ट्रिय सम्मान
पुस २२ –नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ । सर्लाहीमा जन्मनुभएका कुशवाहा यसअघि सन् २०१६ मा ‘कालो चामलः अनुसन्धान, इतिहास र विकास’ नामक पुस्तक प्रकाशन गरी चर्चामा आउनुभएको थियो । हाल उहाँ भारतस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालय पंतनगरमा आनुवंशिकी र बाली प्रजनन विषयमा विद्यावारिधि गर्दैहुनुहुन्छ । कुशवाहाका हालसम्म चार दर्जनभन्दा बढी अनुसन्धानपत्र विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । उहाँले करिब एक दर्जन राष्ट्रिय र अन्तरराष्ट्रिय पुरस्कार पाइसक्नुभएको छ । केही समय पहिले ...
एकहप्ताको बीचमा अस्ट्रेलियामा तीन नेपालीको मृत्यु
पुस २१ –एकहप्ताको बीचमा तीन नेपालीको मृत्यु भएपछि त्यहाँ रहेका नेपालीहरुमा चिन्ता बढेको छ । अष्ट्रेलियाको सिड्नीमा एकसाताको अवधिमा एक विद्यार्थी, एक नर्स र एक वृद्ध महिलाको मृत्यु भएको हो । करिब एक साताअघि सिड्नीको न्युकासल क्षेत्रमा बस्ने सिड्नीको लिड्कममा बस्दै आएकी नेपाली विद्यार्थी अस्मिता रिजाल आफु बस्ने स्थानमा मृत भेटिएकी थिइन् । विद्यार्थी रिजालको मृत्यु भनिए पनि उनले आत्महत्या गरेको एनआरएनए अस्ट्रेलियाले जनाएको छ । यस घटनामाथि प्रहरीले अनुसन्धान जारी राखेको पनि जनाइएको छ । यसै गरी नेपाली नर्स तृप्ति पाण्डेको मृत्यु भएको थियो भने गत ...
खोटाङ सेवा समाज कतारले स्थापना दिवस मनाउने
पुस २०–– खोटाङ सेवा समाज कतारले आफ्नो गौरवसाली जिल्ला संस्थाको स्थापना दिवसको २१ औं बार्षिक उत्सव भब्यताका साथ मनाउने तयारी गरिरहेको सस्थाका महासचिव कैलाश श्रेष्ठले जानकारी दिएका छन् l स्थान र हल व्यवस्थापन गरिसकेको सस्थाले आगामी फेबुअरी २ तारिख २०१८ का दिन कतारको सनैय स्थित ग्रेन्ड मल पछाडि रहेको एमआरए (MRA ) रेस्टुरेन्टको सभा हलमा कार्यक्रम हुने तय गरिएको छ । कतारमा हाल स्थापित र सक्रिय सम्पूर्ण संघ संस्था तथा जिल्ला संस्थाहरु मध्ये सबैभन्दा जेष्ठ पहिलो सामाजिक सस्थाको रूपमा खोटाङ सेवा समाज रहेको छ l खोटाङ सेवा ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम