मुख्य समाचार

मेलिना राईको ‘दिलमा सजाउला’ सार्वजनिक
Melina Rai 'Dilma Sajaula' public

पुस ३० – गायिका मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार दिपेन्द्र थिङको संगीत रहेको ‘दिलमा सजाउला’ बोलको गीत सार्वजनिक भएको हो ।

लामो समयदेखि प्रतिक्षा गरिएको गीतको भिडियो शुक्रबार युटुबमा सार्वजनिक गरिएको हो ।सार्वजनिक गीतमा मेलिनासँगै गायक सुमन केसीको स्वर सुन्न सकिन्छ । गीत दिपेन्द्र खड्काले लेखेका हुन ।

गौरव गिरीको निर्देशन रहेको गीतको भिडियोमा मोडल पुष्पल खड्का र अस्मिता श्रेष्ठको अनस्कृन रोमान्स देख्न सकिन्छ ।यसअघि गायिका अन्जु पन्तसँग ओई माया गर्नेवालीसँग मा स्वर तथा संगीत दिएका थिंङको केहि दिनमै पहिलो नजर बोलको अर्को सांगीतिक कोशेली सार्वजनिक हुँदैछ ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को पोखरामा अडिसन
पोखरा-दोस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टको पहिलो अडिसन पोखरामा भएको छ। शनिबार पोखरामा भएको अडिसनमा कुल २८ जनाले सहभागिता जनाएका थिए। पोखरामा अर्कोपटक पनि अडिसन हुने आयोजक कम्पनी एपी इन्टरटेनमेन्टले जनाएको छ। अडिसनमा सहभागी जनाउनेहरुमध्ये पोखराबाट कुल २० जना प्रतिस्पर्धीहरुलाई कन्टेस्टका लागि फाइनल गरिने आयोजक कम्पनीका रबिन केसीले जानकारी दिए । पोखरामा भएको पहिलो चरणको अडिसनबाट छनौट हुने प्रतिस्पर्धीहरुको नाम भने एक साता पछि सार्वजनिक गरिने आयोजकले बताएको छ। आगामी साता बुटवलमा हुने अडिसनमा पोखरामा छनौट भएकाहरुको नामावली सार्वजनिक गरिने कम्पनीका निर्देशक सृष्टि आचार्यले बताईन्। त्यस लगत्तै काठमाण्डौमा ...
‘प्याडम्यान’ को प्रदर्शन मिति सर्यो
जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित चलचित्र ‘प्याडम्यान’को प्रदर्शन मिति हेरफेर भएको छ । प्रतिक्षित’पद्मावत’सँग प्रदर्शन हुँदा आफूलाई व्यापारिक रुपमा पनि घाटा हुने कुरालाई मध्यनजर राख्दै ‘प्याडम्यान‘ अघि सरेको छ।’प्याडम्यान’ अब फेब्रुअरी ९ मा प्रदर्शन हुने भएको हो । फेब्रुअरी ९ अर्थात माघ २६ मानेपाली युवा स्टार अनमोल केसी अभिनित चलचित्र ‘कृ’ प्रदर्शन हुँदैछ। अनमोल भर्सेस् अक्षकुमारको भिडन्त हुने पक्का भएको छ। नेपाली दर्शकमाझ ‘कृ’ पनि एकदमै प्रतिक्षित बनिरहेको र अक्षयकुमार पनि दरिलो नाम भएका कारण पनि यी ...
‘मिस्टर झोले’ ले ६ दिनमा कति कमायो ?
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर झोले’ निर्माण युनिटले ६ दिनमा २ करोड ४८ लाख माथिको व्यापार गरेको जानकारी दिएको छ । चलचित्र निर्माण युनिटले बिहीबार राजधानीमा पत्रकारहरुसँग सफलताको खुसियाली समेत मनाएको छ। निर्माता टेकेन खड्काले चलचित्रको कमाइ बाहिर ल्याएका हुन्। चलचित्रको पूर्ण लागत १ करोड ५३ लाख भएको समेत बताएइको छ । रामबाबु गुरुङ निर्देशित ‘मिस्टर झोले’मा दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्धी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ। रामबाबुकै कथा तथा लेखन रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायाँकन, निमेष ...
हलमा ‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’
बिहीबारबाट मोफसलका हलहरुमा प्रदर्शन भएका दुई नेपाली चलचित्र ‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’ले शुक्रवारबाट राजधानी भित्र प्रदर्शन सुरु गरेका छन् । ‘लालपुर्जा’ ले दुई दाजुभाइबीचको जग्गा अंशबन्डा झगडाको कथा बोल्छ भने ‘पिंजडा ब्याक अगेन’ ले पारिवारिक कथा बोल्छ । निगम श्रेष्ठ निर्देशित ‘लालपुर्जा’मा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर, हरिहर शर्मा, कामेश्वर चौरासिया, कमलमणी नेपाल, अनिल पाण्डे लगायतका कलाकारहरुको अभिनय छ । चर्चित लेखक कुमार नगरकोटी र नायिका सृष्टि श्रेष्ठ अतिथि भूमिकामा छन् । नेगेटिभ बुद्धको व्यानरमा निर्मित चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन, बिक्रमसिंह थारु र ...
फिल्म ‘ह्याप्पी डेज’ को प्रदर्शन मिति तय
फिल्म ‘ह्याप्पी डेज’ अन्तत: चैत १६ गते बाट प्रदर्शनमा आउने भएको छ । फिल्म ‘ह्याप्पी डेज’ निर्माण युनिटले तेस्रोपटक रिलिज तय गरेको हो । ह्याप्पी डेजको प्रदर्शन मिति मङ्सिर १५ बाट माघ १२ लाई सरेको थियो । तर माघ ११ मा बलिउडका दुई ठूला फिल्म ‘पद्मावत’ र ‘प्याडम्यान’ प्रदर्शन हुने भएपछि फिल्म पुन: एकपटक पर सरेको छ। अन्तत: फिल्म चैत १६ गते बाट प्रदर्शनमा आउने निर्देशक मिलन चाम्सले जानकारी दिए। फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु लगायतको अभिनय रहेको ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम