मुख्य समाचार

एनसेल मेला सम्पन्न
Ncell fair complete

काठमाडौं– एनसेल मेला २०७४ शनिवार सम्पन्न भएको छ । मेलाको अन्तिम दिन एनसेलले जाउलाखेल र ललितपुरमा कार्यक्रम आयोजना गरेको थियो।

एनसेलले पोखरा, विराटनगर र ललितपुरमा ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र द्रुतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन–फोरजीको अनुभव प्रदान गर्न मेला आयोजना गरेको जनाएको छ।

मेलामा ३ वटै शहरहरुमा दर्शक तथा आगन्तुकहरुले सहभागिता जनाइ गीत-संगीत र फोरजी थिममा आधारित गेमहरु लगायत विविध क्रियाकलापहरुबाट मनोरञ्जन लिएका थिए।

एनसेल मेला पुष ८ गते पोखराको प्रदर्शनी केन्द्र र नयाँबजारमा आयोजना गरिएको थियो । त्यस्तै पुष १५ गते विराटनगरको हाटखोलामा र पुष २९ गते ललितपुरको जावलाखेल फुटबल मैदानमा आयोजना गरिएको थियो।

मेलाको मुख्य आकर्षण कन्सर्ट रहेको थियो । मेलामा कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे) सहित सांगीतिक समुहहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

“एनसेल मेला २०७४ मा उत्साहजनक रुपमा सहभागी भई मेलालाई सफलबनाउनु भएकोमा हामी हाम्रा सबै ग्राहक तथा शुभचिन्तकहरु प्रतिआभारी छौं,” एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । “जुन उत्सुकताका साथ मेलामा आगन्तुकहरुले देशका २१ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको परीक्षण तथा अनुभव लिनु भयो यसले हामीलाई थप उर्जा दिएको छ।”

source; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मुग्लिन-नारायणगढ सडक विस्तार ३३ महिनामा पनि सकिएन
काठमाडौं : उपत्यका प्रवेशको लाइफलाइन मुग्लिन-नारायणगढ सडक विस्तारको काम निर्धारित समयमा पूरा नभएपछि चौथो पटक समय थप्नुपर्ने भएको छ। यो सडक विस्तारको काम हाल ७१ प्रतिशत मात्रै पूरा भएकाले अझै एक पटक सयम थप्नुपर्ने भएको हो। आगामी फेब्रुअरीमा चौथो पटक समय थपेर बाँकी काम गराउने तयारी सडक विभागले गरिरहेको छ। साढे दुई वर्षभित्रै विस्तारको काम पूरा गर्न ३३ महिना अगाडि सम्झौता भएको थियो। सडक निर्माणको ठेक्का लागेका दुई महिनामै (२०७२ वैशाखमा) गएको भूकम्प, सोही वर्षमा भएको नाकाबन्दी, निर्माण सामग्रीको अभाव, अन्तरनिकाय समन्वय अभाव, प्रतिकूल मौसमलगायत कारण ...
नेपालकै ठूलो अक्सिजन प्लान्ट सञ्चालनमा
नेपालगन्ज : नेपालगन्जमा देशकै ठूलो र अत्याधुनिक अक्सिजन ग्यास प्लान्ट सोमबारदेखि संचालनमा आएको छ । प्लान्टबाट दैनिक ४७ लिटर क्षमताका एक हजार सिलिण्डर अक्सिजन, १२ सय लिटर नाईट्रोजन र जिरो एयर ग्यास उत्पादन भइरहेको बताइएको छ । एच. ओ. अक्सिजन ईन्डस्ट्रिज प्रा.लिले संचालनमा ल्याएको करिब १० करोड रुपैयाँ लागतमा स्थापना गरिएको हो । प्लान्ट संचालनमा आएसँगै नारायणघाटदेखि पश्चिम क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाईट्रोजन ग्यास उपलब्ध हुने संचालकको भनाइ छ । जनसंख्याको बढ्दो चाप, बिरामीहरुको वृद्धि, उद्योग विस्तार, अस्पताल आदीको अध्ययन गरेर सुलभ तरिकाले ...
शेयर बजारसँगै कारोबार रकम पनि ओरालो
माघ ९ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ८ अंकले घटेको छ । अन्य बाहेकका सवै परिसूचक घटेपछि नेप्से मंगलबार ७ दशमलव ७६ विन्दुले घटेर १३ सय ९४ विन्दुको छेउमा आइपुगेको हो । मंगलबार सवैभन्दा धेरै बीमा समुह ८४ भन्दा धेरै अंकले घटेको छ । त्यसैगरि होटल समुह ५२, जलविद्युत झण्डै ३३, बैकिङ्ग ४, विकास बैक साढे ५ अंकले घटेको हो । अन्य समुह भने शुन्य दशमलव १२ अंकले बढेको छ । सोमबारभन्दा ७ करोड कम अर्थात २९ करोड भन्दा केही बढीको कारोबार भएको दिन मंगलबार ...
छ महिनामा ५९ अर्ब राजश्व संकलन
बीरगञ्ज – बिरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४–७५ को पछिल्लो ६ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ। इन्धन र सवारी साधनबाट मात्र रु २९ अर्ब ७४ करोड ३१ लाख ४० हजार राजश्व संकलन गरेको बीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए। चालु आर्थिक वर्षको पुस मसान्तसम्म बीरगञ्ज भन्सार कार्यालयले कुल राजश्वको आधाभन्दा बढी इन्धन र नयाँ सवारी साधनबाट उठाएको छ । कार्यालयले ६ महिनामा मात्रै भारतबाट नेपाल ...
करोडौं खर्चेका सडक गुणस्तरहीन
इलाम – इलाममा २८ करोड रुपैयाँको लगानीमा निर्माणाधीन २ महŒवपूर्ण सडकको काम ‘गुणस्तरीहीन’ भइरहेको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधिले ठूलो रकम खर्चेका सडकको काममा व्यापक लापरबाही गरिएको भन्दै विरोध जनाएका छन्। १९.०२३ किलोमिटरको फिक्कल–गुप्ती–नयाँबजार तथा इलाम नगरपालिका–दुधाङ–सोयाङ–नयाँबजारका बेग्लाबेग्लै दुई सडकको काममा लापर्बाही भइरहेको जनप्रतिनिधिको अनुुगमन टोलीले जनाएको हो । दुवै सडकमा स्टिमेटअनुसार काम नभएको, स्टिमेटमा भएअनुसार मापदण्ड पूरा नगरी सामग्री प्रयोग गरिरहेको, तोकिएको स्थानभन्दा जताततै खनेको र काम गरिनसक्दै सडक भत्किन थालेको उनीहरूले बताएका छन्। सूर्याेदय नगरपालिकाको फिक्कलदेखि माइजोगमाई गाउँपालिकाको नयाँबजार जोड्ने निर्माणाधीन फिक्कल–गुप्ती–नयाँबजार सडकमा ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम