मुख्य समाचार

स्कर्पियो दुर्घटनामा एकको मृत्यु, एक घाइते
One died in accident, One injured

धादिङ – त्रिभुवन राजपथ अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं ५ दामेचाैरमा स्कर्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

चितवनबाट काठमाडौँ तर्फ जाँदै गरेको बा १६ च ८७७३ नम्बरको स्कर्पियो शनिबार अनियन्त्रित भइ पल्टिँदा चितवन रत्ननगरपालिका ७ का ३८ वर्षीय चालक भाजुराम महतोको मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार उक्त जिप सडकबाट झण्डै ८ सय मिटर तल खसेको थियो । दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया खिम कुमारी महतो घाइते भएकी छिन् । घाइते महतोको धार्के स्थित स्थानीय अस्पतालमा उपचारमा भइरहेको छ ।

source; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
जीपको ठक्करले वृद्धाको मृत्यु
विर्तामोर्ड : झापामा जीपको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारकै क्रममा मृत्यु भएको छ । शुक्रबार बेलुका विर्तामोडबाट ईलामतर्फ जादै गरेको २५९४ नम्बरको बोलेरो जीपको ठक्करबाट घाइते भएकी मेचीनगर नगरपालिका –१२ निवासी ८२ वर्षीया पवित्रा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाटो काट्नेक्रममा जीपको ठक्करबाट गम्भिर घाइते भएकी श्रेष्ठको विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारै क्रममा मृत्यु भएको हो । वृद्धालाई ठक्कर दिएर फरार भएको जीप र चालकको खोजी कार्य तिव्र पारिएको प्रहरीको भनाइ छ । source; annapurnanews.com
२३ सय लिटर अवैध घरेलु मदिरा नष्ट
नुवाकोट : नुवाकोट प्रहरीले एक महिनादेखि सञ्चालन गरेको अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्र्तगत नुवाकोटका विभिन्न स्थानमा मदिरा नियन्त्रणमा लिने काम भइरहेको छ । हालसम्म नुवाकोट प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको तीन हजार चार सय ८२ लिटर घरेलु मदिरा नियन्त्रण गरि नष्ट गरिसकेको छ । नुवाकोट प्रहरीले शुक्रबार मात्रै विभिन्न स्थानबाट नियन्त्रणमा लिएको दुई हजार तीन सय ३२ लिटर मदिरा विदुरमा नष्ट गरेको हो । अवैध मदिरा उत्पादन, ओसारपसार र विक्री वितरण निरुत्साहित गरि समाजमा आपराधिक घटना नियन्त्रण गर्ने उदेश्यले अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय ...
तरकारीमा रसायनिक विषादी भेटिए कारवाही
माघ ६ – झापाको विर्तामोडमा स्थापित विषादी मापन प्रयोगशाला सञ्चालनको कार्यविधि तयार भएको छ । कार्यविधिमा तरकारीमा रसायनिक विषादी भेटिए बजार समितिले प्रशासनको सहयोग लिएर कारवाही अगाडि बढाउन अनुमति दिएको विर्तामोड नगरपालिकामा कार्यरत बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले जानकारी दिनुभयो । गत जेठ महिनादेखि झापाको विर्तामोडस्थित कृषि उपज बजारमा तरकारीमा रसायनिक विषादी मापन गर्ने प्रयोगशाला राखेपनि कार्यविधि नभएपछि कृषि उपज बजारमा बिक्रीका लागि राखिएका सागसब्जिमा विषादी भेटिएमा कसलाई के कारवाही गर्ने भन्ने अन्यौले थियो । तर कार्यबिधि तयार भएपछि अब तरकारीमा रसायनिक विषादी अत्याधिक प्रयोग भएको भेटिए ...
परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’
माघ ६ –यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन् । पहिले वाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकामा अरु अञ्चल कार्यालयबाट समेत सेवा शुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताउनुभयो । विभागको अहिलेको क्षमताअनुसार सेवाग्राहीले परीक्षा पास गरेको छ महिना पछि कार्ड पाउन सक्छन् । विभागले छापेको कार्ड अञ्चल कार्यालयले वितरण गर्दै आएका छन् । अरु अञ्चल कार्यालयमा गत असारबाट सेवा शुरु भएको थियो । ...
भाइरल पत्ता लगाउन नमूना संकलन
माघ ६ – हाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ४५८ जनाको उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सन्डु शेर्पासहितको टोलीले आइतबारदेखि शुक्रबारसम्म गरी ४५८ जनाको उपचार गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित क्षेत्रमा पुगेको ¥यापिड रेसपोन्स टिमका सम्पर्क व्यक्ति स्वास्थ्य सहायक कुमार केसीले बिरामीको अवस्था सुधारोन्मुख रहेको जानकारी दिनुभयो । अहिले घरघरमा पुगेर बिरामीको अवस्था बुझ्ने काम भइरहेको छ । शुरुमा बालबालिका बढी प्रभावित भएको भाइरलबाट अहिले अभिभावक बढी प्रभावित बनेका छन् । नब्बे प्रतिशत अभिभावक प्रभावित बनेको पाइएको स्वास्थ्य सहायक ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम