मुख्य समाचार

आगोले जलेर एक घाइते
One injured by burning in fire

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका ४ पोठियाका अब्दुल पासवानकी श्रीमती २० वर्षीय यशोदा पासवान आगोले जलेर गम्भीर घाइते भएकी छन्। इलाका प्रहरी कार्यालय नेमुवाका अनुसार जाडो भगाउन घुर बालेर आगो ताप्ने क्रममा सलबाट यशोदाको शरीरमा शनिबार साँझ ७ बजे आगो सल्किएको थियो। प्रहरी नायव निरीक्षक टंक कोइरालाका अनुसार आगोले उनको कम्मरमुनीको भाग जलेको छ। यशोदालाई नोवेल मेडिकल कलेजमा भर्ना गरिए पनि उपचार सम्भव नभएपछि राति नै थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ।

त्यस्तै मोरङको बेलबारी नगरपालिका ९ भक्का चोकका ५४ वर्षीय ईश्वरचन्द्र विश्वासको घरमा शनिबार राति आगलागी भएको छ। आगलागीबाट भान्सा घर तथा गाई गोठ पूर्ण रुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालका अनुसार राति ९ बजेतिर बालेको घुरबाट लागेको आगोले भान्छा कोठा, गोठ, पराल, र फर्निचरसमेत जल्दा दुई लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ। प्रहरी र स्थानियबासीको सहयोगमा आयो नियन्त्रणमा लिइएको थियो।

source; annapurnanews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, दुई घर जले
ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार अपरान्ह भएको आगलागीमा २ घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार एकै परिवारका दुई दाजुभाई फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइन स्थित डिकहादुर खवास र दिलबहादुर खवासको घर जलेर नष्ट भएको हो। अहिले फुङलिङ नगरपालिको दकमल, नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन्। प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगो नियन्त्रण उन्मुख रहेको बताए। अगलागीको कारण खुलेको छैन। कुनै मानवीय क्षति नभएपनि आगो पूर्ण नियन्त्रणमा आउन केहि समय लाग्ने प्रहरीले बताएको छ। source; ...
पासपोर्ट भएका नेपालीको संख्या ५१ लाख
माघ ९ – डिसेम्बर २०१० देखि २०१७ सम्ममा ५१ लाख ५७ हजार ८ सय २६ नेपालीले राहदानी (पासपोर्ट) लिएको राहदानी विभागले बताएको छ । विभागले २०१० देखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । राहदानी लिनेमा ४० लाखले वैदेशिक रोजगारीका लागि उक्त राहदानी लिएका छन् । यकिन तथ्यांक नभएपनि श्रम स्विकृती लिएर विदेश जानेको संख्या ४० लाख रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठले बताए । त्यसैगरी अध्ययनका लागि जाने विद्यार्थीको संख्या करिब ३ लाख छ । नो अब्जेक्सन लेटर (अध्ययन अनुमति) लिने विद्यार्थी संख्यालाई ...
क्यान्सरपीडित बञ्जाडेलाई ३ लाख सहयोग
माघ ९ – चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचाररत अर्घाखाँची, भूमिकास्थान नगरपालिका-४ सानाऔवलका अमर बञ्जाडेलाई युनाइटेड अरब इमिरेट्स (यूएई)मा कार्यरत नेपालीहरूले ३ लाख ३ हजार १८६ रूपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । अर्घाखाँची सम्पर्क समिति यूएई र श्री शान्ति उच्च मावि भूतपूर्व विद्यार्थी संघको पहलमा रकम संकलन गरिएको थियो । आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएपछि अमरले सहयोगका लागि आह्वान गरेका थिए । source; nepaljapan.com
सत्तरी वर्षमा लाइसेन्स
काठमाडौं : सूर्यविनायक नगरपालिकाका–७ गुण्डुका पूर्णबहादुर बस्नेतले ७० वर्षको उमेरमा स्कुटर चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका छन् । आइतबारै लिखित परीक्षा उत्तीर्ण गरेका बस्नेतले मंगलबार प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गरे । प्रतिनिधिसभा सदस्य महेश बस्नेतका पिता पूर्णबहादुरले ३९ वर्षदेखि साइकल चलाउँदै आएका थिए । दुई वर्षअघि नातिनीको स्कुटर चलाउन थालेका उनले अब स्कुटरमा श्रीमतीलाई राखेर धार्मिक मठमन्दिरमा जान सजिलो भएको बताए । कुनै घटना भइहाले पूर्वमन्त्री एवं सांसदका बाबुले लाइसेन्सबिनै स्कुटी चलाएको खबर आउने भनेर छोराले सुझाएपछि लाइसेन्स परीक्षामा सहभागी भएको उनको भनाइ थियो । source; annapurnanews.com
रौतहटमा ८ वर्षीय बालकको बिभत्स हत्या : तीन पक्राउ
रौतहट : राजपुर नगरपालिकाको बैरीया बलुवाटोलमा एक बालकको बिभत्स हत्या भएको छ। मंगलबार बिहान बालवाटोलका ८ वर्षीय मफजुल देवानको घाटी काटेर हत्या भएको स्थानीयले बताएका छन्। स्थानीयले बिहान ११ बजेतिर गाउँ नजिकैको बगैंचामा बालकको शव भेटेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले बालक हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। बालक हत्या घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजकुमार दानीले जानकारी दिए। source; annapurnanews.com
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम