मुख्य समाचार

बैंक नहुँदा स्थानीय तहमा समस्या
Problem in Local level due to no bank

तानसेन : पाल्पाका सवै स्थानीयतहमा वैकिङ सुविधा नहुदा गाउँपालिकाको दैनिक कामकाज संचालनमा कठिनाई भएको छ। गाउँपालिकाको केन्द्र आसपासमा बैकहरुको पहुच नहुदा दैनिक रुपमा गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु लाई काम गर्न असहज भएको हो। सदरमुकाम तानसेनमा वैकहरु दिनहु थपिदै गएका छन तर गाउँ गाउँमा भने कुनै वैकले पनि सहज रुपमा कारोवारको ईच्छा देखाएका छैनन। सरकारले सवै कारोवार वैकिङ प्रणाली बाट गर्न निर्देशन दिएपनि वैकहरु हालका गाउँपालिकाका केन्द्रमा पुग्न नसक्दा कारोवारमा समस्या भएको हो।

पाल्पामा १० वटा स्थानीय निकाय मध्ये तानसेन नगरपालिका, रामपुर नगरपालिकामा सहज रुपमा वैकिङ सुविधा रहेको छ। पाल्पाका ८ वटा गाउँपालिका, बगनासकाली गाउँपालिका रिव्दिकोट गाउँपालिकामा, निस्दि गाउँपालिका, पुर्वखोला गाउँपालिका, माथाँगढी गाउँपालिका, तिनाउँ गाउँपालिका, रम्भा गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकामा वैकंहरु पुग्न सकेका छैनन।

सदरमुकाम तानसेनमा मात्र सरकारी स्तरका राष्ट्रिय वाणिज्य बैक, नेपाल बैक लिमिटेड, कृषि विकास बैक संचालनमा रहेका छन भने निजि स्तरका वाणिज्य बैकहरुमा, हिमालयन बैक, नेपाल एसविआई वैक, जनता वैक, सिद्धार्थ बैक, प्रभु वैक, मेगा वैक, माछापुच्छे वैक, एनआईसी एसिया वैक, एनएमवी वैकहरु संचालनमा रहेको छन।

सरकारी कारोवारको ९० प्रतिशत आर्थिक गतिविधी राष्ट्रिय बाणिज्य बैक मार्फत हुदै आएको छ। सरकारी कर्मचारीको तलव भत्ता, विकास निर्माणका बजेट, सरकारी राजश्व संकलन राष्ट्रिय बाणिज्य बैक मार्फत हुदै आएको छ। जसको कारण गाउँपालिकामा संकलन हुने दैनिक राजश्व रकम दाखिला गर्न समेत दिनहुजसो सदरमुकाम तानसेन धाउनु परेका वडा कार्यालयका सचिवहरुले बताए।

पाल्पाको अति विकट निस्दी गाउँपालिकामा ईमेल ईन्टरनेटको टाढैको विषय भयो, विधुत सेवा समेत पुगेको छैन, सरकारले सवै आर्थिक कारोवार वैक मार्फत गर्नु पर्दछ, सवै वडा कार्यालयका खाता सदरमुकाम तानसेनका वैकहरुमा छन, सवै किसिमका सरकारी कारोवार गर्न सदरमुकाम तानसेन धाउनु परेको निस्दि गाउँपालिकाकी अध्यक्ष मुक्तबहादुर सारुले बताए।

रम्भागाउँपालिका केन्द्र खोकखोलामा कुनैपनि वैक नभएको र आजसम्म बैक संचालनको लागी सोधखोज गर्न समेत कुनै वैक नआएको कार्यकारी अधिकृत कृष्ण प्रसाद ढकालले बताए। केन्द्रमा वैक नहुदा आर्थिक कारोवार तानसेनका बैकमा निर्भर रहनु परेको छ। सवै वडाका खाताहरु तानसेनको राष्ट्रिय वाणिज्य बैकमा खोलिएको छ वडामा संकलन भएको राजश्व जम्मा गर्न दिनहु तानसेन पुग्नु पर्ने समस्याले वडा सचिवहरु काम गर्न कठिनाई भएको कार्यकारी अधिकृत ढकालले बताए। केन्द्रमा इन्टरनेट नहुदा कार्यालयको दैनिक कामकाज गर्न समेत कठिनाई भएको उनले बताए। जिल्ला समन्वय समिती पाल्पाका समन्वय अधिकारी रामप्रसाद पाण्डेले अहिले सम्म गाउँपालिकाको केन्द्रमा बैक संचालनको विषयमा मन्त्रालय तथा राष्ट्रबैक बाट कुनै परिपत्र जानकारी नआएको बताए।

गाउँपालिकामा अझै सम्म पुर्वाधारको विकास नभएको, बैक कार्यालय संचालन गर्ने भवन नभएको, यातायातको सहज पहुच नभएको, आवश्यक सुरक्षा व्यबस्था नभएकोले विधुत, ईन्टरनेट, यातायात, आवश्यक सुरक्षाको भरपर्दो व्यबस्था नहुदा सम्म गाउँपालिकाक केन्द्रमा कारोवार गर्न नसकिने वैकहरुले अडान राख्दै आएका छन। राष्ट्रिय वाणिज्य बैक लगायतका क बर्गका बैकहरुले बैकहरु पुग्ने पुर्वाधार गाउँपालिका सम्म नपुगेको कारण सदरमुकाम मात्र खुम्चिुन परेको बताएका छन्।

source; annapurnanews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मुग्लिन-नारायणगढ सडक विस्तार ३३ महिनामा पनि सकिएन
काठमाडौं : उपत्यका प्रवेशको लाइफलाइन मुग्लिन-नारायणगढ सडक विस्तारको काम निर्धारित समयमा पूरा नभएपछि चौथो पटक समय थप्नुपर्ने भएको छ। यो सडक विस्तारको काम हाल ७१ प्रतिशत मात्रै पूरा भएकाले अझै एक पटक सयम थप्नुपर्ने भएको हो। आगामी फेब्रुअरीमा चौथो पटक समय थपेर बाँकी काम गराउने तयारी सडक विभागले गरिरहेको छ। साढे दुई वर्षभित्रै विस्तारको काम पूरा गर्न ३३ महिना अगाडि सम्झौता भएको थियो। सडक निर्माणको ठेक्का लागेका दुई महिनामै (२०७२ वैशाखमा) गएको भूकम्प, सोही वर्षमा भएको नाकाबन्दी, निर्माण सामग्रीको अभाव, अन्तरनिकाय समन्वय अभाव, प्रतिकूल मौसमलगायत कारण ...
नेपालकै ठूलो अक्सिजन प्लान्ट सञ्चालनमा
नेपालगन्ज : नेपालगन्जमा देशकै ठूलो र अत्याधुनिक अक्सिजन ग्यास प्लान्ट सोमबारदेखि संचालनमा आएको छ । प्लान्टबाट दैनिक ४७ लिटर क्षमताका एक हजार सिलिण्डर अक्सिजन, १२ सय लिटर नाईट्रोजन र जिरो एयर ग्यास उत्पादन भइरहेको बताइएको छ । एच. ओ. अक्सिजन ईन्डस्ट्रिज प्रा.लिले संचालनमा ल्याएको करिब १० करोड रुपैयाँ लागतमा स्थापना गरिएको हो । प्लान्ट संचालनमा आएसँगै नारायणघाटदेखि पश्चिम क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाईट्रोजन ग्यास उपलब्ध हुने संचालकको भनाइ छ । जनसंख्याको बढ्दो चाप, बिरामीहरुको वृद्धि, उद्योग विस्तार, अस्पताल आदीको अध्ययन गरेर सुलभ तरिकाले ...
शेयर बजारसँगै कारोबार रकम पनि ओरालो
माघ ९ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ८ अंकले घटेको छ । अन्य बाहेकका सवै परिसूचक घटेपछि नेप्से मंगलबार ७ दशमलव ७६ विन्दुले घटेर १३ सय ९४ विन्दुको छेउमा आइपुगेको हो । मंगलबार सवैभन्दा धेरै बीमा समुह ८४ भन्दा धेरै अंकले घटेको छ । त्यसैगरि होटल समुह ५२, जलविद्युत झण्डै ३३, बैकिङ्ग ४, विकास बैक साढे ५ अंकले घटेको हो । अन्य समुह भने शुन्य दशमलव १२ अंकले बढेको छ । सोमबारभन्दा ७ करोड कम अर्थात २९ करोड भन्दा केही बढीको कारोबार भएको दिन मंगलबार ...
छ महिनामा ५९ अर्ब राजश्व संकलन
बीरगञ्ज – बिरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४–७५ को पछिल्लो ६ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ। इन्धन र सवारी साधनबाट मात्र रु २९ अर्ब ७४ करोड ३१ लाख ४० हजार राजश्व संकलन गरेको बीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए। चालु आर्थिक वर्षको पुस मसान्तसम्म बीरगञ्ज भन्सार कार्यालयले कुल राजश्वको आधाभन्दा बढी इन्धन र नयाँ सवारी साधनबाट उठाएको छ । कार्यालयले ६ महिनामा मात्रै भारतबाट नेपाल ...
करोडौं खर्चेका सडक गुणस्तरहीन
इलाम – इलाममा २८ करोड रुपैयाँको लगानीमा निर्माणाधीन २ महŒवपूर्ण सडकको काम ‘गुणस्तरीहीन’ भइरहेको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधिले ठूलो रकम खर्चेका सडकको काममा व्यापक लापरबाही गरिएको भन्दै विरोध जनाएका छन्। १९.०२३ किलोमिटरको फिक्कल–गुप्ती–नयाँबजार तथा इलाम नगरपालिका–दुधाङ–सोयाङ–नयाँबजारका बेग्लाबेग्लै दुई सडकको काममा लापर्बाही भइरहेको जनप्रतिनिधिको अनुुगमन टोलीले जनाएको हो । दुवै सडकमा स्टिमेटअनुसार काम नभएको, स्टिमेटमा भएअनुसार मापदण्ड पूरा नगरी सामग्री प्रयोग गरिरहेको, तोकिएको स्थानभन्दा जताततै खनेको र काम गरिनसक्दै सडक भत्किन थालेको उनीहरूले बताएका छन्। सूर्याेदय नगरपालिकाको फिक्कलदेखि माइजोगमाई गाउँपालिकाको नयाँबजार जोड्ने निर्माणाधीन फिक्कल–गुप्ती–नयाँबजार सडकमा ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम