मुख्य समाचार

हूस्सूका कारण रेल तथा हवाई सेवा अवरुद्ध
Rail and Air service blocked due to fog

पुस २६ – बाक्लो हुस्सुका कारण भारतको राजधानी नयाँ दिल्लीमा रेल तथा हवाई सेवा अवरुद्ध भएकाे छ ।

गत सातादेखि लागेको बाक्लो हूस्सूको कारण बुधबार ६५ रेल सेवा प्रभावित भएका छन् । त्यसमध्ये २२ रेल सेवामा ढिलाई गरिएको थियो भने ४० स्थगित गरिएको थियो ।

भारतको राजधानी नयाँ दिल्ली र यस वरपरका क्षेत्रमा लागेको बाक्लो हूस्सूको मात्रा नघटेको तथा अझै बढ्दै गएका कारण विमान तथा रेल सेवा अवरुद्ध भएको अधिकारीहरुको दाबी छ ।

गत सातादेखि लागेको हुस्सुको मात्रा अझै पनि घट्न सकेको छैन । हुस्सुका कारण भारतको इन्दिरा गान्धी विमानस्थलका विमान सेवा तथा विभिन्न रेल सेवा अवरुद्ध हुन पुगेका छन् ।

मौसमविद्हरुका अनुसार नयाँ दिल्लीमा तापक्रमको मात्रा तथा हुस्सुको मात्रामा थपघट भइरहेको छ । भारतमा डिसेम्बर र जनवरीमा हुस्सु निरन्तरमा लाग्ने गरेको छ ।

सवारी दुर्घटना हुन सक्ने जोखिमका कारण सेवा अवरुद्ध गरिएको हो ।

source; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
विमानस्थलमा आक्रमण हुँदा २० को मृत्यु
माघ २ – लिबियाको एक मात्रै अन्र्तर्राष्ट्रिय विमानस्थल मिटिगामा आक्रमण हुँदा २० जनाको मृत्यु भएको छ। आक्रमणमा ६ विमानमा क्षति पुगेको छ । लिबियाका स्वास्थ्यमन्त्रीले दुर्घटनाबारे सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् । उक्त आक्रमण इस्लामिक स्टेटले गराएको सरकारले दाबी गरेको छ । इस्लामिक स्टेकका लडाकूहरूले जेलमा रहेका आफ्ना समर्थकहरूलाई सरकारले बिना सर्त रिहा गर्नुपर्ने माग राख्दै विमानस्थलमा आक्रमण गरेपश्चात् सरकार तथा लडाकूबीच दोहोरो भिडन्त भएको थियो । विमानस्थलमा भएको उक्त आक्रमण पश्चात् सरकारले विमानस्थल खाली बनाउनका लागि निर्देशन दिएको छ ।घटनाबारे अनुसन्धान ...
श्रीलंकामा महिलाले रक्सी किन्न नपाउने
माघ १ – श्रीलंकामा महिलाले रक्सी किन्न नपाउने भएका छन् । पुरुष सरह महिलाले पनि रक्सी किन्न पाउने गरी बनेको कानुन राष्ट्रपति मैत्रिपाला सिरिसेनाले निष्क्रिय घोषणा गरेसँगै महिलाले रक्सी किन्न नपाउने भएका हुन् । यसअघि सरकारले महिलाले पनि पुरुषले सरह रक्सी किन्न पाउने गरी नियम ल्याएको थियो । तर राष्ट्रपति सिरिसेनाले त्यो नियम फिर्ता लिन सरकारलाई निर्देशन दिनुभएको छ । नयाँ नियममा महिलालो बारमा काम गर्न पाउने व्यवस्था पनि गरिएको थियो । तर अब महिलाले स्वीकृति बिना बारमा काम गर्न पाउने छैनन् । राष्ट्रपति सिरिसेनाले नयाँ नियमका ...
भूकम्पका कारण पेरूमा दुईको मृत्यु
माघ १ - पेरुको सामुद्रिक क्षेत्रमा आइतबार गएको भूकम्पमा परी दुईजनाको मृत्यु भएको छ। भूकम्पका कारण खानी भत्किँदा केही कामदार खानीभित्र पुरिएको आशङ्का गरिएको छ । खानीमा काम गर्ने दुई जनाको मृत्यु भएको हाे भने १७ जना भूकम्पपछि सम्पर्कमा नआएको पेरुका स्वास्थ्यमन्त्रीले बताएका छन् । आइतबार पेरुमा ७‌. ‍२ म्याग्निच्युडकोे भुकम्प गएको अमेरिकी भूगर्भ विभाग ९ यूएसजिएसले जनाएको थियो । भूकम्पपछि पेरुका केही भाग तथा छिमेकी राष्ट्र चिलीमा सुनामी आउनसक्ने भनी चेतावनी दिइएको भएपनि केही समयपछि उक्त चेतावनीलाई खारेज गरिएको छ । भूकम्पको केन्द्रविन्दु पेरुको अकारीबाट ४२ किलोमिटर ...
आगलागीमा एक परिवारको पाँच जनाको मृत्यु
पुस ३० –भारतको जयपुर सरहको विधानगर क्षेत्रमा एक आवासिय भवनमा शनिवार भएको एक आगलागीमा परी एकै परिवारको पाँच जनाको मृत्यु भएको छ । ग्यास सिलिण्डर पड्किएर सो आगलागी भएको बताइएको छ । यस आगलागीको समाचार प्राप्त भएपछि आग्राको भ्रमणमा रहेका परिवार तीन सदस्य पनि जयपुर फर्किएका बताएको छ । source; nepaljapan.com
क्यालिफोर्नियामा पहिरोमा परी १९ को मृत्यु
पुष ३० –अमेरिकाको क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ। उद्वारकर्ताहरुले पहिरो गएको ठाउमा अझैपनि खोजीकार्य जारी राखेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। बेला बेलामा मौसममा बदली भईरहेकाले उद्धारकार्यमा कठिनाई भईरहेको छ। पहिरोमा परी अहिले पनि ५ जना हराईरहेका छन् ।अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भारी बर्षापछिको कडा हावाको कारण क्षति भएको बताइएको छ। पहिलोका कारण ६५ ओटा घर क्षतीग्रस्त भएका छन् भने अरु ४६२ ओटा घरमा दिर्घकालिन असर परेको छ। source; nagariknews.com
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम