मुख्य समाचार

ला लिगा फुटबलमा रियल मड्रिड पराजित
Real Madrid defeated in La Liga Football

पुष ३० – रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलसँग पराजित भएको छ। लिगमा पछिल्लो समय खराब प्रदर्शन गर्दै आएको रियल शनिबार राति आफ्नै मैदानमा सम्पन्न खेलमा भिल्लारियलसँग १–० ले स्तब्ध भएको हो।

भिल्लारियलको जितमा खेलको ८७ औं मिनेटमा पाब्लो फोर्नाल्सले कर्नर किकमा गरेको गोल नै निर्णयक बन्यो। खेल अवधिभर रियल मड्रिडले गोल गर्ने केहि सुन्दर मौका बनाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो। रियलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेलले पाएका केहि अवसरलाई जाली चुमाउन असमर्थ रहे।

पराजित भएको रियल १८ खेलबाट ३२ अंकसहित लिगको चौथो स्थानमा छ । ३१ अंक सहित भिल्लारियल पाँचौं स्थानमा छ । हारसँगै रियल मड्रिड शीर्ष स्थानको बार्सिलोना भन्दा १६ अंकले पछि रहेको छ । १९ खेलबाट ४२ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ।

एथ्लेटिको मड्रिडले राति सम्पन्न खेलमा केभिन गमैरियोको निर्णायक गोलमा एइबरलाई १–० ले हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ। जितसँगै एथ्लेटिकको मड्रिडले पहिलो स्थानको बार्सिलोना भन्दा ६ अंकले मात्र पछि परेको छ। शिर्ष स्थानको बार्सिलोनाको १८ खेलबाट ४८ अंक छ । त्यस्तै तेस्रो स्थानको भ्यालेन्सियाको १९ खेलबाट ४० अंक छ।

यता रातिनै सम्पन्न अन्य खेलमा जिरोनाले लास पालमसलाई ६–० को फराकिलमे गेलअन्तरले हराउदा भ्यालेन्सियाले डिप्रोटिभो डि ला कोरुनामाथी २–१ ले जित निकाल्यो।

source; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी विश्वकप छनोटको खेल तालिका सार्वजनिक
माघ ३ – आईसीसी विश्वकप क्रिकेट छनोट २०१८ को खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार सन् २०१९ मा हुने विश्वकप क्रिकेटको लागि यहि बर्ष हुने छनोट खेलको तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार छनोट प्रतियोगिता मार्च १ तारिखदेखि २५ मार्चसम्म हुनेछ । छनोट खेलको समूह ए मा टेष्ट राष्ट्र वेष्ट इण्डिजसँगै आयरल्याण्ड, नेदरल्याण्ड पपुवा न्युगिनी रहेका छन् । त्यस्तै, यसै समुहमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को विजेता रहने छ । समूह वि मा अफगानिस्तान, टेष्ट राष्ट्र जिम्बाब्वे, स्कटल्याण्ड र ...
बूढासुब्बा गोल्डकपमा १० टोली
धरान : २० औं अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा रेड बुल गोल्डकप फुटबल प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। यही महिनाको तेस्रो साताबाट धरान रंगशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालका ए डिभिजनका टोलीसहित भारत र बंगलादेशका क्लबले समेत सहभागिता जनाउने जनाइएको छ। प्रतियोगितामा साबिक विजेता नेपाल पुलिससहित मनाङ मस्र्याङदी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, संकटा क्लब, सुदूरपश्चिम ११ र आयोजक धरान फुटबल क्लबको सहभागिता रहनेछ। यस्तै प्रतियोगितामा बंगलादेशको धनमुन्डी क्लब र भारतबाट एक टोली सहभागी हुनेछन्। भारतबाट गरिफा फुटबल क्लब वा यू-१९ राष्ट्रिय टोलीमध्ये ...
लक्ष्य पूरा भएको जानकारी
काठमाडौं – दृष्टिविहीन नेपाली क्रिकेट टोलीका लागि सहयोग अभियान थालेको नेपाल क्रिकेट समर्थक समाजले मंगलबार आफ्नो लक्ष्य पूरा भएको जनाएको छ। ‘जाँदा ट्रेनमा, फर्कंदा प्लेनमा’ नारा दिएर अभियान थालेको समर्थक समाजले मंगलबार साँझसम्म ६ लाख १२ हजार ४ सय ३३ रुपैयाँ रकम संकलन भइसकेको जनाएको छ । उसले ५० देखि ६० हजार रुपैयाँ रकम दिने घोषणा भए पनि संकलन हुन बाँकी रहेको जनाएको छ । भारतको दिल्ली, अमृतसार हुँदै पाकिस्तानको लाहोरमा प्रतियोगिता खेलेर बाँकी खेलका लागि दुबई पुगेको दृष्टिविहीन टोली अब फ्लाई दुबईबाट सीधै काठमाडौं फर्कने भएको ...
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु
भीमदत्तनगर – कञ्चनपुरको भीमदत्तनगरमा ‘३९औँ राष्ट्रिय खेलकुद परिषद् ब्याडमिन्टन च्याम्पियनसिप’ प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ। जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पछिल्ला वर्षमा नेपाली खेलाडीले उपाधि जित्न सफल भइरहेको र आगामी दिनमा खेलाडी उत्पादनमा थप पहल गरिने जानकारी दिए। “विभागीय टोलीले खेलका लागि महत्वपूर्ण वातावरण बनाएका छन्” उनले भने, “दक्ष र शैक्षिक योग्यता पुगेका खेलाडीलाई विभागलाई पदोन्नतिमा पनि ध्यान दिन आग्रह गर्छु।” समारोहमा ब्याडमिन्टनका पूर्व खेलाडी क्षेत्रज्ञनारायण खत्री र ब्याडमिन्टनका राष्ट्रिय खेलाडी दीपेश ...
भारतीय क्रिकेट कप्तान कोहलीलाई जरिवाना
माघ २ –भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसिसीले कारबाही गरेको छ । दक्षिण अफ्रिकासँगको दोस्रो टेष्ट क्रिकेटमा कोहलीले रेफ्री माइकल गाउफलाई खेल भावना विपरित व्यवहार देखाएको पुष्टि गर्दै आइसिसीले कोहलीको दोस्रो टेष्टको पारिश्रमिकबाट २५ प्रतिशत जरिवाना तिराउने र कोहलीको १ अंक घटाउने निर्णय गरेको हो । पानी परेपछि भिजेको मैदानमा दक्षिण अफ्रिकाले ब्याटिङ सुरु गरेकोमा बल भिजेर बलिङ गर्न समस्या भएको भन्दै कोहलीले रिसाएर बल भुँईमा फ्याकेका थिए । दोस्रो टेष्टको पहिलो पालीमा कोहोलीको १ सय ५३ रनको मद्धतमा भारतले पहिलो पालीमा ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम