मुख्य समाचार

रियल म्याड्रिड क्वार्टरफाइनलमा
Real Madrid in Quater final

पुस २८ – जारी सिजनको घरेलु लिगमा गतिलो प्रदर्शन गर्न नसकिरहेको स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। प्रिक्वार्टरफाइनलको बिहीबार बिहान खेलिएको दोस्रो लेग खेलमा दोस्रो डिभिजनको क्लब नुमान्सियासँग २-२ को बराबरीमा रोकिए पनि रियल कुल गोल भिन्नताका आधारमा अगाडि बढेको हो।

प्रतियोगिताको पहिलो लेग खेलमा ३-० ले विजयी भएका कारण रियल ५-२ कुल गोल भिन्नताका आधारमा क्वार्टरफाइनलमा पुग्न सफल भयो। घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा नुमान्सियाले रियललाई सुरुदेखि नै दबाबमा राखेको थियो। दोस्रो लेग खेलमा रियलले आफ्ना अधिकांश दोस्रो रोजाइका खेलाडीलाई नै मैदानमा उतारेको थियो।

घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा प्रशिक्षक जिनेदिन जिदानको टोलीका लागि ११औं मिनेटमा लुकास भासक्वेजले पहिलो गोल गरेका थिए। पहिलो हाफको खेल सकिनुभन्दा ठीकअघि नुमान्सियाका लागि गुइलेर्मोले जवाफी गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो। यसैगरी ५९औं मिनेटमा भासक्वेजले नै रियललाई पुनः २-१ को अग्रता दिलाएका थिए। निर्धारित समयको खेल सकिनुभन्दा आठ मिनेटअघि गुइलेर्मोले नै पुनः जवाफी गोल फर्काएका थिए।

यसैगरी इतिहास रच्दै लेगानेस पनि प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। ८९ वर्षको इतिहासमा लेगानेस पहिलो पटक कोपा डेल रेको क्वार्टरफाइनलमा पुगेको हो। दोस्रो लेग खेलमा बलियो प्रतिद्वन्द्वी भिल्लारियलसँग उसैको मैदानमा २-१ गोलले पराजित भए पनि लेगानेस अगाडि बढ्न सफल भयो। दुवै लेग खेलको नतिजा २-२ को बराबरी भएपछि लेगानेस ‘अवे गोल’ का आधारमा अगाडि बढेको हो। यसअघि घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा लेगानेस १-० गोलले विजयी भएको थियो। यसैगरी गत वर्षको उपविजेता आल्भेस पनि क्वार्टरफाइनलमा पुग्न सफल भयो।

source; annapurnanews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सान्चेज म्यान्चेस्टर युनाईटेडमा अनुबन्धित
माघ ९ – चिली तथा आर्सनलका स्ट्राइकर अलेक्सीस सान्चेज इङलिस क्लब म्यान्चेस्टर युनाईटेड गएका छन्। सान्चेज आर्सनलबाट युनाइटेडमा कर बाहेक १ करोड ४० लाख पाउण्डमा अनुबन्धिन भएका हुन। यस्तै म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर हेनरिक मखितर्यानलाई आर्सनलले अनुबन्धन गरेको छ। आर्सनल र म्यान्चेस्टर युनाईटेडले खेलाडी सट्टापट्टा गरेका हुन्। युनाइटेडले सान्चेजलाई क्लबमा भित्र्याउने प्रस्ताब गर्दा आर्सनलले भने यसका लागि आफूले मखितर्याने पाउनुपर्ने माग गरेको थियो। २९ बर्षे सान्चेजले गत बर्षनै अर्को इङलिस क्लव म्यानचेष्टर सिटी जाने हल्ला थियो। सिटीले सान्चेजलाई गत हप्तामात्रै क्लबमा भित्र्याउन इच्छुक नजनाएपछी युनाइटेडको लागि ...
प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित
माघ ९ – इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ। लिग अन्तर्गत सोमबार राति सम्पन्न खेलमा स्वान्सी सिटीले लिभरपुललाई १–० ले पराजित गरेको हो । स्वान्सी सिटीको जितमा एकमात्र निर्णयक गोल खेलको ४० औं मिनेटमा अल्फी मवसनले गरेका थिए। रेलिगेशन जोनमा रहेको स्वान्सी सिटीले लिभरपुललाई स्तब्ध पारेको हो। हारपछि लिभरपुलकाले तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। लिभरपुलको २४ खेलबाट ४७ अंक छ । विजयी स्वान्सी सिटी भने २४ खेलबाट २० अंक जोड्दै तालिकाको पुछारमा रहेको छ। तालिकामा ६५ अंक जोडेको म्यान्चेस्टर सिटी ...
आयोजक र कोलकत्ता भिड्दै
सुनसरी – सुनसरीको इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ्ङ क्लब कोलकोताका भारत भिड्दैछन। खेल दिउँसो २ः३० बजे पछि इटहरीमा रंगशालामा सुरु हुनेछ। यसअघि सोमबारको खेलमा विजयी हुदै त्रिभुवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेको छ। इटहरी रंगशालामा भएको खेलमा पाहुना टोली भुटानको डुक युनाइटेडलाई ५–० को भारी अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । अब आर्मीले सेमिफाइनलमा बुधबार थ्रिस्टारसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। आर्मीका लागि पदम तामाङ् र ...
१६ औं संस्करणको आहा रारा गोल्डकप आजबाट
पोखरा – धनगढीको सुदूरपश्चिम–११ स्पोर्टिङ क्लब र सहारा क्लबले आहा रारा गोल्डकपको १६औं संस्करणको उद्घाटन खेलमै प्रतिस्पर्धा गर्ने भएका छन्। अघिल्लो संस्करणमा घरेलु टोलीसँग ४–० को नराम्रो हार बेहोरेर बाहिरिएको सूदुरपश्चिम यो पटक फेरी त्यही मैदानमा प्रतियोगिताको पहिलो खेल खेल्दैछ। सुदूरपश्चिम गत वर्षको हार विर्साउने तयारीमा जुट्दा घरेलु दर्शकको साथ पाउने सहारा जितलाई निरन्तरता दिने योजनामा छ । त्यही अनुसार दुवै टिम मंगलबार भरपुर तयारीका साथ मैदानमा उत्रदैछन् । सहाराका प्रशिक्षक किरण गुरुङ उपाधि घरमै राख्ने लक्ष्यका साथ झन्डै २ महिनादेखि तयारी गरिरहेको बताउँछन्। ...
न्युजिल्यान्डको सहज विजय
माघ ९ – न्युजिल्यान्डले सोमबार पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा पाकिस्तानमाथि ७ विकेटको सहज जित हात पारेको छ। पाकिस्तानले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डको सुरुआत गतिलो हुन सकेन । ३ रन जोड्दा ओपनर मार्टिन गुप्टिल (२) लाई गुमाएको न्युजिल्यान्डले थप ५ रन जोड्दा ग्लेन फिलिप्स (३) लाई गुमाएको थियो । दुवैलाई रुमान रहिसले पवेलियनको बाटो देखाएका थिए । गुप्टिललाई मोहम्मद हाफिजबाट क्याच गराएका रुमानले फिलिप्सलाई बोल्ड गरेका थिए। न्युजिल्यान्डका ओपनर कोलिन मुनरोले ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम