मुख्य समाचार

जन्मनुअगावै रेटिना समस्या
Retina problem before birth

राजधानीका अस्पतालको तथ्यांक केलाउँदा नौ महिना नपुग्दै जन्मिने शिशुहरूको संख्या बढदै गएको छ । समयअगावै जन्मिने शिशुहरूमा विभिन्न स्वास्थ्य समस्या देखिने बाल विशेषज्ञहरू बताउँछन् ।

उनीहरूमा देखिने धेरै स्वास्थ्य समस्यामध्ये मुख्य रेटिना (दृष्टि पर्दा) च्यातिनु हो । मुख्यगरी मधुमेह रोगी महिलाबाट जन्मने शिशुमा यस्तो समस्या देखिने गरेको तिलगंगा आँखा अस्पतालका रेटिना सर्जन डा. सन्यम बजिमयले बताए । ‘रेटिना ठूलो समस्या होइन, यसबारे चेतना नहुँदा रेटिनाका कारण अधिकांश शिशुहरू आँखाको पूरै दृष्टि गुमाइरहेका छन्,’ डा. बजिमयाले भने, ‘समयअगावै जन्मिएका शिशुलाई अस्पतालले आँखा अस्पतालमा रिफर गर्नुपर्ने हो, गर्दैनन् ।’ तिलगंगाले राजधानीका सरकारी अस्पतालमै गएर नौ महिनाअगावै जन्मिएका शिशुका अभिभावकलाई यसबारे परामर्श दिने अभियान नै सुरु गरेको छ ।

आँखाभित्र रक्तस्राव हुने, आँखाको पर्दा च्यातिने र विस्तारै दृष्टि क्षमता घटदै जानु रेटिना समस्या हो । विश्वव्यापी तथ्यांक हेर्दा रेटिना रोगमा नेपाल १० नम्बरमा परेको छ । महाराजगन्जस्थित शिक्षण अस्पताल (टिचिङ) को तथ्यांकअनुसार गत आर्थिक वर्षमा चार हजार तीन सय ७४ महिला सुत्केरी भए, जसमा ९५ शिशु नौ महिनाअगावै जन्मिए । पछिल्ला वर्षको तथ्याकंको तुलनामा समयअगावै शिशु जन्मने प्रवृत्ति बढिरहेको अस्पतालको नर्सिङ निर्देशक कोपिला पालिखे श्रेष्ठ बताउँछिन् । ‘नौ महिना नपुगी जन्मिएका शिशुको वृद्धि विकास पूर्ण भइसकेको हुँदैन, बचाउनै गाह्रो हुन्छ, ‘निर्देशक पालिखेले भनिन्, ‘उनीहरूलाई एनआईसीयूमै राखेर बचाइन्छ, २४ घण्टा अक्सिजन दिएर राख्नुपर्ने हुन्छ ।’

यस्ता शिशुहरूलाई २४ घण्टा अक्सिजन दिएर राखेकै कारण रेटिनाको समस्या आइपर्ने डा. बजिमय बताउँछन् । ती शिशुहरूमा आँखाबाहेक पनि धेरै समस्या हुने, अधिकांशलाई बचाउनै गाह्रो हुने बालविशेषज्ञहरू बताउँछन् । बाँचिहाले पनि जीवनको कुनै घडीमा उनीहरू रेटिनाको समस्याबाट गुज्रिने गरेको डा. बजिमयले बताए । प्रसूति गृहका बाल विशेषज्ञ डा. शैलेन्द्रवीर कर्माचार्यले भन्छन्, ‘यस्ता शिशु निकै कम तौलका जन्मन्छन्, उनीहरूमा संक्रमण हुने सम्भावना पनि बढी हुन्छ, शिशुको फोक्सो, कलेजो, मुटु, मृगौलालगायत कुनै पनि अगंको पूर्ण विकास भइसकेको हुँदैन, लामो समयसम्म आईसीयूमा राखेकै भरमा उनीहरू बाँचेका हुन्छन् ।’

महाराजगन्जस्थित कान्ति बाल अस्पतालले सन् २००४ मा गरेको एक अध्ययनअनुसार समयअगावै जन्मिएका हरेक चार जना शिशुमा एक जनालाई रेटिना समस्या देखिने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सामान्यतया आमाको गर्भमा बसेको ३६ हप्तापछि बच्चा जन्मने उपयुक्त समय हो । तर, गर्भवती आमा मधुमेह, उच्च रक्तचाप, थाइराइडजस्ता रोगी हुँदा शिशुलाई शल्यक्रिया गरेर समयअगावै गर्भबाट झिक्नुपर्ने स्त्रीरोग विशेषज्ञहरू बताउँछन् ।

टिचिङ अस्पतालका एनआईसीयूकी नर्सिङ अफिसर प्रेमा लक्ष्मी खागीका अनुसार समयअगावै जन्मने अधिकांश शिशुुको आईसीयूमै मृत्यु हुने गरेको छ । ‘यस्ता शिशुहरू बाहिरको तापक्रम सुहाउँदो हुँदैनन्, ‘उनले भनिन्, ‘कम्तीमा २४ घण्टादेखि एक सातासम्म आईसीयूमा राख्नुपर्छ, नत्र हल्का चिसो हुनेबित्तिकै मर्न सक्छन्,’ उनले भनिन् । एनआईसीयूको तथ्यांकअनुसार गत आर्थिक वर्षमा समयअगावै जन्मिएका ३० शिशुको मृत्यु भयो । ‘डिस्चार्ज भई घर पुगेकाको पनि उत्तिकै संख्यामा मृत्यु हुने गरेको खबर आउँछ,’ खागीले भनिन् । समयअगावै जन्मने शिशुहरूमा अपाङ्गता हुन सक्ने सम्भावना पनि तीव्र हुने बाल चिकित्सकहरू बताउँछन् । कम उमेरमा विवाह गर्ने, कलिलो उमेरमा बच्चा जन्माउने महिलाबाट समयअगावै शिशु जन्मने गरेको डा. कमाचार्यले बताए ।

सरकारले गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुको पोषणका लागि विभिन्न कार्यक्रममार्फत २० वर्षअघि बच्चा जन्माउन नहुने चेतना फैलाइरहेको छ । यस्तो जनचेतना गाउँगाउँ अझै फैलाउन आवश्यक भएको प्रसूति गृहका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए । ‘बालविवाह नरोकिनुले पनि समयअगावै शिशु जन्मने क्रम रोकिन नसकेको हो,’ डा. श्रेष्ठले भने, ‘यसले पनि मातृशिशु मृत्युदर बढाइरहेको छ ।’

समयअगावै शिशु जन्मिने समस्या रोक्न आमाले आफ्नो स्वास्थ्यमा पूर्ण ध्यान दिनुपर्ने स्त्रीरोग विशेषज्ञहरू सुझाउँछन् । डा. कर्माचार्य भन्छन्, ‘महिलाले पहिलो बच्चा २० वर्षपछि ३० वर्ष नपुग्दै जन्माउनुपर्छ, गर्भवतीले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ र धूमपानबाट टाढै बस्नुपर्छ ।’

समयअगावै जन्मिने शिशुको पनि समयमै उपचार गर्न सकेमा रेटिना समस्या पूर्ण रूपमा ठीक हुन सक्ने डा. बजिमय बताउँछन् । तिलगंगाको तथ्यांकअनुसार ५० प्रतिशत अन्तिम स्टेजमा मात्रै अस्पताल आइपुग्छन् । ‘हामीसम्म आइपुग्दा आँखा धेरै बिग्रिसकेको हुन्छ, थोरैको मात्रै शल्यक्रिया सफल हुन्छ,’ उनले भने ।

source:ekantipur.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आयुर्वेद उपचारमा धेरैको विश्वास छ
पुस २४ –आजकल सामान्य रोगका लागि पनि एलोपेथिक औषधि खानुपर्छ । तर कोही यस्ता मानिस पनि छन जो सकेसम्म आयुर्वेदिक औषधिमात्र सेवन गर्ने गर्छन् । नार्गाजुन नगरपालिकाकी ६६ वर्षीया मीठु थापा आफूलाई आयुर्वेदिक औषधिमा विश्वास लाग्ने बताउनुहुन्छ । “जडीबुटीबाट बनेको औषधिले राम्रो गर्छ, अरु असर पनि गर्दैन, मैले एकपल्ट मुटुमा समस्या भएर एलोपेथिक औषधि खाएको थिएँ, त्यसबाहेक अरु बेला त आयुर्वेद डाक्टर कहाँ नै देखाउछु, आयुर्वेदिक औषधि खान्छु”– उहाँले भन्नुभयो । थापाले घरमा अरुलाई पनि बिरामी हँुदा आयुर्वेद उपचार नै गर्ने गरेको बताउनुभयो । नेपालमा आयुर्वेदको प्रचारप्रसार ...
भाइरल प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मीको टोली
जाजरकोट – पाँच बालबालिकासहित नौ जनाको ज्यान जाने गरी दुई हप्तादेखि जाजरकोटको जुनीचाँदेमा फैलिएको भाइरल प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मीको टोली पुगेको छ । टोलीले शिविर खडा गरेर उपचार सुरु गरेपछि प्रभावित क्षेत्रमा केही सुधार आएको स्वास्थ्यकर्मीले वताएका छन् । जिल्ला सदरमुकाम खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट गएका डाक्टरसहितका स्वास्थ्यकर्मीको टोलीले स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको सहकार्यमा सर्बभन्दा बढी प्रभावित मजकोटका गाउँबा उपचार सुरु गरे पछि प्रभावित क्षेत्रमा सुधार आएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन ल्याप टेक्नियसर कृष्ण खत्रीले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा संकलन ...
आँखा शिविरमा २ सय २० जनाको शल्यक्रिया
महोत्तरी – महोत्तरीको गौशालामा सम्पन्न भएको तीन दिने आँखा शिविरमा २ सय २० जनाले आँखाको शल्यक्रिया गराएका छन् । सामुदायिक आँखा उपचार केन्द्र गौशालाको आयोजना र जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको हो । तीन दिनको अवधिमा आँखाको शल्यक्रिया सम्पन्न गरेको जानकी आँखा अस्पताल जनकपुरकका डाक्टर रमेशकुमार सिंहले जानकारी दिनुभयो । महोत्तरीको गौशालास्थित त्रिभुवन माविको शिविरमा आँखाको शल्यक्रिया गरिएको थियो । आँखाको शल्यक्रिया गर्न सुन्दरपुर, विजलपूरा, पर्सालगायतका स्थानमा शिविरको आयोजना गरी बिरामी छनोट गरिएको थियो । source; ujyaaloonlinenews.com
पाइल्स रोगलाई एक महिनामै चट पार्ने अचुक घरेलु औषधी
पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ । पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो ...
कपिलवस्तुमा चार जनामा डेंगु भेटियो

तौलिहवा: कपिलवस्तुमा डेङ्गगु रोगका ४ जना बिरामी फेला परेका छन्।बुद्धभूमि नगरपालिकाको बरकलपुर स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षणमा आएका विरामीको स्वास्थ्य जाँच गर्दा डेङ्गगु रोग देखिएको बताएको छ। बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलिया, चौवन्न र सातबास गाँउ बस्ने ४ जनामा डेगो रोग लागेको स्वास्थ्य संस्थाले जनाएको छ। स्थानीय क्लीनिकमा उपचार गराउदा निको नभएपछि स्वास्थ्य चौकीमा आएका विरामीलाई डेगो परिक्षणका लागि अंचल अस्पताल बुटवल रिफर गरिएको थियो। डेगो रोगका ४ जना मध्ये ३ जनाको उपचार भएपछि घर फर्केको र केहीको अंचल अस्पताल बुटवलमा उपचार भईरहेको बताइएको छ। ...

आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम