मुख्य समाचार

साउदीमा घरेलु कामदारलाई तलब कार्ड
Salary card for household workers in Saudi

मंसिर २६ -साउदी अरबले घरेलु कामदारको पारिश्रमिक सुरक्षा गर्न तलब कार्ड अनिवार्य गर्ने नियम शनिबारबाट लागू गरेको छ । साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले ६ महिनाभित्रै सबै रोजगारदाता (स्पोन्सर) ले आफ्ना कामदारलाई यो कार्ड दिनुपर्ने नियम लगाएको हो । साउदीमा घरेलु कामदारअन्तर्गत निजी सवारी चालक, हाउसमेड, माली, उँट बाख्रा हेरालु र खेतीपाती (मजरा) मा काम गर्ने कामदार पर्छन् ।

श्रम मन्त्रालयका प्रवक्ता खालिद अबा अल–खैलका अनुसार घरेलु कामदारको तलब बैंकबाट नियमित रूपमा पाउने गरी तलब कार्ड दिनुपर्ने नियम लगाइएको हो । ‘साउदीमा कामदार आइपुगे लगत्तै स्पोन्सरले पिप्रेड कार्ड वा तलब कार्ड दिनुपर्छ,’ स्थानीय अरबिक समाचारपत्र अल–इक्टी सादिअहसँग खैलले भनेका छन्, ‘यसले समयमा तलब पाउने अवस्थालाई सुनिश्चित गर्छ ।’ साउदीमा घरेलु कामदारलाई स्पोन्सरहरूले समयमा तलब दिने गरेका छैनन् । महिनौंसम्म तलब नदिई कामदारहरूलाई जबर्जस्ती काम गर्न बाध्य बनाउने गरेको छन् । यसबाट नेपाली कामदारहरू वर्षौंसम्म घर फर्किनसमेत वञ्चित हुनुपरेको छ ।

साउदीका सबै बैंकहरूले ‘पेरोल कार्ड’ दिन सक्ने सुविधा दिएको छ । साउदी इन्भेस्टमेन्ट बैंकका वेबसाइटमा पेरोल घरेलु कामदारको सुविधाका लागि ल्याइएको हो । यो कार्ड भएका कामदारले एटीएमबाट आफ्नो तलब झिक्न पाउने सुविधा दिइएको छ । नेपालसहित एसियन देशले तलब नदिने समस्या भएपछि साउदीमा घरेलु कामदार पठाउन रोक लगाएको छ । साउदीले स्रोत देशहरूले लगाएको प्रतिबन्ध खुलाउनका लागि घरेलु कामदारलाई अधिकार दिने र उनीहरूको तलब सुरक्षा गर्ने गरी कानुन र नियमहरू नयाँ बनाउँदै ल्याएको हो ।

श्रम मन्त्रालयका अनुसार तलब कार्ड बनाउन कामदारसँग स्पोन्सरले शुल्क लिन पाइने छैन । साउदीमा हाउसमेड, हाउसब्वाइ, गार्डेनर, उँट बाख्रा हेरालु र मजरामा काम गर्ने नेपाली कामदार कम्तीमा ५० हजार रहेको अनुमान गरिएको छ ।



source ; Ekantipurnews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ओमानको मस्कट फेस्टिबलमा नेपाली स्टल राखिने
माघ २ – ओमानको मस्कट फेस्टिबलमा नेपाली स्टल राखिने भएको छ । ओमान सरकारले बिहीबारबाट आयोजना गर्न लागेको फेस्टिबलमा नेपाली भेषभूषा, नेपाली पहिचान झल्काउने तथा हस्त निर्मित सामग्रीहरु प्रदशनमा राखिने ओमानस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासको सक्रियतामा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । स्टलमा राखिने सामग्री जुटाउन नेपाली दूतावास लागि परेको छ । नेपाली मौलिकता र सांस्कृतिक पहिचानलाई ओमान तथा अन्तर्राष्ट्रिय समुदायमा चिनाउन यो महत्वपूर्ण हुने भएकाले स्टल राख्न लागेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताउनुभयो । ओमानको अल–अमिरात पार्कमा बिहीबारबाट सुरु ...
​रक्सी चोर्दा मलेसियामा एक नेपालीलाई तीन महिना जेल
पुस २५ – मलेसियामा रक्सी चोरेको अभियोगमा एक नेपाली जेल परेका छन् । ४४ वर्षका विश्व सुवेदीलाई एक सुपरमार्केटबाट १३२ रिंगिट पर्ने दुई बोतल रक्सी चोरेको अभियोगमा मलेसियाको मजिष्ट्रेसट कोटले ३ महिनाको जेल सजाय सुनाएको स्थानीय अनलाइनले उल्लेख गरेको छ । क्वालालम्पुरस्थित सेतिवाङ्सामा रहेको एइयोन एयू २ सुपरमार्केटबाट ज्याकोब्स क्रिक सिराज रोज वाइनका दुई बोतल चोर्दा सुवेदी पुस ७ गते रंगेहात पक्राउ परेका थिए । दुई सन्तानका बुवा सुवेदी मलेसियामा ‘ओभर स्टे’ बसेकोमा समेत ३ महिनाको जेल सजाय पाएका छन् । पक्राउ परेको मितिदेखि नै ...
नेपाली वैज्ञानिकलाई अन्तर्राष्ट्रिय सम्मान
पुस २२ –नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ । सर्लाहीमा जन्मनुभएका कुशवाहा यसअघि सन् २०१६ मा ‘कालो चामलः अनुसन्धान, इतिहास र विकास’ नामक पुस्तक प्रकाशन गरी चर्चामा आउनुभएको थियो । हाल उहाँ भारतस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालय पंतनगरमा आनुवंशिकी र बाली प्रजनन विषयमा विद्यावारिधि गर्दैहुनुहुन्छ । कुशवाहाका हालसम्म चार दर्जनभन्दा बढी अनुसन्धानपत्र विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । उहाँले करिब एक दर्जन राष्ट्रिय र अन्तरराष्ट्रिय पुरस्कार पाइसक्नुभएको छ । केही समय पहिले ...
एकहप्ताको बीचमा अस्ट्रेलियामा तीन नेपालीको मृत्यु
पुस २१ –एकहप्ताको बीचमा तीन नेपालीको मृत्यु भएपछि त्यहाँ रहेका नेपालीहरुमा चिन्ता बढेको छ । अष्ट्रेलियाको सिड्नीमा एकसाताको अवधिमा एक विद्यार्थी, एक नर्स र एक वृद्ध महिलाको मृत्यु भएको हो । करिब एक साताअघि सिड्नीको न्युकासल क्षेत्रमा बस्ने सिड्नीको लिड्कममा बस्दै आएकी नेपाली विद्यार्थी अस्मिता रिजाल आफु बस्ने स्थानमा मृत भेटिएकी थिइन् । विद्यार्थी रिजालको मृत्यु भनिए पनि उनले आत्महत्या गरेको एनआरएनए अस्ट्रेलियाले जनाएको छ । यस घटनामाथि प्रहरीले अनुसन्धान जारी राखेको पनि जनाइएको छ । यसै गरी नेपाली नर्स तृप्ति पाण्डेको मृत्यु भएको थियो भने गत ...
खोटाङ सेवा समाज कतारले स्थापना दिवस मनाउने
पुस २०–– खोटाङ सेवा समाज कतारले आफ्नो गौरवसाली जिल्ला संस्थाको स्थापना दिवसको २१ औं बार्षिक उत्सव भब्यताका साथ मनाउने तयारी गरिरहेको सस्थाका महासचिव कैलाश श्रेष्ठले जानकारी दिएका छन् l स्थान र हल व्यवस्थापन गरिसकेको सस्थाले आगामी फेबुअरी २ तारिख २०१८ का दिन कतारको सनैय स्थित ग्रेन्ड मल पछाडि रहेको एमआरए (MRA ) रेस्टुरेन्टको सभा हलमा कार्यक्रम हुने तय गरिएको छ । कतारमा हाल स्थापित र सक्रिय सम्पूर्ण संघ संस्था तथा जिल्ला संस्थाहरु मध्ये सबैभन्दा जेष्ठ पहिलो सामाजिक सस्थाको रूपमा खोटाङ सेवा समाज रहेको छ l खोटाङ सेवा ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम