मुख्य समाचार

जापानमा गरिव विद्यार्थीकालागि विद्यालयपश्चात रेखदेख सुविधा
Service to take care after the school for poor student in Japan

स्थानिय नगरपालिका र सहयोगी समूहहरुले गरिव परिवारका अभिभावकहरु न्युन आयका कारण अबेर रातिसम्म काममा व्यस्त रहने भएकाले त्यस्ता विद्यार्थीहरुका लागि विद्यालय पश्चात रेखदेखको व्यावस्था गर्ने भएका छन् ।

गरिव परिवारका बच्चाहरुमा सरसफाइ र अन्य घरायसी कार्यहरुबारे चेतनाको कमि हुने कुरालाई मध्यनजर गर्दै सहयोगीहरुले उनीहरुलाई सरसफाई र घरायसी कामकाजमा सहयोग गर्नेजस्ता असल बानीहरु सिकाउने गरेका छन् । यस्ता गतिविधिले गरिवी चक्र न्युनीकरणमा योगदान गर्ने उनीहरुको विश्वास रहेको छ । विद्यालय बन्द भएपछि रातीको नौ बजेसम्म यस्ता गतिविधि “लर्निङ फर अल” नामक गैर नाफामुखी संस्थाले संचालन गरेको हो । यो सुविधा २०१६ मा गैर नाफामुखी संस्था निप्पन फाउन्डेशन र तोडा शहरको सरकारले सुरुवात गरेका थिए । यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुका लागि खाना र खेल्ने सुविधा छ । यसका साथै उनीहरुलाइ सरसफाइ र पढाइमा पनि यस संस्थाले सहयोग गर्दछ ।

न्युन आय भएका परिवारका बालबालिकाहरुसंग पढाइ तथा अन्य क्रियाकलापमा पहुँच नहुने भन्दै निप्पन फाउन्डेसनका एक अधिकारीले यस्ता बालबालिकाहरु पढाइप्रति प्रेरित नहुनेमा आफुहरुको चिन्ता रहेको बताए । यसै कारणले उनीहरुमा आत्मविश्वास र जीवनप्रति सकारात्मक सोच अभिबृद्धि गर्न उक्त कार्यक्रम लागु गरिएको उनले बताए ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
क्षेप्यास्त्र प्रक्षेपणबारे जापानी संचार माध्यम एनएचको गलत सुचना
जापानी संचारमाध्यम एनएचकेले मंलगबार उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको र सुरक्षित स्थानमा जान जनतालाइ गलत समाचार सम्प्रेषण गरेको छ भने त्यसको केही समयमै त्यस गल्तीलाइ सच्याएको छ । उत्तर कोरियाले गत सेप्टेम्बरमा सवैभन्दा ठूलो आणविक परिक्षण गरेको र नोभेम्बरमा अमेरिकासम्म पुग्न सक्ने अन्तरमहादेशिय क्षेप्यास्त्रको सफल परिक्षण गरेको दावी गरेपछिको तनावपूर्ण समयमा उक्त गल्ती भएको हो । उत्तर कोरियाले जापान र अमेरिकाको विनास गर्ने वक्तव्य सार्वजनिक रुपमै दिइरहेको आवस्थामा यस्तो समाचार बाहिर आएको हो । तर एनएचकेको समाचारपछि कुनै पनि खतराका रिपोर्टहरु भने देखिएनन् । यस्तै घटनाले ...
फुकुशिमाको दोस्रो आणविक रिएक्टरको जाँच सुचारु गरिने
टेलिस्कोपको सहायताले पग्लिएको आणविक उर्जा स्रोतको तस्विर प्राप्त गर्ने आशामा फुकुशिमा दाइची आणविक उर्जा केन्द्रका संचालकले ध्वस्त भएको दोस्रो रिएक्टरको नियमन सुचारु गर्ने बताएका छन् । टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले आणविक उर्जा स्रोत पग्लिएको हुनसक्ने विश्वास गरिएको रिएक्टरको चाप नियन्त्रण भागमा अनुसन्धान गर्ने भएको छ । यसका लागि उक्त चाप नियन्त्रण क्षेत्रको तल्लो भागमा १३ मिटर लामो पाइपमा क्यामेरा जडान गरी तस्विर खिच्ने तयारी भएको छ । उत्त यन्त्रले तापक्रम र विकिरणको स्तर पनि मापन गर्ने बताइएको छ र यसका लागि एक दिन लाग्ने ...
जापानमा उदायो अर्को सामाजिक संस्था “लक्की टिम जापान”
जापानमा रहेर कुनै पनि राजनीतक दलमा आबद्द नभएका स्वतन्त्र नेपाली युबाहरुले नयाँ संस्थाको गठन गरेका छ्न । जापानमा रहेर बिभिन्न सामाजिक क्रियाकलापमा संलग्न युबाहरुको समुहले हालै ”लक्की टिम जापान”को गठन गरेका हुन । गैर-आवसिय नेपाली संघ जापानका कार्यबाहक अध्यक्ष शिव प्रसाद पौडेल र उपाध्यक्ष सरोज कुमार खत्रीको उपस्थितीमा नयाँ कार्यसमिती समेत चयन गरिएको हो ।नेपालको दुर्गम भेगको शैक्षिक र स्वास्थको क्षेत्रमा सक्दो सहयोग गर्ने उदेश्यले बिना पूर्वाग्रह अगाडि बढ्ने अठोट गर्दै इश्वर पौडेलको नेतृत्वमा नयाँ संस्था गठन गरेको सचिब सुरज राज श्रेष्ठले नेपाल जापान डटकम लाई ...
जापानी पूर्वपोर्नस्टार सोराद्वारा विहेको घोषणा
अभिनेत्री एवं जापानी पूर्वपोर्नस्टार सोरा एओईले विहेको घोषणा गरेकी छन्। चीनमा सेक्सका बारेमा सचेतना जगाउने ‘शिक्षिका’ मानिने सोराको विहेको अनलाइन घोषणाले अहिले चिनियाँ सामाजिक सञ्जालमा तरंग ल्याएको छ। उनका दर्शक तथा शुभेच्छक उत्साहित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो यसकारण हो कि उनले युवा चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरुको एउटा पुस्ताको जीवनमा आश्चर्यजनक रुपमा महत्वपूर्ण भुमिका निर्वाह गरिन्। सोराले नयाँ वर्षको दिन सामाजिक सञ्जालमा इन्गेजमेन्टको औठीको एक तस्वीर शेयर गर्दै संसारभरका आफ्ना दर्शक र शुभेच्छकमाँझ विहेको घोषणा गरेकी थिइन्। उनको घोषणापछि प्रशंसकले ‘आफूहरु तपाईकै फिल्म हेरेर हुर्किएको र सधै तपाईको ...
चीनियाँहरुलाइ यौनबारे ज्ञान बाँड्ने जापानी पोर्न स्टार
जापानी अभिनेत्री र पूर्व पोर्न स्टार सोरा एओइले आफ्नो विवाहको समाचार सामाजिक संजालमार्फत घोषणा गरेपछि यो समाचार चीनियाँ सामाजिक संचारमाध्यममा व्यापक हलचल भएको थियो । नयाँ वर्षको दिन उनले आफ्नो विवाहको समाचार पोष्ट गरेको ४८ घण्टाभित्र ट्वीटरको चीनियाँ भर्जन वोइबोमा एक लाख ७० हजार कमेन्ट र आठ लाख ३० हजार लाइक आएका थिए । यसको कारण हो चीनियाँ इन्टरनेट प्रयोग गर्ने युवाहरुको जीवनमा उनले बनाएको छाप र निर्वाह गरेको भुमिका । सन् २००० को सुरुवातमै पोर्न उद्योगमा पाइला चालेकी एओइले करिव ९० भन्दा बढि वयस्क चलचित्रमा ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम