मुख्य समाचार

औषधिको साइड इफेक्टले दुःख दियो
Side effect of medicine give problem

चितवन – एचआईभी संक्रमितका लागि सरकारले निःशुल्क उपचार सेवा दिँदै आएको छ । संक्रमितले भने आफूहरुले सेवन गर्ने औषधिको साइड इफेक्ट देखिन थालेको बताएका छन् । संक्रमितको सरोकारका विषयमा दुई दिनसम्म भरतपुरमा सञ्चालित भेलाका सहभागीले गुणस्तरीय उपचार सेवाको माग गरेका छन् । आइतबार सकिएको भेलामा सातै प्रदेशका सयजना संक्रमित सहभागी थिए।

संक्रमितको संस्था राष्ट्रिय एड्स तथा एचआइभी महासंघ (एनएपी प्लस एन) ले भेला आयोजना गरेको थियो । ‘संक्रमितका लागि सरकारले निःशुल्क रुपमा एआरटी उपचार सेवा सुरु गरेको छ । हाम्रा लागि सरकारले गरेको यो काम साह्रै राम्रो हो तर औषधिको साइड इफेक्ट देखिन थाल्यो, यसमा सबै पक्ष गम्भीर हुनुपर्याे’, महासंघका अध्यक्ष अच्युत सिटौलाले भने।

औषधि खाएका संक्रमितको कलेजोमा समस्या देखिन थालेको सिटौलाले बताए । महिलामा पाठेघरको क्यान्सर हुन थालेको उनको भनाइ छ । रगतमा चिनीको मात्रा बढेर मधुमेह हुने गरेको पनि सिटौलाले जानकारी दिए । यसका साथै औषधि खाने गरेका बिरामीको शरीरमा केही निश्चित क्षेत्रमा मात्रै बोसो थुप्रिने समस्या पनि देखिएको उनले बताए । ‘गाला सुकेको हुन्छ। अरु ठाउँमा भने बोसो बढेर मोटाएझैं देखिन्छ । यस्ता अस्वाभाविक शारीरिक अवस्था भोग्नुपरेको छ’, सिटौलाले भने।

नेपालमा ३२ हजार ७ सय ३५ जना एचआइभी संक्रमित रहेको अनुमान छ । यीमध्ये स्वास्थ्य निकायमा गएर परीक्षण गरेपछि संक्रमित नै भएको प्रमाणित भएका १८ हजार १ सय ३० जना रहेको राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रको तथ्यांक छ।

संक्रमितमध्ये औषधि सेवन गर्ने १३ हजार ६९ जना छन् । पहिला रगत परीक्षण गरी सिडिफोर गणना गरेर पाँच सयभन्दा तल गएमा मात्रै औषधि दिने परिपाटी थियो । अहिले भने परीक्षणपछि संक्रमित भएको प्रमाणित भएमा औषधि दिन सुरु गरिन्छ । संक्रमितले जीवनभर नियमित औषधि खानुपर्छ । त्यसो नगरे औषधिले काम गर्दैन र अन्य धेरै खालका रोगले सताएर संक्रमितको निधन हुन्छ।

‘परीक्षणपछि नै औषधि खान सुरु गर्ने परिपाटी राम्रो हो तर यही साइड इफेक्ट हुने औषधि नै खाने हो भने त्यसबाट निम्तेका पीडा बोकेर कति बाँची रहने’, अध्यक्ष सिटौलाले भने । विश्वमा साइड इफेक्ट नगर्ने औषधि पनि प्रचलनमा रहेको उनले बताए । ‘सरकारले आफैं नकिनेर अनुदानको औषधि ल्याएका कारण यस्तो समस्या आएको हुन सक्छ । यसले संक्रमितलाई पीडा दिएको छ’, सिटौलाले भने।

भरतपुरको भेलाले ११ बुँदे चितवन घोषणा जारी गरेको छ, जसमा गुणस्तरीय उपचार, बसाइँ सराइ र एचआइभी संक्रमण, संक्रमितको मानवअधिकार, संक्रमित बालबालिकाको अवस्था, एचआइभी र गरिबीका सन्दर्भमा आर्थिक सहायता, संक्रमितको अर्थपूर्ण सहभागिता, एचआइभी र क्षयरोग, एचआइभी र हेपाटाइटिस सीजस्ता विषय समेटिएका छन्।

‘एचआइभी संक्रमितमध्ये ६५ प्रतिशतभन्दा धेरैलाई क्षयरोग हुने गरेको छ । लागूपदार्थ प्रयोग गरेका संक्रमितलाई हेपाटाइटिस सी हुने गरेको छ । एचआइभीको कुरा उठ्दा टिबी र हेपाटाइटिसको विषय पनि सँगसँगै लैजानुपर्छ भन्ने हाम्रो मान्यता हो’, अध्यक्ष सिटौलाले भने।

त्यसैगरी रोजगारलगायतका कारणले बसाइँ सर्ने व्यक्ति संक्रमणको जोखिममा छन् । ‘बसाइँ सराइका विषयमा काम गर्ने अनेक संघसंस्था छन् तर बसाइँ सराइबाट प्रत्यक्ष प्रभावित भनेको हामी संक्रमित हौं । काम गर्ने ती संस्थाको नजरमा हामी परेका छैनौं । त्यसो नहोस् भन्ने हाम्रो आग्रह छ’, सिटौलाले अपिल गरे । संक्रमितलाई गर्ने भेदभाव, हेला र लाञ्छना पहिलाको जस्तो अति नभए पनि पूरै नहटेको हुँदा समुदायले पनि संक्रमितको अधिकारलाई सम्मान गर्न उनले आग्रह गरे । ‘संक्रमितको स्वास्थ्यका विषयमा सरकार संवेदनशील छ । त्यही भएर नै उपचार सेवाका कार्यक्रम आएका हुन् । पहिला केहीबाट सुरु भएको उपचार सेवा अहिले सबैले पाउने वातावरण बनेको छ । तर समस्याहरु देखिएपछि सुधार पनि होस् भन्ने हाम्रो आग्रह हो’, अध्यक्ष सिटौलाले भने। औषधिले देखाएका साइड इफेक्टबारे धेरै पहिलेदेखि सरकारी निकायमा कुरा राखेको तर सुनुवाइ नभएको उनले बताए।

‘एउटा मन्त्रीलाई राख्यो केही समयपछि नै उनी हटेर अर्को आउने । मन्त्री गएपछि सचिव पनि फेरिने भए । हामीले राखेको कुरा एउटाले सुनेर काम गर्न नपाउँदै अर्को आउने भएपछि कार्यान्वयनमा आएन होला । अब त चुनाव भएको छ । स्थिर सरकार बन्छ भनेका छन् । यो बेलामा हाम्रो आवाज पनि सुन्नु प¥यो’, अध्यक्ष सिटौलाले भने । भरतपुर घोषणापत्र सरकारी निकायमा पुर्याउने उनको भनाइ छ।

source; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अप्रेशन गरी बच्चा जन्माएका महिलाले ध्यान दिनुपर्ने कुरा
बच्चा जन्माउँदा गरिने ‘सीजरियन सेक्सन डेलिभरी’ (अप्रेशन गरी बच्चा जन्माउने) लाई लिएर विभिन्न्न भ्रम सुन्न पाइन्छ, । प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा शितल अग्रवालका अनुसार सीजरियन सेक्सनको भ्रम र वास्तविकता यस्ता छन् : पहिलो बच्चा जन्माउँदा अप्रेशन गरिएको छ भने दोस्रो बच्चा जन्माउनका लागि तीन वर्षको अन्तर राख्नु राम्रो हुन्छ । तीन वर्ष भन्दा कम अन्तरमा बच्चा जन्माउँदा फेरि अप्रेशन गर्नुपर्ने अवस्था आयो भने त्यसले खतरा बढाउँछ । अप्रेशन गरी बच्चा जन्माएका महिला पहिलो ४० दिन भित्र कुनै शारीरिक गतिविधि नगर्न वा ६ महिनासम्म जिम जान नहुने ...
मधुमेह रोगीको लागि औषधी समान १० सब्जी
मधुमेहलाई खानपानको माध्यमबाट पनि नियन्त्रण गर्न सकिन्छ । कतिपय खाद्यपदार्थ मधुमेहमा बर्जित छ भने, कति खानेकुरा सेवन लाभदायक मानिन्छ । चुकन्दर : चुकन्दरमा पोटाशियम र भिटानि सी भरपुर मात्रामा हुन्छ । यसको सेवनले मधुमेहको रोगीलाई हुने थकान कम हुनछ र काम गर्नका लागि ताकत पनि मिल्छ । करेला : करेलाले शरीरमा ब्लड सुगर लेभल नियन्त्रण राख्छ । यसैले मधुमेह रोगीले खानामा करेला सामेल गर्नु लाभदायक हुन्छ । शखरखण्ड : शखरखन्डमा एन्डिअक्सिडेन्ट पाइन्छ । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । पालुङ्गो : पालुङ्गोमा म्याग्निसियम, फोलेट र पोटाशियम ...
आयुर्वेद उपचारमा धेरैको विश्वास छ
पुस २४ –आजकल सामान्य रोगका लागि पनि एलोपेथिक औषधि खानुपर्छ । तर कोही यस्ता मानिस पनि छन जो सकेसम्म आयुर्वेदिक औषधिमात्र सेवन गर्ने गर्छन् । नार्गाजुन नगरपालिकाकी ६६ वर्षीया मीठु थापा आफूलाई आयुर्वेदिक औषधिमा विश्वास लाग्ने बताउनुहुन्छ । “जडीबुटीबाट बनेको औषधिले राम्रो गर्छ, अरु असर पनि गर्दैन, मैले एकपल्ट मुटुमा समस्या भएर एलोपेथिक औषधि खाएको थिएँ, त्यसबाहेक अरु बेला त आयुर्वेद डाक्टर कहाँ नै देखाउछु, आयुर्वेदिक औषधि खान्छु”– उहाँले भन्नुभयो । थापाले घरमा अरुलाई पनि बिरामी हँुदा आयुर्वेद उपचार नै गर्ने गरेको बताउनुभयो । नेपालमा आयुर्वेदको प्रचारप्रसार ...
भाइरल प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मीको टोली
जाजरकोट – पाँच बालबालिकासहित नौ जनाको ज्यान जाने गरी दुई हप्तादेखि जाजरकोटको जुनीचाँदेमा फैलिएको भाइरल प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मीको टोली पुगेको छ । टोलीले शिविर खडा गरेर उपचार सुरु गरेपछि प्रभावित क्षेत्रमा केही सुधार आएको स्वास्थ्यकर्मीले वताएका छन् । जिल्ला सदरमुकाम खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट गएका डाक्टरसहितका स्वास्थ्यकर्मीको टोलीले स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको सहकार्यमा सर्बभन्दा बढी प्रभावित मजकोटका गाउँबा उपचार सुरु गरे पछि प्रभावित क्षेत्रमा सुधार आएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन ल्याप टेक्नियसर कृष्ण खत्रीले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा संकलन ...
आँखा शिविरमा २ सय २० जनाको शल्यक्रिया
महोत्तरी – महोत्तरीको गौशालामा सम्पन्न भएको तीन दिने आँखा शिविरमा २ सय २० जनाले आँखाको शल्यक्रिया गराएका छन् । सामुदायिक आँखा उपचार केन्द्र गौशालाको आयोजना र जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको हो । तीन दिनको अवधिमा आँखाको शल्यक्रिया सम्पन्न गरेको जानकी आँखा अस्पताल जनकपुरकका डाक्टर रमेशकुमार सिंहले जानकारी दिनुभयो । महोत्तरीको गौशालास्थित त्रिभुवन माविको शिविरमा आँखाको शल्यक्रिया गरिएको थियो । आँखाको शल्यक्रिया गर्न सुन्दरपुर, विजलपूरा, पर्सालगायतका स्थानमा शिविरको आयोजना गरी बिरामी छनोट गरिएको थियो । source; ujyaaloonlinenews.com
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम