मुख्य समाचार

राष्ट्रिय सुटिङमा सुस्मिताको अग्रता
Sushmita lead in National shooting

पुस २७ – मध्यमाञ्चलकी सुस्मिता नेपालले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औँ पुरुष तथा २२ औँ महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको पहिलो दिन बुधबार महिला १० मिटर एयर राइफलमा ३८३ अंकको अग्रता बनाएकी छिन् ।

‘डेब्यु’ राष्ट्रिय प्रतियोगिता खेलिरहेकी सुस्मिताले ४०० पूर्णाङ्कमा ३८३ अंक जोड्दै पहिलो दिनको खेल सकिँदा पहिलो स्थान हात पारेकी हुन् । ओलम्पियन एवं यो स्पर्धाको राष्ट्रिय कीर्तिमानधारी पश्चिमाञ्चलकी स्नेहा राज्यलक्ष्मी राणा पनि त्यत्तिनै अंकसाथ दोस्रो स्थानमा छिन् ।

यो स्पर्धामा स्नेहाको नाममा ३८९ अंकको राष्ट्रिय कीर्तिमान छ । ‘लास्ट सिरिज’ मा सुस्मिता स्नेहाभन्दा २ अंक बढी जोड्दै पहिलो स्थानमा छिन् । ‘लास्ट सिरिज’ मा सुस्मिताले ९६ र स्नेहाले ९४ अंक जोडेकी थिइन् ।

अर्की ओलम्पियन नेपाल प्रहरीकी फूलमाया क्याप्छाकी तेस्रो स्थानमा छिन् । फुलमायाको ३७७ अंक छ । पुरुष १० मिटर एयर राइफलको ६०० मा पश्चिमाञ्चलका धनबहादुर विक (५७४ अंक), मध्यपश्चिमाञ्चलका अर्नभ घिमिरे (५६० अंक) तथा आर्मीका कुमार कार्की (५६० अंक) क्रमशः पहिलोदेखि तेस्रोे स्थानमा छन् ।

अर्नभ र कुमारको समान अंक भए पनि ‘लास्ट सिरिज’ मा अर्नभले ९४ र कुमारले ९२ अंक जोडेका थिए । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा भएको पुरुष १० मिटर एयर पेस्तोलको ६०० मा ५४३ अंक जोड्दै नेपाल आर्मीका कुँवेर केसी पहिलो स्थानमा छन् । पाँचसय २४ अंकसाथ पूर्वाञ्चलका शत्रुघन दास दोस्रो तथा ४६३ अंकसाथ मध्यपश्चिमाञ्चलका मोहम्मद नुर अहमद अन्सारी तेस्रोे स्थानमा छन् ।

सोही स्पर्धाको महिलामा आर्मीकी सरिता बस्नेतले ३५८, मध्यमाञ्चलकी रुविना श्रेष्ठले ३४३ तथा प्रहरीकी सीमा चौधरीले ३३१ अंकको प्रदर्शन गरे । उक्त स्पर्धा ४०० पूर्णाङ्कको थियो ।

आ–आफ्नो स्पर्धामा सहभागी सबै खेलाडीको प्रतिस्पर्धा सकिएपछि शीर्ष पाँच स्थान हात पार्ने खेलाडीलाई पुनःफाइनलमा प्रतिस्पर्धा गराइनेछ । फाइनल २४० अंकको हुनेछ । उक्त प्रतियोगिताको नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
प्रिमियर लिग फुटबलमा आज पनि ८ खेलहरु हुदै
लण्डन – इङलिस प्रिमियर लिग फुटबलमा आज पनि ८ खेलहरु हुदैछन्। नेपाली समयअनुसार साझ ६ः१५ मा सुरु हुने आजको पहिलो खेलमा चेल्सी र ब्राइटन आमने सामने हुनेछन्। त्यस्तै राति ८ः४५ मा ६ वटा खेल हुनेछन। जसमा म्यानचेस्टर यनाइटेडले बर्नली, आर्सनलले क्रिस्टल प्यालेस, एभर्टनले वेस्ट ब्रोम, लेस्टर सिटीले वार्टफोर्ड, स्वान्सी सिटीले हडल्सफिल्ड तथा वेस्ट ह्याम युनाइटेडले बर्नमाउथको सामना गर्नेछन्। यता राति सवा ११ः१५ मा हुने आजको अन्तिम खेलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले न्युक्यासल युनाइडेडको समाना गर्नेछ। प्रिमियर लिगको २३ औं चरणका खेलहरु सकिँदा ६२ अंकसहित म्यानचेस्टर सिटी लिगकोे ...
आर्मीको शतप्रतिशत नतिजा
काठमाडौं – राखेप च्याम्पियनसिपअन्तर्गत दोस्रो राष्ट्रिय महिला हकी प्रतियोगिताको उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र मध्यमाञ्चलले प्रतिस्पर्धा गर्ने भएका छन्। राउन्ड रोबिन लिगको अन्तिम दिन आर्मीले पश्चिमाञ्चललाई २–० ले हराउँदै फाइनलमा स्थान पक्का गर्दा नेरिता बस्नेतको गोलमा मध्यमाञ्चलले साबिक विजेता सुदूरपश्चिमाञ्चललाई १–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो। लिगमा आर्मी शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। ५ टोली सहभागी प्रतियोगितामा शतप्रतिशत नतिजा निकाल्दै आर्मीले १२ अंक बटुल्यो। दोस्रो स्थानमा रहेको मध्याञ्चलले ७ अंक जोड्यो। पश्चिमाञ्चलले समान ७ अंक जोडे पनि गोलअन्तरमा पछि प¥यो। ...
एपिएफ र आर्मीको दोहोरो जित
काठमाडौं – विभागीय टोली नेपाल एपिएप क्लब र त्रिभुवन आर्मी क्लबले ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको दोस्रो दिन दोहोरो जित निकालेका छन् । नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोर्टस क्लबको खेलमैदानमा शुक्रबार भएको खेलमा एपिएफले न्यु डायमन्ड स्पोर्टस क्लब र अर्काे विभागीय टोली नेपाल पुलिस क्लबको चुनौती पन्छायो। न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि २५–१, २५–२ र २५–६ को सहज जित निकाल्दा नेपाल पुलिस क्लबलाई २५–१२, २५–१७ र २५–१३ ले पन्छायो। शुक्रबारै भएको खेलमा त्रिभुवन आर्मी क्लबले पारामाउन्ट र स्प्रिङ्डेललाई पराजित गर्दै दोहोरो जित दर्ता गर्न सफल ...
मदन भण्डारी इटहरी गोल्डकप आजबाट सुरु हुदै
सुनसरी – मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु हुदैछ। सुनसरीको इटहरीमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो २ बजे थ्री स्टार क्लव र एपिएफ क्लवबीच प्रतिस्पर्धा हुदैछ। प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी ८ टोली जस्तै आयोजक राष्ट्रिय जागृति क्लव, मनाङ मस्याङ्दी, त्रिभुवन आर्मी, थ्री स्टार, एपिएफ, झापा ११, गरिफा स्पोर्टिङ क्लव कोलकत्ता र भुटानको डुक युनाइटेडको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने आयोजकले जनाएको छ। माघ १३ गते सम्म सञ्चालन ...
रियाल मड्रिड विजयी
माघ ५ – स्पेनिस कोपा डेल रे फुटबलमा रियाल मड्रिड विजयी भएको छ। विहिबार राति सम्पन्न क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले उसैको मैदानमा लेगानेजालाई १–० ले पराजित गर्यो। पछिल्लो समय खराब प्रदर्शन गर्दै आएको रियलले गएराति भएको खेलमा भने जित निकालेको हो। रियलका लागि एकमात्र निर्यायक गोल खेलको ८९ मिनेटमा मार्को एसेन्सियोले गरेका थिए। लेगानेजासँगको खेलमा रियल मड्रिड क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, मार्सेलो र करिम बेन्जीमा बिनानै मैदानमा उत्रेको थियो। यी दुई टोलीबीच क्वाटरफाईनलको दोस्रो लेग जनवरी २५ तारिखमा रियाल मड्रिडको मैदानमा हुनेछ। source; nagariknews.com
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम