मुख्य समाचार

फिल्म ‘पिंजडा ब्याक अगेन’ जापानमा प्रदर्शन हुने
The movie 'Pinjada back again' will be displayed in Japan

आउँदो माघ ४ (जनवरी १८) बाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिंजडा ब्याक अगेन’को जापान प्रदर्शन तय भएको छ ।

नेपाल रिलिजको १० दिनपछि जापानमा यो फिल्मको विशेष शो हुनेछ । यहि जनवरी २८ तारिखमा फिल्मको शो पक्का भएको हो ।उक्त शो मा निर्देशक हिमाल केसीसँगै एक्सन स्टार निखिल उप्रेती उपस्थित हुनेछन् । नेपाली फिल्मका जापानी दर्शकले निखिलसँगै बसेर फिल्म हेर्ने अवसर पाउनेछन् । मंगलबार मात्रै काठमाडौं स्थित जापानी राजदूतावासले निखिल र हिमालसँगै अभिनेत्री सञ्चिता लुईंटेललाई जापानको लागी प्रवेशाज्ञा प्रदान गरेको थियो ।

जनवरी २८ मा टोकियोमा हुने प्रदर्शनीपछि अन्य शहरमा पनि भिन्न भिन्न मितिमा फिल्मको स्क्रिनिंग हुने निर्देशक केसीले बताए । फेमिली ड्रामा बोल्ने एक्सन प्याक फिल्मको जापान प्रदर्शनको अधिकार क्लासिक युथ जापानले लिएको हो ।

श्रीराम बरालको प्रस्तुती तथा रोहित पुरी र गोविन्द गैरेको निर्माणमा बनेको फिल्ममा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराइसँगै केहि दिन पहिले मात्रै दिवंगत भएकी विना थापाको मुख्य भुमिका छ ।

रिलिजको छेकोमा फिल्ममा समावेश यसअघि सार्वजनिक दुई गीत ‘कुकुकु’ र ‘तिमी नी आधा’ बोलका गीत हिट नम्बर बनिसकेका छन् । सशक्त सांगीतिक पक्ष र एक्सन प्याक ट्रेलरको कारण फिल्म दर्शकको लागी प्रतिक्षित बनिसकेको छ । ‘पिंजडा ब्याक अगेन’को कथा मौनता श्रेष्ठले लेखेका छन् । फिल्ममा राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत छ ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
क्षेप्यास्त्र प्रक्षेपणबारे जापानी संचार माध्यम एनएचको गलत सुचना
जापानी संचारमाध्यम एनएचकेले मंलगबार उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको र सुरक्षित स्थानमा जान जनतालाइ गलत समाचार सम्प्रेषण गरेको छ भने त्यसको केही समयमै त्यस गल्तीलाइ सच्याएको छ । उत्तर कोरियाले गत सेप्टेम्बरमा सवैभन्दा ठूलो आणविक परिक्षण गरेको र नोभेम्बरमा अमेरिकासम्म पुग्न सक्ने अन्तरमहादेशिय क्षेप्यास्त्रको सफल परिक्षण गरेको दावी गरेपछिको तनावपूर्ण समयमा उक्त गल्ती भएको हो । उत्तर कोरियाले जापान र अमेरिकाको विनास गर्ने वक्तव्य सार्वजनिक रुपमै दिइरहेको आवस्थामा यस्तो समाचार बाहिर आएको हो । तर एनएचकेको समाचारपछि कुनै पनि खतराका रिपोर्टहरु भने देखिएनन् । यस्तै घटनाले ...
फुकुशिमाको दोस्रो आणविक रिएक्टरको जाँच सुचारु गरिने
टेलिस्कोपको सहायताले पग्लिएको आणविक उर्जा स्रोतको तस्विर प्राप्त गर्ने आशामा फुकुशिमा दाइची आणविक उर्जा केन्द्रका संचालकले ध्वस्त भएको दोस्रो रिएक्टरको नियमन सुचारु गर्ने बताएका छन् । टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले आणविक उर्जा स्रोत पग्लिएको हुनसक्ने विश्वास गरिएको रिएक्टरको चाप नियन्त्रण भागमा अनुसन्धान गर्ने भएको छ । यसका लागि उक्त चाप नियन्त्रण क्षेत्रको तल्लो भागमा १३ मिटर लामो पाइपमा क्यामेरा जडान गरी तस्विर खिच्ने तयारी भएको छ । उत्त यन्त्रले तापक्रम र विकिरणको स्तर पनि मापन गर्ने बताइएको छ र यसका लागि एक दिन लाग्ने ...
जापानमा उदायो अर्को सामाजिक संस्था “लक्की टिम जापान”
जापानमा रहेर कुनै पनि राजनीतक दलमा आबद्द नभएका स्वतन्त्र नेपाली युबाहरुले नयाँ संस्थाको गठन गरेका छ्न । जापानमा रहेर बिभिन्न सामाजिक क्रियाकलापमा संलग्न युबाहरुको समुहले हालै ”लक्की टिम जापान”को गठन गरेका हुन । गैर-आवसिय नेपाली संघ जापानका कार्यबाहक अध्यक्ष शिव प्रसाद पौडेल र उपाध्यक्ष सरोज कुमार खत्रीको उपस्थितीमा नयाँ कार्यसमिती समेत चयन गरिएको हो ।नेपालको दुर्गम भेगको शैक्षिक र स्वास्थको क्षेत्रमा सक्दो सहयोग गर्ने उदेश्यले बिना पूर्वाग्रह अगाडि बढ्ने अठोट गर्दै इश्वर पौडेलको नेतृत्वमा नयाँ संस्था गठन गरेको सचिब सुरज राज श्रेष्ठले नेपाल जापान डटकम लाई ...
जापानी पूर्वपोर्नस्टार सोराद्वारा विहेको घोषणा
अभिनेत्री एवं जापानी पूर्वपोर्नस्टार सोरा एओईले विहेको घोषणा गरेकी छन्। चीनमा सेक्सका बारेमा सचेतना जगाउने ‘शिक्षिका’ मानिने सोराको विहेको अनलाइन घोषणाले अहिले चिनियाँ सामाजिक सञ्जालमा तरंग ल्याएको छ। उनका दर्शक तथा शुभेच्छक उत्साहित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो यसकारण हो कि उनले युवा चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरुको एउटा पुस्ताको जीवनमा आश्चर्यजनक रुपमा महत्वपूर्ण भुमिका निर्वाह गरिन्। सोराले नयाँ वर्षको दिन सामाजिक सञ्जालमा इन्गेजमेन्टको औठीको एक तस्वीर शेयर गर्दै संसारभरका आफ्ना दर्शक र शुभेच्छकमाँझ विहेको घोषणा गरेकी थिइन्। उनको घोषणापछि प्रशंसकले ‘आफूहरु तपाईकै फिल्म हेरेर हुर्किएको र सधै तपाईको ...
चीनियाँहरुलाइ यौनबारे ज्ञान बाँड्ने जापानी पोर्न स्टार
जापानी अभिनेत्री र पूर्व पोर्न स्टार सोरा एओइले आफ्नो विवाहको समाचार सामाजिक संजालमार्फत घोषणा गरेपछि यो समाचार चीनियाँ सामाजिक संचारमाध्यममा व्यापक हलचल भएको थियो । नयाँ वर्षको दिन उनले आफ्नो विवाहको समाचार पोष्ट गरेको ४८ घण्टाभित्र ट्वीटरको चीनियाँ भर्जन वोइबोमा एक लाख ७० हजार कमेन्ट र आठ लाख ३० हजार लाइक आएका थिए । यसको कारण हो चीनियाँ इन्टरनेट प्रयोग गर्ने युवाहरुको जीवनमा उनले बनाएको छाप र निर्वाह गरेको भुमिका । सन् २००० को सुरुवातमै पोर्न उद्योगमा पाइला चालेकी एओइले करिव ९० भन्दा बढि वयस्क चलचित्रमा ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम