मुख्य समाचार

फागुन ९ गतेदेखि महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढीमा हुने
The Women's National Cricket Tournament will held in Dhangadhi from Falgun 9

फागुन १ – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढीमा हुने भएको छ । पहिलो पटक धनगढीमा आयोजना हुन लागेको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि तयारी तीव्र पारिएको छ । फागुन ९ देखि १४ गतेसम्म फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि मूल समिति गठन गरेर काम अगाडि बढाइएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र विभागीय टोली एपीएफ गरी ६ टिमले सहभागिता जनाउने कैलाली जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष समेत रहनुभएका प्रतियोगिताका संयोजक बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले ५ लाख तथा उप–विजेता २ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । वुमेन अफ् द सिरीजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजारका दरले पुरष्कार वितरण गरिने छ । प्रतियोगिता आयोजनाका लागि ३८ लाख ६३ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

अहिले मैदान निर्माण र पिच निर्माणको काम भैरहेको र सबै टिमको सहभागिता बारे टुङगो लागिसकेको आयोजक कैलाली जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा सहभागि हुने ६ टिमलाई २ समूहमा विभाजन गरी लिग चरणका आधारमा खेल तालिका बनाइनेछ ।

source; ujyaaloonlinenews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
एलए टिम च्याम्पियन
काठमाडौं – आयोजक लिटिल एन्जल्स स्कुल (एलए)ले शुक्रबार १० स्वर्ण, ७ रजत र १४ कांस्य पदक जित्दै दोश्रो एलए अन्तरविद्यालय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। नारायन्जनले ६ स्वर्ण, २ रजत र ७ कांस्य पदक सहित दोस्रो स्थान हासिल गर्दा बेसिक लर्निङ स्कुल ३ स्वर्ण, २ रजत र ४ कांस्यसहित तेश्रो भयो। छात्रतर्फ बाल अंकुरका सुमित पाख्रिन तथा छात्रामा एलएकी मार्टिना राई उत्कृष्ट खेलाडी घोषित भए। छात्रतर्फ एलएका विज्ञात मगरले ४० केजी, आशिष श्रेष्ठले ४५ केजी, विपेनराज सिंह दोर्जेले ० केजीमाथि, स्विकार राईले ७० केजी तथा ६५ ...
प्रधानमन्त्रीको जन्मदिनमा क्रिकेटर सम्मानित
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो । खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७औं जन्मदिन थियो ।खासगरी फुटबलमा विशेष चासो राख्ने प्रधानमन्त्री ओली पछिल्लो समय क्रिकेटसँग पनि नजिकिन थालेका छन् । चार दिनअघि विश्वकप छनोटलाई छानिएको नेपाली क्रिकेट टोलीलाईसम्मान गर्ने घोषणा गरेका ओलीले शुक्रबार टोलीका सबै सदस्यलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेर जन्मदिन मनाए। गत साता नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा उपविजेता बन्दै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको नेपाली क्रिकेट टोलीका सदस्यलाई सोमबार स्वागत गर्ने क्रममै प्रधानमन्त्री ...
आइतबारदेखि प्रधान सेनापति भलिबल
काठमाडौं – त्रिभुवन आर्मी क्लबको आयोजनामा आइतबारबाट प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। फागुन १२ गतेसम्म लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने प्रतियोगितामा तीन विभागीय टोली र पाँच विकास क्षेत्रका ५ गरी कुल ८ टोली सहभागी हुने आयोजकले जनाएको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जहाँ प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र एपिएफ तथा समूह ‘बी’ मा नेपाल पुलिस, मध्यमाञ्चल, ...
नेपालको चुनौती समाप्त
काठमाडौं – मायांका राणा बिहीबार भारतकी प्रिंकल सिंहसँग पराजित भएपछि नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–२ प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ। सातदोबाटोस्थित लन टेनिस कोर्टमा महिला एकलतर्फ प्रिंकलले मायांका राणालाई ६–१, ६–७(४), ७–५ को सेटमा पराजित गरेकी थिइन् । जितसँगै प्रिंकलले अन्तिम चारमा स्थान पक्का गरेकी छिन् । बिहीबारै चीनको यिमिङ दाङले भारतकी तृषा विनोदलाई ६–३, ३–६, ६–२ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाइन् । हङकङकी चुई केई लिउङले भारतकी रुदया शाहलाई ६–४, ६–० तथा जापानकी मियो कोजाकीले भारतकी सान्या सिंहलाई ६–१, ६–१ ...
हरिहरपुरगढीलाई उपाधि
मकवानपुर – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका खेलकुद विकास समितिले मकवानपुरको पूर्वी क्षेत्रमा आयोजित प्रथम बागमती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको भएको छ । बिहीबार भएको फाइनल खेलमा राईगाउँ युवा क्लबलाई १–० ले पराजित गर्दै हरिहरपुरले उपाधि जितेको हो । प्रतियोगिताको विजेता हरिहरपुले नगद १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता राईगाउँले ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।बाग्मती गाउँपालिकाको फापरबारीमा भएको प्रतियोगिताको ६०औं मिनेटमा हरिहरपुरका विवेक चौधरीले निर्णायक गोल गरेका थिए । प्रतियोगितामा राईगाउँ युवा क्लबका सुनील तामाङ सर्वोत्कृष्ट खेलाडी ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम