मुख्य समाचार

यस्तो छ अनुहारको डन्डिफोर हटाउने प्रभावकारी घरेलु बिधि
This is such a effective home loan to remove face shaft

धुलो धूँवा, प्रदूषणको सोझो असर हाम्रो अनुहारको छालामा पर्छ । अनुहार रुखो, फुस्रो हुने, चाहुरिने, चाया पोतो आउने बाह्य कारण पनि यिनै हुन् ।

खासगरी किशोरवयमा अनुहारमा डन्डिफोर आउने समस्या बढी हुन्छ । यसको दाग रहने भएकाले अनुहारको सौन्दर्य फिका बनाइदिन्छ । हाम्रो छालामा स-सना रोम-छिद्र हुन्छ । त्यही तेल ग्रन्थी ब्याक्टेरियाले ग्रस्त हुन्छ । र, स-सना फोका उठ्ने, घाउ बन्ने हुन्छ ।

यस्तो समस्या तैलिया छाला भएकाहरुमा बढी देखिन्छ । यद्यपी कतिपयमा भने तैलिया छाला नभएपनि डन्डिफोर आउन सक्छ ।

किन हुन्छ ?

तेल ग्रन्थीले तेलको अधिक उत्सर्जन गर्दा छालाको रोमछिद्र बन्द हुनुपर्छ र डन्डिफोर आउँछ । शारीरिक र हार्मोनल परिवर्तनले पनि अधिक तेल उत्पादनमा भूमिका खेल्छ । केहि दुधजन्य उत्पादनमा उच्च मात्रामा क्याल्सियम र चिनी पाइन्छ, जसले डन्डिफोरलाई बढाव दिन्छ । एस्ट्रोजेनयुक्त औषधी पनि डन्डिफोरको कारण हो । मेकअपका लागि प्रयोग गरिने सौन्दर्य प्रसाधनमा रहेको रसायन सहि ढंगले पखालिएन भने त्यसले समेत डन्डिफोर निम्त्याउँछ ।

के छ घरेलु उपचार विधि

मसुरोको दाल – मसुरको दाल डन्डिफोर हटाउन समेत उपयोगी हुन्छ । यसका निम्ति मसुरोको दाललाई पानीमा भिजाएर पिस्नुपर्छ । उक्त पेस्टमा एक चुट्की बेसार मिलाउने । अब त्यसलाई राम्ररी अनुहारमा लगाउनुपर्छ । केहि समयपछि सफा पानीले पखाल्नुपर्छ ।

बेसार र बेसनको फेस प्याकः २ चम्चा बेसनमा एक चौथाई चम्चा बेसार मिलाउने । त्यसमा गुलाब जल र काँचो दुध मिसाएर पेस्ट तयार गर्ने । यदि अनुहार तैलिया छ भने दुधको ठाउँमा पानी पनि प्रयोग गर्न सकिन्छ । यसलाई अनुहारमा दिनहुँ लगाउनुपर्छ, डन्डिफोरको समस्याबाट मुक्ति पाइन्छ ।

बरफ- आइसक्युव अर्थात बरफ पनि डन्डिफोर हटाउनमा उपयोगी हुन्छ । आइसक्युबले आफ्नो अनुहारमा रगड्नुपर्छ । यसले डन्डिफोर भएको स्थानमा रक्तसंचार तिब्र हुन्छ ।

मह- मह एक उत्कृष्ट उत्पादन हो, जसले डन्डिफोरबाट तुरुन्तै आरम दिन्छ । महमा कपास डुबाएर डन्डिफोर भएको स्थानमा लगाउनुपर्छ । आधा घण्टापछि मनतातो पानीले पखाल्नुपर्छ ।

कागती- सौन्दर्यका लागि कागती उत्कृष्ट विकल्प हो । यसमा भिटामिन सि पाइन्छ । कागतीको रस प्रयोग गरेर अनुहार सफा गर्दा डन्डिफोरबाट छुटकारा पाइन्छ ।

चामल- रातभर एक कप चामल भिजाएर राख्ने । बिहान पानी छानेर पिस्ने । त्यसमा केहि थोपा कागतीको रस चुहाइदिने । उक्त लेप डन्डिफोर भएको स्थानमा लगाउनुपर्छ, ठीक हुन्छ ।

लसुन- डन्डिफोरको प्राकृतिक उपचारको लागि लसुन फाइदाजनक हुन्छ । केहि लसुनको केस्रा पिसेर त्यसको रस निकाल्ने । उक्त रसमा कागतीको रस मिसाउनुपर्छ । त्यस मिश्रण अनुहारमा लगाएर १० मिनेटपछि सफा पानीले पखाल्नुपर्छ ।

बाफ– पानीको बाफले पनि अनुहारमा रहेको डन्डिफोर हटाउन सहयोग गर्छ । बाफले छालाको रोमछिद्र खुल्छ । साथै यो यस्तो प्रक्रिया हो, जसले छालामा रहेको फोहोर मैला समेत हटाउँछ ।

रसायनयुक्त प्रसाधनको प्रयोग नगरौं

अनुहारको सौन्दर्यका लागि घरेलु उपचार मात्र काफी हुँदैन । हामी अनुहारमा अनेकौ कस्मेटिक प्रोडक्ट प्रयोग गरिरहेका हुन्छौ, जसले क्षणिक सौन्दर्य प्रदान गरेपनि दीर्घकालिन रुपमा हानी पुर्‍याउँछ । यस्ता रसायनयुक्त सौन्दर्य प्रसाधनको प्रयोगलाई घटाउनुपर्छ ।

घाममा निस्कनुअघि

घामको बिकिरणले अनुहारको छालामा सोझो असर पर्छ । त्यसैले घाममा वा खुला स्थानमा निस्नुअघि कपडा, माक्स आदिले अनुहार ढाक्नुपर्छ । चर्को घाममा सनग्लास, माक्स, स्कार्फको प्रयोग उपयोगी हुन्छ ।

स्वस्थ्य खानपान

अनुहारको सौन्दर्यका लागि मेकअप वा उपचारले मात्र पुग्दैन । खासमा पेट सफा राख्नुपर्छ । रगतको शुद्धिकरण गर्नुपर्छ । यसमा लागि स्वस्थ्य खानपान आवश्यक हुन्छ । पर्याप्त पानी वा झोलयुक्त पदार्थ सेवन गर्ने, फाइबरयुक्त खानेकुरा खाने, सलाद, फलफूलको सेवन बढाउने । साथै चिल्लो, चाप्लो, मसलेदार, अमिलो, पीरो खानेकुरा छालाको सौन्दर्यका लागि अनुकुल हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आयुर्वेद उपचारमा धेरैको विश्वास छ
पुस २४ –आजकल सामान्य रोगका लागि पनि एलोपेथिक औषधि खानुपर्छ । तर कोही यस्ता मानिस पनि छन जो सकेसम्म आयुर्वेदिक औषधिमात्र सेवन गर्ने गर्छन् । नार्गाजुन नगरपालिकाकी ६६ वर्षीया मीठु थापा आफूलाई आयुर्वेदिक औषधिमा विश्वास लाग्ने बताउनुहुन्छ । “जडीबुटीबाट बनेको औषधिले राम्रो गर्छ, अरु असर पनि गर्दैन, मैले एकपल्ट मुटुमा समस्या भएर एलोपेथिक औषधि खाएको थिएँ, त्यसबाहेक अरु बेला त आयुर्वेद डाक्टर कहाँ नै देखाउछु, आयुर्वेदिक औषधि खान्छु”– उहाँले भन्नुभयो । थापाले घरमा अरुलाई पनि बिरामी हँुदा आयुर्वेद उपचार नै गर्ने गरेको बताउनुभयो । नेपालमा आयुर्वेदको प्रचारप्रसार ...
भाइरल प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मीको टोली
जाजरकोट – पाँच बालबालिकासहित नौ जनाको ज्यान जाने गरी दुई हप्तादेखि जाजरकोटको जुनीचाँदेमा फैलिएको भाइरल प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मीको टोली पुगेको छ । टोलीले शिविर खडा गरेर उपचार सुरु गरेपछि प्रभावित क्षेत्रमा केही सुधार आएको स्वास्थ्यकर्मीले वताएका छन् । जिल्ला सदरमुकाम खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट गएका डाक्टरसहितका स्वास्थ्यकर्मीको टोलीले स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको सहकार्यमा सर्बभन्दा बढी प्रभावित मजकोटका गाउँबा उपचार सुरु गरे पछि प्रभावित क्षेत्रमा सुधार आएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन ल्याप टेक्नियसर कृष्ण खत्रीले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा संकलन ...
आँखा शिविरमा २ सय २० जनाको शल्यक्रिया
महोत्तरी – महोत्तरीको गौशालामा सम्पन्न भएको तीन दिने आँखा शिविरमा २ सय २० जनाले आँखाको शल्यक्रिया गराएका छन् । सामुदायिक आँखा उपचार केन्द्र गौशालाको आयोजना र जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको हो । तीन दिनको अवधिमा आँखाको शल्यक्रिया सम्पन्न गरेको जानकी आँखा अस्पताल जनकपुरकका डाक्टर रमेशकुमार सिंहले जानकारी दिनुभयो । महोत्तरीको गौशालास्थित त्रिभुवन माविको शिविरमा आँखाको शल्यक्रिया गरिएको थियो । आँखाको शल्यक्रिया गर्न सुन्दरपुर, विजलपूरा, पर्सालगायतका स्थानमा शिविरको आयोजना गरी बिरामी छनोट गरिएको थियो । source; ujyaaloonlinenews.com
पाइल्स रोगलाई एक महिनामै चट पार्ने अचुक घरेलु औषधी
पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ । पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो ...
कपिलवस्तुमा चार जनामा डेंगु भेटियो

तौलिहवा: कपिलवस्तुमा डेङ्गगु रोगका ४ जना बिरामी फेला परेका छन्।बुद्धभूमि नगरपालिकाको बरकलपुर स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षणमा आएका विरामीको स्वास्थ्य जाँच गर्दा डेङ्गगु रोग देखिएको बताएको छ। बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलिया, चौवन्न र सातबास गाँउ बस्ने ४ जनामा डेगो रोग लागेको स्वास्थ्य संस्थाले जनाएको छ। स्थानीय क्लीनिकमा उपचार गराउदा निको नभएपछि स्वास्थ्य चौकीमा आएका विरामीलाई डेगो परिक्षणका लागि अंचल अस्पताल बुटवल रिफर गरिएको थियो। डेगो रोगका ४ जना मध्ये ३ जनाको उपचार भएपछि घर फर्केको र केहीको अंचल अस्पताल बुटवलमा उपचार भईरहेको बताइएको छ। ...

आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम