मुख्य समाचार

एकहप्ताको बीचमा अस्ट्रेलियामा तीन नेपालीको मृत्यु
Three Nepalese died in Australia in between one week

पुस २१ –एकहप्ताको बीचमा तीन नेपालीको मृत्यु भएपछि त्यहाँ रहेका नेपालीहरुमा चिन्ता बढेको छ । अष्ट्रेलियाको सिड्नीमा एकसाताको अवधिमा एक विद्यार्थी, एक नर्स र एक वृद्ध महिलाको मृत्यु भएको हो ।

करिब एक साताअघि सिड्नीको न्युकासल क्षेत्रमा बस्ने सिड्नीको लिड्कममा बस्दै आएकी नेपाली विद्यार्थी अस्मिता रिजाल आफु बस्ने स्थानमा मृत भेटिएकी थिइन् । विद्यार्थी रिजालको मृत्यु भनिए पनि उनले आत्महत्या गरेको एनआरएनए अस्ट्रेलियाले जनाएको छ । यस घटनामाथि प्रहरीले अनुसन्धान जारी राखेको पनि जनाइएको छ ।

यसै गरी नेपाली नर्स तृप्ति पाण्डेको मृत्यु भएको थियो भने गत शुक्रबार आफ्नो परिवारलाई भेट्न सिड्नी आएकी महिला ६१ वर्षिया देवीकुमारी अधिकारीको आउनेक्रममा विमानस्थलमै मृत्यु भएको थियो । अधिकारीको शव नेपाल पठाएसकिएको छ ।

पाण्डे र रिजालले आत्महत्या गरेको आशंका गरिए पनि कोरोनरको रिर्पोट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने बताइएको छ । क्यानबेरामा रहेको नेपाली दुतावासले पनि उनीहरुको मृत्यु भएको पुष्टि गर्दै परिवारलाई जतिसक्दो सहयोग पुर्‍याइरहेको जनाएको छ ।

राजदुत लक्की शेर्पाले घटना दुखद भएको बताउँदै आवश्यक्ता अनुसार आफ्नो तर्फबाट पुर्याउने सबै सहयोग पुर्‍याइरहेको दाबी गर्नुभएको छ ।

समाचार अनुसार रिजाल सिड्नीकै लिडकममा बसेर स्थानीय कलेजमा अध्ययनरत थिइन् । क्यानबेरा स्थित नेपाली दुताबास, उनको पढाइ सम्बन्धी परामर्शदाता संस्था र नेपालमा अस्मिता रिजालको परिवारसंग सम्पर्क गरिएको र उनको परिवारको इच्छा अनुशार शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको जानकारी गराइएको छ ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ओमानको मस्कट फेस्टिबलमा नेपाली स्टल राखिने
माघ २ – ओमानको मस्कट फेस्टिबलमा नेपाली स्टल राखिने भएको छ । ओमान सरकारले बिहीबारबाट आयोजना गर्न लागेको फेस्टिबलमा नेपाली भेषभूषा, नेपाली पहिचान झल्काउने तथा हस्त निर्मित सामग्रीहरु प्रदशनमा राखिने ओमानस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासको सक्रियतामा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । स्टलमा राखिने सामग्री जुटाउन नेपाली दूतावास लागि परेको छ । नेपाली मौलिकता र सांस्कृतिक पहिचानलाई ओमान तथा अन्तर्राष्ट्रिय समुदायमा चिनाउन यो महत्वपूर्ण हुने भएकाले स्टल राख्न लागेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताउनुभयो । ओमानको अल–अमिरात पार्कमा बिहीबारबाट सुरु ...
​रक्सी चोर्दा मलेसियामा एक नेपालीलाई तीन महिना जेल
पुस २५ – मलेसियामा रक्सी चोरेको अभियोगमा एक नेपाली जेल परेका छन् । ४४ वर्षका विश्व सुवेदीलाई एक सुपरमार्केटबाट १३२ रिंगिट पर्ने दुई बोतल रक्सी चोरेको अभियोगमा मलेसियाको मजिष्ट्रेसट कोटले ३ महिनाको जेल सजाय सुनाएको स्थानीय अनलाइनले उल्लेख गरेको छ । क्वालालम्पुरस्थित सेतिवाङ्सामा रहेको एइयोन एयू २ सुपरमार्केटबाट ज्याकोब्स क्रिक सिराज रोज वाइनका दुई बोतल चोर्दा सुवेदी पुस ७ गते रंगेहात पक्राउ परेका थिए । दुई सन्तानका बुवा सुवेदी मलेसियामा ‘ओभर स्टे’ बसेकोमा समेत ३ महिनाको जेल सजाय पाएका छन् । पक्राउ परेको मितिदेखि नै ...
नेपाली वैज्ञानिकलाई अन्तर्राष्ट्रिय सम्मान
पुस २२ –नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ । सर्लाहीमा जन्मनुभएका कुशवाहा यसअघि सन् २०१६ मा ‘कालो चामलः अनुसन्धान, इतिहास र विकास’ नामक पुस्तक प्रकाशन गरी चर्चामा आउनुभएको थियो । हाल उहाँ भारतस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालय पंतनगरमा आनुवंशिकी र बाली प्रजनन विषयमा विद्यावारिधि गर्दैहुनुहुन्छ । कुशवाहाका हालसम्म चार दर्जनभन्दा बढी अनुसन्धानपत्र विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । उहाँले करिब एक दर्जन राष्ट्रिय र अन्तरराष्ट्रिय पुरस्कार पाइसक्नुभएको छ । केही समय पहिले ...
खोटाङ सेवा समाज कतारले स्थापना दिवस मनाउने
पुस २०–– खोटाङ सेवा समाज कतारले आफ्नो गौरवसाली जिल्ला संस्थाको स्थापना दिवसको २१ औं बार्षिक उत्सव भब्यताका साथ मनाउने तयारी गरिरहेको सस्थाका महासचिव कैलाश श्रेष्ठले जानकारी दिएका छन् l स्थान र हल व्यवस्थापन गरिसकेको सस्थाले आगामी फेबुअरी २ तारिख २०१८ का दिन कतारको सनैय स्थित ग्रेन्ड मल पछाडि रहेको एमआरए (MRA ) रेस्टुरेन्टको सभा हलमा कार्यक्रम हुने तय गरिएको छ । कतारमा हाल स्थापित र सक्रिय सम्पूर्ण संघ संस्था तथा जिल्ला संस्थाहरु मध्ये सबैभन्दा जेष्ठ पहिलो सामाजिक सस्थाको रूपमा खोटाङ सेवा समाज रहेको छ l खोटाङ सेवा ...
​कुवेतमा ज्यान गुमाउने नेपालीको संख्या बढ्यो
पुस १९ – सन् २०१७ मा कुवेतमा रोजगारी गर्न आएका ३१ जना नेपालीले ज्यान गुमाएका छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार ज्यान गुमाउनेमा १५ पुरुष र १६ महिला छन् । दूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनका अनुसार हृदयघात, मस्तिष्कघात लगायत अन्य स्वास्थ्य सम्बन्धी कारणबाट उनीहरुले ज्यान गुमाएका हुन् । घरेलु क्षेत्रमा काम गर्ने १४ र कम्पनीमा काम गर्ने १७ जनाले ज्यान गुमाएको लिङ्देनले जानकारी दिनुभयो । सन् २०१६ मा २५ जनाले ज्यान गुमाएका थिए । source; ujyaaloonlinenews.com
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम