मुख्य समाचार

अमेरिकाले पुनः आणविक हतियार परीक्षण गर्ने
US will resume nuclear weapons testing

मंसिर ५ – अमेरिका र दक्षिण कोरियाका आणविक विज्ञहरूले पुनः आणविक हातहतियार परीक्षण कार्य अगाडि बढाउने बताएका छन्।
दक्षिण कोरियाको राजधानी सिओलमा अमेरिकी तथा दक्षिण कोरियाली आणविक विज्ञहरूबीच भेटवार्ता पछि यस्तो निष्कर्ष निकालिएको हो।

आणविक हतियार परीक्षण क्षेत्रमा उत्तर कोरियालाई चेतावनी दिनका लागि उक्त भेटवार्ता गरिएको दुवै पक्षका अधिकारीहरूले बताएका छन्।
उत्तर कोरिया तथा उसको आणविक परीक्षणको विषयलाई लिएर दक्षिण कोरिया तथा अमेरिकाका विदेश मन्त्रालयका अधिकारीहरूबीच वार्ता भइसकेको दक्षिण कोरियाली सञ्चार माध्यमले उल्लेख गरेका छन्।

११ दिनको एसिया भ्रमण पश्चात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाबारे नयाँ धारण बनाउने बताइरहेका बेला आणविक कार्यक्रमलाई ब्युँताउने चर्चा सार्वजनिक भएको हो। उत्तर कोरिया र उसले परीक्षण गरेको आणविक हतियार कार्यक्रमलाई प्रभाव पार्नै गरी उत्तर कोरियाप्रति नयाँ धारणा ल्याइने राष्ट्रपति ट्रम्पले बताएका थिए।

एसिया भ्रमणका क्रममा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीच वाक युद्ध बढिरहेकाले उत्तर कोरियाबारे नयाँ धारणा ल्याइने ट्रम्पले बताएका थिए।

उत्तर कोरिया समस्या समाधान गर्नका लागि राष्ट्रपति ट्रम्पले चीनलाई मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नका लागि आग्रह समेत गरेका थिए। उत्तर कोरियाले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्ध रूचाउने व्यक्तिको संज्ञा दिएपछि अमेरिकाले उत्तर कोरियाबारे नयाँ धारणा ल्याउने राष्ट्रपति ट्रम्पले बताएका हुन्।

राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री शिन्जो आबे तथा अष्टेलियन प्रधानमन्त्रीसँग सल्लाह गरी उत्तर कोरियाबारे नयाँ धारणा बनाउने बताएका थिए।

source ; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
जेल सजायको विरोध
फागुन ३ – इजिप्टमा वर्तमान सरकारद्वारा प्रतिबन्धित घोषणा गरिएको एक राजनीतिक दल मुिस्लम ब्रदरहुडलाई सहयोग गरेको अभियोगमा यहाँका २० जना विद्यार्थीलाई जेल सजाय सुनाएको घटनाको विरोध भएको छ । इजिप्टका मानवअधिकारवादीहरुले त्यसको विरोध गरेका हुन् । इजिप्टको एक अदालतले केही साता अघि मात्र उनीहरुलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । इस्लाम केन्द्रीत एक विश्वविद्यालयका ती विद्यार्थीलाई सुनाइएको यो फैसला राजनीतिक आस्थाका आधारमा गरिएको भन्दै त्यसको विरोध गरिएको हो। इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएअनुसार उक्त विश्वविद्यालय इजिप्टका अपदस्थ पूर्व इस्लामी राष्ट्रपति मोहमद मोर्सीसँग सम्बन्धित ...
विद्यालयमा गोली चल्दा १७ को मृत्यु
फागुन ३ – अमेरिकाको फ्लोरिडास्थित पार्कल्याण्डको विद्यालयमा एक युवकले अन्धाधुन्ध रूपमा गोली चलाँउदा १७ जनाको मृत्यु भएको छ। निकोलस क्रुज नामक १९ वर्षका ती युवक उक्त विद्यालयका पूर्व विद्यार्थी रहेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूले खुलाएका छन् । गोली प्रहार भएको करिब एक घण्टा पश्चात् प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै मृत्तकहरूप्रति समवेदना व्यक्त गर्दै ट्वीट गरेका छन् । source; nagariknews.com
स्वाईन फ्लूबाट २१ को मृत्यु
फागुन २ –स्वाईन फ्लूको नामले चिनिने ‘एचवानएनवान इन्फ्ल्युन्जा’का कारण अल्जेरियामा २१ व्यक्तिको मृत्यु भएको छ । सो रोगबाट उनीहरुको मृत्यु भएको घटनाको स्थानीय सरकारी अधिकारीहरुले राज्यद्धारा संचालित टेलिभिजनमा मङ्गलबार पुष्टि गरेका हुन् । स्वास्थ्य मन्त्रालयको रोकथाम निर्देशक जामेल फौरारले दिएको जानकारीनुसार स्वाईन फ्ल्युको संक्रमणबाट मृत्यु हुनेमा चारदेखि ६५ बर्ष सम्मका नागरिकहरु रहेका छन । गत डिसेम्बरमा स्वास्थ्य मन्त्री मोख्तर हास्बेल्लाउइले कसैलाई पनि स्वाईन फ्ल्युको संक्रमण भएको स्विकार गर्नु भएको थिएन । तर जनवरीमा अल्जेरिया पास्चर इन्स्टिच्युटले स्वाईन फ्ल्युका कारण ३५ जना प्रभावित भएका घोषणा गरेको थियो । source; ...
अष्ट्रेलियामा आगलागीमा परी १३ जना घाइते
फागुन २ –अष्ट्रेलियमको न्यू साउथ वेल्स राज्यको राजधानी सिड्नीमा भवन निर्माणाधिन क्षेत्रमा मङ्गलबार भएको आगलागीमा परी कम्तिमा १३ जना घाइते भएको यहाँका अधिकारीले जनाएका छन् । आगलागी अग्ला भवन रहेको शहरी इलाकामा भएको र यसलाई निभाउन दमकलसहित २० अग्नी नियन्त्रक कर्मचारी खटाइएको सिड्नी नगर प्रशासनले जनाएको छ । आगलागीमा परेका अधिकांश व्यक्तिलाई आगलागीपछि निस्केको धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएको र केहीको आगोको रापले पोलेको घाउहरू रहेको चिकित्सकले बताएका छन् । सर्कुलर क्वे वन्दरगाह क्षेत्रमा लागेको आगो निभाउने प्रयास जारी रहेको तर यो समाचार तयार पार्दासम्म आगो पूर्ण ...
उत्तर कोरियासँग वार्ता गर्न अमेरिका तयार
फागुन २ – अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग निःशर्त वार्ता गर्न वासिङ्टन तयार रहेको बताएका छन् । ‘यदि उत्तर कोरिया वार्ता गर्न चाहन्छ भने ट्रम्प प्रशासनले पनि वार्ता गर्नेछ,’ वासिङ्टन पोष्टले अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई उद्धृत गर्दै सोमबार समाचार प्रकाशन गरेको छ । अमेरिका वासिङ्टनसँग निःशर्त वार्ता गर्न तयार रहे पनि उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम नत्यागेसम्म रुस विरूद्धका कडा प्रतिबन्ध भने कायम नै रहने अमेरिकी उपराष्ट्रपति पेन्सकोे भनाइ रहेको छ । यसअघि ट्रम्प प्रशासनले उत्तर कोरियाली नेता किम जोङ–उन निशस्त्रीकरणका लागि तयार नभएसम्म प्योङयाङसँग वार्ता नगर्ने ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम