मुख्य समाचार

कला, संस्कृति जोगाउने प्रतियोगितामा महिलाको आकर्षण
Women attraction in arts and culture preserve competition

नेपाली कला संस्कृतिको जगेर्ना र बौद्धिक तथा अन्तरनिहित क्षमताको विकास गराउने उद्देश्यले जापानमा हुने मिस एण्ड मिसेस नेपाल–२०१८ मा महिलाको आकर्षण बढेको छ ।

सौन्दर्य, व्यक्तित्व तथा आन्तरिक क्षमताको विकासका र नेपाली कला संस्कृतिको प्रचारप्रसार भन्दै व्यावसायिक रुपमा पहिलो पटक आयोजना गरिएकाले प्रतिस्पर्धी महिलाको आकर्षण बढेको हो ।

आयोजक सिन्जोउ कर्पोरेशनका प्रबन्ध निर्देशक उत्तम श्रेष्ठका अनुसार पारिवारिक र विद्यार्थी भिसामा जापानमा बसोबास गर्दै आएका महिलाले एकल र संयुक्तरुपमा प्रतिभा प्रस्फुटन गराउने भन्दै सहभागिताका लागि आवेदन दिएका छन् ।

मंगलबार सम्ममा ६० जनाभन्दा बढीको आवेदन परेको र उनीहरुलाई नेपाली कला, सस्ंकृति, सौन्दर्य, बौद्धिक तथा अन्तरक्षमतासहित विभिन्न १६ विधाका आधारमा छनोट गरिने आयोजक सिन्जोउका प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

दिनहुँजसो फोन र इमेलमार्फत सहभागिताका लागि महिलाले सम्पर्क गर्ने क्रम बढेको भन्दै आयोजकले सबैखाले महिलालाई अवसर दिने भन्दै २५ जनवरीसम्मका आवेदन लिने जनाएका छन् ।

विदेशमा भएर पनि मिस एण्ड मिसेस–२०१८ मा सहभागिता जनाउने भैरहवाका संगीता क्षेत्री र जिना श्रेष्ठले नेपालको कला, सस्ंकृति, बौद्धिक प्रतिभाका लागि आवेदन दिएको बताएका छन् । छनोटमा परे नेपाल फर्किएर केही गर्न पाए खुशी हुने प्रतिक्रिया जनाए । प्रतिभा भएर पनि यसअघि लजाउने र सार्वजनिक रुपमा बोल्न डराउने जापानमा धेरै भएको भन्दै उनीहरुले यस्ता कार्यक्रममार्फत थप खुलेर आउने उनीहरुको भनाइ छ ।

आयोजकका अनुसार अडिसनमा छनोट भएकालाई ३ फेबु्रअरीबाट फिटनेश, सेल्फ मेकअप, हाँसो, फोटो सेसन, मिडियासम्बन्धी जानकारी र स्टेज पर्पmमेन्स, क्याटवाक र मानव संसाधन लगायतका बारेमा तालिम दिइनेछ ।

छनोट विवादरहित बनाउन नेपालबाट सम्बन्धित क्षेत्रका विज्ञ तथा जापानबाट सञ्चारकर्मीसहित विभिन्न प्रतिनिधि सहभागी रहनेछन् । पहिलो, दोस्रो र तेस्रो भएका विवाहित र अविवाहित दुवै विजेताले नगदसहित म्युजिक भिडियो तथा स्थानीय मिडियामा अवसर पाउनेछन् ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
बाबु बाेगटीको “ह्याप्पी भ्यालेन्टाईन ”सार्वजनिक
फागुन २ –गायक बाबु बाेगटीको गीत “ह्याप्पी भ्यालेन्टाईन ” को लिरिकल भिडियो सार्वजनिक भएको छ । भ्यालेन्टाईन डे लाई लक्षित गरेर तयार पारिएको लिरिकल भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी (अफिसियल) मार्फत वाहिर ल्याइएको हो। विल्कुलै फरक धारमा रहेको उक्त गीतमा बाबु बाेगटीको शब्द ,संगीत र आवाज रहेको छ। मोहित मुनालको एरेञ्जमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्। source; nepaljapan.com
चलचित्र पसिना बैशाख १४ बाट देशभर प्रदर्शन हुने
फागुन २ –मंगलावर राजधानीमा एक कार्यक्रमबीच चलचित्र पसिनाको सिनेमा घरमा आउने मिति र एउटा गीत सार्वजनिक गरिएको छ । नन स्टप क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘पसिना’ मजदुर दिवसको छेको पारेर २०७५ साल बैशाख १४ गतेबाट देशभरका सिनेमाघरमा आउने भएको छ । ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगन रहेको चलचित्रमा श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्रकी निमात्री शान्ता ढाकालले बताइन् । आर.बी.खत्री ‘शरद’ निर्देशित चलचित्रले विशेषत महिला श्रमिकहरुको पीडालाई उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकालसँगै इन्जिनियर संजय महतोको लगानी रहेको छ । चलचित्र ‘पसिना’ मा गौरब ...
गायक सुजनको गीत ’कसम मन पर्यो’ को भिडियो सार्वजनिक
फागुन २ –आउँदो भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक सुजन तिगेला लिम्बुले आफ्नो गीत ’कसम मन पर्यो’ को भिडियो सार्वजनिक गरेका छन् । मायालु जोडीको लागि खास मानिने दिनलाई लक्षित गर्दै प्रेमिल भाव व्यक्त गर्ने गीत सार्वजनिक गरिएको हो । गीतमा शब्द , संगीत र स्वर सुजनकै रहेको छ भने यसको भिडियोमा पनि उनी देखिएका छन् । गीतमा सुजनसंगै एलिशा राई पनि देखिएकी छिन । गीतमा लिम्बु कल्चर झल्काउने किसिमको भेषभुषा पनि प्रयोग गरिएको छ भने संगीतमा पनि त्यस किसिमका प्रयोग भएको गायक लिम्बु बताउछन् । यो ...
चलचित्र‘पञ्चेबाजा’ को दोस्रो गीत सार्वजनिक
चलचित्र ‘पञ्चेबाजा’ को दोस्रो गीत सार्वजनिक भएको छ। फागुन ११ बाट सार्वजनिक हुन लागेको यो चलचित्रको गीतमा अभिनेता कर्मा शाक्य, सौगात मल्ल र जस्मिन श्रेष्ठलाई दृश्यांकन गरिएको छ। गीतमा सविन एकतारेको शब्द तथा कालीप्रसाद बास्कोटाको संगीत छ। फिल्मको यस गीतमा राहुल विश्वासको स्वर सुन्न सकिन्छ। घनश्याम लामिछानेको निर्देशनमा बनेको चलचित्रमा मा सौगात, कर्मा, जस्मिनसँगै बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सविन बास्तोला, युवराज भण्डारीलगायत कालाकारले अभिनय गरेका छन् । चलचित्रको यसअघि पहिलो गीत तथा ट्रेलर सार्वजनिक भइसकेको छ। source; nepaljapan.com
चलचित्र ‘हुर्रे’ को ट्रेलर सार्वजनिक
फागुन २५ गतेलाई प्रदर्शन मिति तय भएको चलचित्र ‘हुर्रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा प्रेम, वियोग र कमेडी पक्षलाई देखाईएको छ ।यम थापाको लेखन निर्देशनमा तयार रहेको चलचित्रलाई दावा शेर्पा, सोनम लामा र छिरिङ दोर्जेले निर्माण गरेका हुन । चलचित्रलाई चन्दन दत्तले सम्पादन गरेका छन् । सार्वजनिक ट्रेलरमा नायिका केकी अधिकारी, नायक अनुपविक्रम शाही, कलाकारहरु राजाराम पौडेल, अंकित खड्का, विजय बराल, संगीता नापितलाई देखाईएको छ । साथै संगीतकार राजनराज सिवाकोटी पनि अटाएका छन् । source; nepaljapan.com
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम