मुख्य समाचार

एक्स–रे मेसिन प्रयोगविहीन, बिरामीलाई समस्या
X-ray machine unused, Patient in problem

पुष ३० –जनशक्तिको अभावमा पाँच महिनादेखि बैतडीको पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा रहेको एक्स–रे प्रयोगविहीन अवस्थामा थन्किएको छ ।

प्राथमिक स्वास्थ्यकेन्द्र पाटनमा रहेको एक्स–रे मेसिन सञ्चालन गर्ने जनशक्तिको अभाव हुँदा त्यत्तिकै थन्किएको हो । एक्स–रे मेसिन सञ्चालनमा नआउँदा बिरामी समस्यामा परेका छन् ।

पाटन प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट लोकेन्द्र ऐरका अनुसार एक्स–रे मेसिन जडान गरेको दिनदेखि एक दिन पनि सञ्चालनमा आएको छैन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितलाई लक्षित गर्दै एक्स–रे मेसिन आएको भए पनि जनशक्ति नहुँदा त्यत्तिकै थन्किएको हो । उहाँले भन्नुभयो, “एक्स–रे सञ्चालन गर्ने रेडियोग्राफर नहँुदा एक्स–रे मेसिन सञ्चालनमा आउन सकेको छैन, दरबन्दी छैन, अरु तालीमप्राप्त जनशक्ति छैन ।”

उता केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका लागि एक्स–रे पनि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमै थन्किएको छ । एक्स–रे मेसिन आएको पत्र मात्रै प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेको र एक्स–रे अहिलेसम्म पाटनमै थन्किएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट मुकेश दयालले जानकारी दिनुभयो । एक्स–रे सञ्चालन गर्ने जनशक्ति मेलौलीमा पनि छैन । उहाँले भन्नुभयो, “भएका एक्स–रे मेसिनसमेत सञ्चालन नआउँदा सामान्य चोटपटक लागेको बिरामीले जिल्ला अस्पताल, उपक्षेत्रीय अस्पताल डडेल्धुरा र सीमावर्ती भारतीय अस्पताल धाउनु परेको छ ।”

स्वास्थ्य बीमा कार्यक्रमले बैतडीको हकमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई उपचार सेवा दिने अस्पतालमा सूचीकृत गरेको छ । स्वास्थ्य बीमाअन्तर्गत एक्स–रे सेवासमेत राखिएको छ । तर जनशक्ति अभावमा सेवा शुरु हुन सकेको छैन ।बैतडीमा विसं २०७३ पुस ७ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, दुई घर जले
ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार अपरान्ह भएको आगलागीमा २ घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार एकै परिवारका दुई दाजुभाई फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइन स्थित डिकहादुर खवास र दिलबहादुर खवासको घर जलेर नष्ट भएको हो। अहिले फुङलिङ नगरपालिको दकमल, नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन्। प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगो नियन्त्रण उन्मुख रहेको बताए। अगलागीको कारण खुलेको छैन। कुनै मानवीय क्षति नभएपनि आगो पूर्ण नियन्त्रणमा आउन केहि समय लाग्ने प्रहरीले बताएको छ। source; ...
पासपोर्ट भएका नेपालीको संख्या ५१ लाख
माघ ९ – डिसेम्बर २०१० देखि २०१७ सम्ममा ५१ लाख ५७ हजार ८ सय २६ नेपालीले राहदानी (पासपोर्ट) लिएको राहदानी विभागले बताएको छ । विभागले २०१० देखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । राहदानी लिनेमा ४० लाखले वैदेशिक रोजगारीका लागि उक्त राहदानी लिएका छन् । यकिन तथ्यांक नभएपनि श्रम स्विकृती लिएर विदेश जानेको संख्या ४० लाख रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठले बताए । त्यसैगरी अध्ययनका लागि जाने विद्यार्थीको संख्या करिब ३ लाख छ । नो अब्जेक्सन लेटर (अध्ययन अनुमति) लिने विद्यार्थी संख्यालाई ...
क्यान्सरपीडित बञ्जाडेलाई ३ लाख सहयोग
माघ ९ – चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचाररत अर्घाखाँची, भूमिकास्थान नगरपालिका-४ सानाऔवलका अमर बञ्जाडेलाई युनाइटेड अरब इमिरेट्स (यूएई)मा कार्यरत नेपालीहरूले ३ लाख ३ हजार १८६ रूपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । अर्घाखाँची सम्पर्क समिति यूएई र श्री शान्ति उच्च मावि भूतपूर्व विद्यार्थी संघको पहलमा रकम संकलन गरिएको थियो । आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएपछि अमरले सहयोगका लागि आह्वान गरेका थिए । source; nepaljapan.com
सत्तरी वर्षमा लाइसेन्स
काठमाडौं : सूर्यविनायक नगरपालिकाका–७ गुण्डुका पूर्णबहादुर बस्नेतले ७० वर्षको उमेरमा स्कुटर चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका छन् । आइतबारै लिखित परीक्षा उत्तीर्ण गरेका बस्नेतले मंगलबार प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गरे । प्रतिनिधिसभा सदस्य महेश बस्नेतका पिता पूर्णबहादुरले ३९ वर्षदेखि साइकल चलाउँदै आएका थिए । दुई वर्षअघि नातिनीको स्कुटर चलाउन थालेका उनले अब स्कुटरमा श्रीमतीलाई राखेर धार्मिक मठमन्दिरमा जान सजिलो भएको बताए । कुनै घटना भइहाले पूर्वमन्त्री एवं सांसदका बाबुले लाइसेन्सबिनै स्कुटी चलाएको खबर आउने भनेर छोराले सुझाएपछि लाइसेन्स परीक्षामा सहभागी भएको उनको भनाइ थियो । source; annapurnanews.com
रौतहटमा ८ वर्षीय बालकको बिभत्स हत्या : तीन पक्राउ
रौतहट : राजपुर नगरपालिकाको बैरीया बलुवाटोलमा एक बालकको बिभत्स हत्या भएको छ। मंगलबार बिहान बालवाटोलका ८ वर्षीय मफजुल देवानको घाटी काटेर हत्या भएको स्थानीयले बताएका छन्। स्थानीयले बिहान ११ बजेतिर गाउँ नजिकैको बगैंचामा बालकको शव भेटेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले बालक हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। बालक हत्या घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजकुमार दानीले जानकारी दिए। source; annapurnanews.com
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम