मुख्य समाचार
प्रवास
। कुवेतमा आप्रवासी श्रमिकहरू बस्ने क्याम्पमा आगलागीमा परी पाँच जना नेपाली घाइते भएका छन् । कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा बुधवार बिहान ४ः ३० बजे आगलागीमा परेर पाच जना नेपाली श्रमिक घाइते भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावसका अनुसार दुईजना सुरक्षित भएको र बाँकी तीन जना सामान्य छन् । आगलागीबाट शिवशंकर पासवान र दोर्जे लामा घाइते ...
। गुल्मीको मालिका गाउँपालिका–८ का २३ वर्षीय टेकराज घिमिरे रोजगारीका लागि २०७९ सालको असारमा मलेशिया पुगे । मलेशियाको गेन्टिङ हाइल्याण्डस्थित होटलमा काम गर्दा एक चिनियाँ नियमित आउँथे । हरेक दिनजसो आइरहने ती चिनियाँ ग्राहकले एकदिन तनाव कम गर्ने भनेर औषधि खान दिए र साथमा केही सामान पनि आफूसँग राखिदिन भनेर आग्रह गरे । चिनियाँ ग्राहककै आग्रहमा ...
: गोरखा छेकम्पारका दुई युवालाई तिब्बत प्रहरीले पक्राउ गरेको छ। चुमनुब्री गाउँपालिका-७ (साविक छेकम्पार गाविस) स्थित लामागाउँका कर्मा राप्के लामा र छुले गाउँका कर्मा छेदेन लामालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु दुवैजना अन्दाजी ३० बर्षका युवाहरु हुन्। करिब डेढ महिनाअघि दुवै जनालाई तिब्बती प्रहरीले तिब्बती भूमिबाटै पक्राउ गरेको स्थानीयबासीले बताएका छन्। तिब्बती पक्षबाट टेलिफोन सम्पर्क गरी ...
न्यूयोर्क । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन । उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन। शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा १४६ मत प्राप्त गर्दै विजयी भइन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् । नेपालको तर्फबाट ...
। मौसमी कामदारको रुपमा दक्षिण कोरियामा गएका नेपाली सहितका प्रवासी मजदुरहरुमाथि श्रम शोषण भएको पाइएको छ । दक्षिण कोरियामा नेपालसहित फिलिपिन्स, भियतनाम, मंगोलिया, लाओस, कम्बोडिया, उज्बेकिस्तान, थाइल्याण्ड लगायत देशबाट मौसमी कामदारहरुलाई लैजाने गरिएको छ । ती कामदारहरु धेरैजसो कृषि क्षेत्रमा छन् । द डनका अनुसार थम्प्सन रोयटर्स फाउन्डेसनले गरेको अनुसन्धानको क्रममा करिब एक दर्जन कामदारहरुसँग उनीहरुको अनुभवबारे ...
: अलपत्र परेका नेपालीहरूका लागि साउदी सरकारले बहिर्गमन भिसा जारी गरेको छ। नेपाली दूतावास रियादको सहयोगमा साउदी सरकारले एकै दिन १७८ जना नेपालीको बहिर्गमन भिसा जारी गरेको हो। उनीहरू सहजैरूपमा स्वदेश फिर्ता हुने भएका छन्। उनीहरूले ६० दिनभित्र साउदी अरेबिया छोड्नु व्यवस्था छ । बहिर्गमन भिसाबाबारेमा नेपाली दूतावास रियादले नेपाली कामदारको लागि सूचना जारी गर्दै ...
— रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएका नेपालीहरूका बारे सरकार अझै बेखबर छ । सरकारले रुसी पक्षबाट युक्रेनसँगको युद्धमा जेठ १ सम्म २३ जनाको मृत्यु भएको तथा ५ जना युक्रेनी सेनाको कब्जामा रहेको पत्ता लगाए पनि थप विषयमा कुनै पनि जानकारी पाएको छैन । रुसी सेनामा कति नेपाली भर्ती भएका छन् र मृत्यु हुनेको संख्या कति पुग्यो ...
: रोजगारीका लागि कुबेत पुगेकी उत्तरगया गाउँपालिका –४ की २९ वर्षीया कमला वाइवा ११ दिनदेखि हराइरहेकी छन्। उनको खोजी कार्य गरिदिन आफन्तले अनुरोध गरेका छन् । रोजगारीका लागि २१ महिनाअघि कुवेत पुगेकी कमला वाइवा बेपत्ता भएपछि खोजी कार्य जारी रहेको छ । परिवारले खोजीका लागि सामाजिक अभियन्ता सावित्री अधिकारीलाई र सबै सञ्चार माध्यमममा अनुरोध गरेका ...
: आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ । सो अवधिमा आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कले देखाएको छ। गत तीन वर्षको श्रमिकको मृत्यु दर विश्लेषण गर्दा २०७७/७८ को तुलनामा २०७८/७९ मा पाँच प्रतिशत वृद्धि भएको र २०७८/७९ को ...
: बेलायतको लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट मेयर निर्वाचित भएका छन्। एक साताअघि सम्पन्न बरोको साधारणसभामार्फत् सर्वसम्मत रुपमा मेयर निर्वाचित उनले बुधबार एक विशेष समारोहबीच शपथग्रहण गरे। वुल्लीचस्थित ग्रीनवीच टाउन हलमा आयोजित समारोहमा उपस्थित विशिष्ट अतिथिहरुमाझ रानाभाटले एक वर्षे कार्यकालका लागि मेयरको शपथ लिए। बरोका निवर्तमान मेयर काउन्सिलर डा डोमिनिक एमब्याङले मेयरले ...
: रोजगारीका लागि कुबेत पुगेकी उत्तरगया गाउँपालिका –४ की २९ वर्षीया कमला वाइवा ११ दिनदेखि हराइरहेकी छन्। उनको खोजी कार्य गरिदिन आफन्तले अनुरोध गरेका छन् । रोजगारीका लागि २१ महिनाअघि कुवेत पुगेकी कमला वाइवा बेपत्ता भएपछि खोजी कार्य जारी रहेको छ । परिवारले खोजीका लागि सामाजिक अभियन्ता सावित्री अधिकारीलाई र सबै सञ्चार माध्यमममा अनुरोध गरेका ...
— इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ । दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको बताउँदै अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल ...
: सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो ...
— युनाईटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको ...
— नेपाली कला साहित्यलाई केन्द्रविन्दुमा राखेर लन्डनमा तीन दिने ‘प्यालेट र प्रोज’ कार्यक्रम भएको छ । लन्डनस्थित युनिभर्सल पिस फेडेरेसनको मुख्यालयमा कला प्रदर्शनी र पुस्तक हस्ताक्षर कार्यक्रम आयोजना गरिएको हो । १६ अप्रिलदेखि सुरु भएको कार्यक्रम बिहीबार १८ अप्रिलमा सकिँदै छ । कार्यक्रमको पहिलो दिन कलाकार पी. सिंह र रोस्लिन सिंहका मनमोहक कलाकृतिहरू प्रदर्शन र ...
— लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बेलायती दूतावासले आफ्नो देश नेपालमा लगानी बढाउन तयार भएको बताएको छ । ‘हामी नेपालमा लगानी गर्ने अवसर खोजिरहेका छौं र बढाउन तया पनि छौं,’ नेपालका लागि बेलायती राजदूत रब फेनले भने, ‘तर, त्यसका लागि सरकारले लगानीमैत्री बातावरण बनाउन पर्छ ।’ बेलायतमा पढेर आएका नेपालीहरुको संगठन ‘अबान’को छब्बीसौं वर्षगाँठ मनाउन ...
First Prev ... 6 7 8 9 10 11 12 13 14 15 16 ... Next Last