मुख्य समाचार
प्रवास
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...
: अमेरिकाले अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लोपटक अमेरिकाले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा जिसी, भण्डारी, बुढा, कुसारी, बस्नेत र बानियाँ थरीका एक-एक जना रहेका छन्। एयर इन्डियाको विमानबाट उनीहरूलाई नेपाल फर्काइएको हो। स्रोतका अनुसार ...
। रुसी सेनामा भर्ती भई युद्धमा ज्यान गुमाएका र घाइते भएका नेपालीका परिवारहरु क्षतिपूर्ति लिन मस्को पुगेका छन् । क्षतिपूर्ति पाउने नेपाली परिवारहरु कति संख्यामा छन् भन्ने अहिले नै स्पष्ट भइसकेको छैन । तर क्षतिपूर्ति दाबी र बेपत्तालाई खोज्दै करिब एक दर्जन हाराहारी व्यक्तिका नातेदार मस्को पुगेको अनुमान छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले अनलाइनखबरसँग भने, ...
: वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका विभिन्न कारणले मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको छ। साउदीस्थित नेपाली दूतावासका अनुसार गत साउनदेखि चैत १० सम्म मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको हो। नौ महिनाभित्र विभिन्न कारणले मृत्यु भएका १ सय ३६ नेपालीको शवमध्ये १२१ वटा नेपाल पठाइएको छ। ...
: अपराधमा संलग्न एक नेपालीलाई अष्ट्रेलियाले निष्कासन गरेको छ। घरेलु हिंसामा संलग्न ती नेपालीलाई अष्ट्रेलियाको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा थापा थरीका एक जना रहेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार थापालाई गत साता नेपाल फर्काइएको हो। उनलाई थाइ एयरको जहाजबाट काठमाडौं नेपाल फर्काइएको हो। 'घरेलु हिंसामा मुछिएका थापालाई त्यहाँको प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। आवश्यक ...
: वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको मलेसियाले नेपालीमाथि ठूलो धरपकड गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेर बसिरहेका नेपालीमाथि मलेसिया सरकारले धरपकड गरेको हो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाको अध्यागमनले एकैपटक २६ जना नेपालीलाई निष्कासन गरेको छ। गत साता उनीहरूलाई मालिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो। निष्कासनमा पर्नेमा सरदार, साह, राउत, श्रेष्ठ, कार्की, विक, सुडी, सहनी, बटार, राई, ...
: अमेरिकाले थप तीन जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका प्रवेश गरेका ती नेपालीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा विष्ट, तामाङ र होली थरीका एक-एक जना रहेका छन्। स्रोतका अनुसार उनीहरूलाई एयर इन्डियाको जहाजबाट यसै साता नेपाल फर्काइएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिअन्तर्गत पछिल्लो समय अमेरिकाले अवैध आप्रवासीहरूलाई धमाधम पक्राउ गरी निष्कासन गर्न ...
: वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया ज्यान गुमाएका रौतहट भवानीपुरका बिनोद चौधरीको परिवारलाई ४ लाख २५ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरिएको छ। मृतक चौधरी अरबको दमाममा गत मार्च ७ तारिखका दिन आफ्नै क्याम्पमा सुतिरहेको अवस्थामा निधन भएको थियो। मृतक चौधरीलाई कम्पनीमा कार्यरत कामदारहरूले सकेको आर्थिक सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरिएको हो। ४० वर्षीय ...
: मलेसियाले अध्यागमन कानुन उल्लंघन गर्ने ८ जना नेपालीलाई निष्कासन गरेको छ। निष्कासनमा पर्नेमा तामाङ, कार्की, विक, कोइरी, कहर, विस्ट, यादव र केसी थरी एक-एक जना रहेका छन्। उनीहरूलाई गत साता मालिन्दो एयरलायन्सको जहाजबाट नेपाल फर्काइएको हो। उनीहरूले मलेसियामा लुकीछिपी काम गरेको पाइएपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गरी नेपाल निष्कासन गरिएको ...
: वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेर सम्पर्कविहीन रहेका रुकुम सिस्ने गाउँपालिका-६ का ३६ वर्षीय विनोद केसी साउदीको शुमैसी जेलमा भेटिएका छन्। नेपाली वाणिज्य दूत सिर्जना अधिकारीका अनुसार केसीलाई २०२४ जुलाई १० मा जेद्दा शहरको अल अजीजियाह जिल्लाको नर्थवर्न प्रहरी चौकीले पक्राउ गरी उनलाई शुमैसी जेलमा पठाएको र अब उनलाई भेट्न अनुमतिका लागि सम्बन्धित निकायमा आवेदन ...
: मलेसियामा अवैधरूपमा काम गरिरहेका तीन जना नेपाली पक्राउ परेका छन्। मलेसियाको अध्यागमन प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गरी नेपाल निष्कासन गरिएको छ। निष्कासनमा पर्नेमा ओली, आले र गोतामे थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई यसै साता मालिन्दो एयरको विमानबाट नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ। उनीहरूले मलेसियामा लुकीछिपी काम गरेको पाइएपछि ...
 : वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका झापा बुधबारेका ख्यामराज प्रधानको सन् २०१९ मा मृत्‍यु भयो । प्रधान दुबईको एक स्टिल प्रशोधन कम्पनीमा काम गर्थे । काम गर्दागर्दै कार्यस्थलमै दुर्घटना भएर उनको मृत्‍यु भएको थियो । प्रधानको मृत्‍यु भएको पाँच वर्षभन्दा बढी भयो, तर परिवारले प्राप्त गर्नुपर्ने ब्लडमनी अझैसम्म पाएको छैन । त्यसका लागि प्रधानका परिवारले दूतावासका जनसम्पर्क ...
: गैरकानुनी तरिकाले बसिरहेका आप्रवासीमाथि अमेरिका कठोर बन्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको नयाँ नीति कार्यान्वयन गर्न अमेरिका कठोर बन्दै गएको हो। अमेरिकाको आइसीई प्रहरीले अवैध तरिकाले बसिरहेका नेपालीहरूलाई पनि निगरानीमा राखेको छ। पछिल्लो दुई महिनामा आइसीई प्रहरीले ४० बढी नेपालीलाई पक्राउ गरी अमेरिकाबाट निकालेको छ। हालैमात्र अमेरिकाको चार्टर जहाजमार्फत ११ नेपालीलाई काठमाडौं ...
: रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको रसिया र युक्रेनको लडाईँमा मृत्यु भएको छ। बुढाथोकीको मृत्युको खबरले परिवार शोकमा डुबेको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। २०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार थिए। पराजित बनेपछि उनी रसिया गएका थिए। पारिवारिक स्रोतका अनुसार २०८० असोजमा बुढाथोकी ...