मुख्य समाचार
प्रवास
— रोजगारीका लागि विदेश जान भनेर रकम बुझाएका नेपाली युवा अहिले दिल्लीमा अलपत्र परेका छन् । गन्तव्य मुलुकमा उड्न नपाई उनीहरू यहाँ अलपत्र परेका हुन् । उनीहरूले मानव तस्करको जालोमा परेर आफूहरू ठगिनुपरेको दुखेसो गरेका छन् । कञ्चनपुरका जयदेव (नाम परिवर्तन) त्यस्तै अलपत्र परेकामध्ये एक हुन् । उनी दिल्लीमा अलपत्र परेको ५ महिना भयो । ‘विदेश उड्न पाउने आस गर्दै यता ...
— सिक्किम बाढीमा हराएका इलामका केही श्रमिकमध्ये पाँच श्रमिक खोजीका लागि प्रशासनले पहल सुरु गरेको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सिक्किम पहिरोमा हराएकामध्ये पाँच जनाको मात्रै पहिचान भई खोजबिनका लागि सिक्किम सरकारसँग समन्वय भइरहेको जनाएका छन् । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार ४० वर्षीय सेनबहादुर कार्की, ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, ...
— हामी सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुलाई सोमबार रातिबाट रामेत नागेभको कृषि फार्ममा ल्याएर राखिएको छ । हामी तलबाट आउने आतंककारीलाई होल्ड गर्न सक्छौं । माथिबाट आउने मिसाइल हो । साथीहरु भए जस्तै पनि हुन सक्छ । बाँच्न पनि सकिन्छ । मर्न पनि सकिन्छ । दूतावासमा फोन गर्दा हरेक समय चनाखो भएर बस्नु भनेको छ । हामीसँगै ल्याएको ...
— इजरायलको जोखिम क्षेत्रमा रहेका थप ७२ जना नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । इजरायलस्थित नेपाली राजदूतावासले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उत्तरी सिमाना आसपासमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई अझ सुरक्षित ठाउँमा सारिएको हो । यसअघि सोमबार इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै (५५ जना) नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा ...
— हामी १७ जना साथीहरू दक्षिण इजरायलको सेदोत नेगेभको किवुज अलुमिनको बासस्थानमा सुतिरहेका थियौँ । शनिबार बिदा थियो‚ ड्युटी थिएन । बिदाको दिन खासै चहलपहल हुँदैन । हामी तलबको प्रतिक्षामा थियौँ । साथमा पैसा पनि थिएन । बाहिर हिँडडुल गर्ने योजनामा पनि थिएनौं । बिहान ६ बजेसम्म उठेका थिएनौं । हामी बसेको ठाउँ इजरायल र गाजाको ...
— इजरायलमा रहेका नेपालीहरूले आफूहरू उद्धारको पर्खाइमा रहेको बताएका छन् । गैरआवासीय नेपाली संघका पदाधिकारीहरूले सम्पर्क गरेर उद्धारका पहल भइरहेकाले जानकारी दिएकाले आफूहरू प्रतीक्षामा रहेको विद्यार्थी नारायण भुसालले जानकारी दिए । ‘हामी अब तेल अभिभ जाँदै छौं‚’ इजरायलबाट भर्खरै कान्तिपुरसँग कुरा गर्दै नेपाली विद्यार्थी भुसालले भने, ‘एनआरएनएका दाइहरूले तयारी अवस्थामा बस्नुस् भन्नुभएको छ, कतै सुरक्षित ठाउँमा ...
— सरकारले इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउनका लागि जहाज पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको विशेष बैठकले नेपाल फर्किन चाहनेका लागि जहाज पठाउने निर्णय गरेको हो । अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरू नेपाल आउन चाहेमा सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा ...
— दक्षिण कोरियाको फाजु क्षेत्रमा लमजुङको सुन्दरबजार नगरपालिका–५, गहतेका ३५ वर्षीय गमबहादुर गुरुङको मृत्यु भएको छ । गहतेस्थित कालिका युवा क्लबका पूर्वअध्यक्ष समेत रहेका गुरुङ गत साता सम्पन्न लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशनबाट महासचिवमा निर्वाचित भएका थिए । उनको असोज १७ गते बुधबार निधन भएको पारिवारिक स्रोतले बताएको छ । लमजुङ परिवार दक्षिण कोरियाका अध्यक्ष ...
— दक्षिणी इजरायलको द्वन्द्वग्रस्त नेतिभोतबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका नेपाली विद्यार्थीहरू उद्धारमा ढिलाइ गरिएकोप्रति आक्रोशित देखिएका छन् । जीवन उच्च जोखिममा परेको चार दिन बितिसक्दा पनि उद्धार नगरेको भन्दै कृषि विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । इजरायलको सुरक्षित स्थान मानिएको रामत नेगेभको कृषि फार्ममा राखिएका ५५ नेपाली विद्यार्थी । उनीहरूलाई जोखिमयुक्त स्थान नेतिभोतको कृषि फार्मबाट सोमबार उद्धार गरिएको थियो । इजरायलको ...
: इलामबाट गएका १० जना नेपाली भारतमा बेपत्ता भएका बताइएको छ। इलाम नगरपालिका–९ का नेपालीहरु गत असोज १६ देखि सिक्किममा बेपत्ता भएका प्रारम्भिक जानकारी आएको राससमा उल्लेख छ। काम गर्न गएका उनीहरु असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएका हुन सक्ने स्थानीयको भनाइ छ। स्थानीय विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरु ...
: इजरायलको मिभ्टाहिम सहरको शोरासिम फर्ममा १८ जना नेपाली भोकभोकै बसिरहेका छन्। त्यहाँ रहेकी नेपाली विद्यार्थी कल्पना जोशीले सानो बंकरभित्र १८ जना नेपाली भोकभोकै रहेको बताइन्। 'हामी मिभ्टाहिम सहरको शोरासिम फर्ममा कार्यरत छौं। हिजो बिहानबाटै निद्रामै बंकरभित्र भागेका हौं, अहिले पनि बंकरमै छौं। सानो बंकरमा १८ जना छौं, ३ जना सुदूरपश्चिम विश्वविद्यालयका र १५ जना ...
: प्यालेस्टानी विद्रोही (हमास)को आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। सँगै गएका नेपाली विद्यार्थी नितिन भण्डारीका अनुसार अन्य चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन छन्। अन्य दुई जना भने सकुशल रहेको नितिनले जानकारी दिए। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू रहेको नितिनको भनाइ छ। मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष ...
: प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलविरुद्ध गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्। इजरायली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायणप्रसाद न्यौपाने, बाउनिया ३ कैलालीका आशिष चौधरी, जयपृथ्वी ६ बझाङका गणेशकुमार नेपाली, लेकाम ५ दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, सपही ६ धनुषाका आनन्द शाह, मधुवन १ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली डोटीका ...
: इजरायलस्थित नेपाली राजदूतावासले बंकरमा रहेका विपिन सुवेदीसहित पाँच जनाको उद्धार गर्ने तयारी गरेको छ। एनआरएनए इजरायलका अध्यक्षमा श्रीकृष्ण भण्डारीका अनुसार बेलुकासम्म नेपाली राजदूतावाससम्म उनीहरुको उद्धार गर्ने जानकारी दिए। नेपालीहरूलाई यथासक्य सुरक्षित क्षेत्रतिर सार्न विशेष पहल गर्न इजरायलस्थित नेपाली राजदूतावासलाई दबाब सिर्जना गरिरहेको उनको भनाई छ। ‘आज बेलुकासम्म नेपाली दूतावास र एनआरएन इजरायलको संयुक्त टोलीले ...
: इजरायलको युद्धग्रस्त क्षेत्रबाट ३२ जना नेपालीको उद्धार गरिएको छ। इजरायली सेनाले उनीहरूलाई उद्धार गरी सुरक्षित स्थान पुर्‍याएको छ। उद्धार गरिनेमा रमेशबहादुर भण्डारी, विनोदप्रसाद साह, आभास भट्टराई, नरेश सिंह भण्डारी, लोकन्द्र विस्ट, रोहित नायक, निरञ्जनकुमार कुश्वाहा, अरविन कुमार चौधरी, उपेन्द्र जिसी रहेका छन्। त्यस्तै ओमप्रकाश उपाध्याय, गणेश साउद, बादल सुवेदी, प्रविन बिसी, गणेश प्रसाद जोशी, नविन ...
: इजरायलबाट नेपाल फर्किनका लागि दुई सय जनाभन्दा बढीले आवेदन दिएका छन्। तेल अविवस्थित नेपाली दूतावासले सोमबार साँझसम्म दुई सयभन्दा बढीले आवेदन दिएको जानकारी दिएको छ। शनिबार विहान प्यालेस्टाइन विद्रोही हमासको आक्रमणमा परी दस जना नेपालीको मृत्यु भएको छ। लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका नेपाली विद्यार्थीहरू बसेको कृषि फार्ममा विद्रोही आक्रमणबाट चार जना घाइते ...