मुख्य समाचार
प्रवास
: स्थायी बसोबास अनुमति प्राप्त नभइ अस्थायी संरक्षित स्थिति (टीपीएस)को आधारमा अमेरिका बसिरहेका नेपाली नागरिकले तत्काल अमेरिका छाड्न नपर्ने भएको छ । अधिकार प्राप्त सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटीले टीपीएस नविकरण नगर्ने घोषणा गरेसँगै टीपीएसमा रहेका धेरै नेपाली अमेरिका छाड्ने अवस्थामा पुगेका थिए । तर, अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोस्थित एक संघीय अदालतमा टीपीएससको निरन्तरताको मागसहित मुद्दा ...
वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेर सम्बन्धित कम्पनीबाट भागेर साउदी सरकारको कानुन नियम विपरीत काम गरि जेल सजाय भोगेका ६५ जना नेपालीलाई साउदी सरकारले आममाफी दिएको छ। दूतावास रियादका अनुसार पवित्र महिना रमजान १४४६ को अवसर पारी साउदीको जेलमा रहेका ६५ जना नेपालीलाई साउदीले सरकारले दूतावासलाई लिखित रूपमा सूचना दिई आममाफी दिएको जानकारी गराएको छ ...
। पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका एक हजार ४०१ जनाको शव परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीहरूको शव सम्बन्धित परिवारलाई बुझाइएको जनाएको हो । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी मृत्यु हुनेमा २६ देखि ३० वर्ष उमेर समूहका युवाहरू रहेका छन् । यस उमेर ...
— एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित भएका छन् । निवर्तमान महासचिव कुँवरले अध्यक्षका प्रत्यासी भैरव ढकाल र संजीव गोर्खाली ढकाललाई पराजित गर्दै अध्यक्षमा जित हासिल गरेका हुन् । एनआरएनए अस्ट्रेलियाले शनिबार अनलाइनमार्फत ६ राज्य तथा दुई टेरिटोरीमा निर्वाचन सम्पन्न गरेको थियो । करिब १६ हजार मतमध्ये १३ हजार ७ सय १ मत खसेको थियो ...
— विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि भारत सरकारलाई अनुरोध गरी भारतीय नागरिकलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन ...
। इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फर्केका छन् । अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा ८ साउनमा (हिजो ) उनीहरु काठमाडौं आएका हुन् । परराष्ट मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर उनीहरु फर्केको जानकारी गराएको हो । इजरायल र इरानबीच भएको युद्धविराम पश्चात स्थिति क्रमश: सहज हुँदै ...
— जमिनमुनिबाट कच्चा तेलको लेदो (क्रुड) तान्ने मेसिन (डगी पम्प) निरन्तर चलिरहेको छ । ढिकीले धान कुटेझैं मेसिनले तेल तान्दै प्रशोधनका लागि पाइपमार्फत ट्यांकीतिर पठाइरहन्छ । मेसिन सुरुमा ‘स्टार्ट’ गर्न मात्र बिजुली आवश्यक पर्छ, त्यसपछि आफैं चलिरहन्छ । मेसिनले एक पटक जमिनमुनिबाट तेल तानेर पाइपमा फाल्न १० सेकेन्ड लाग्छ । यही गतिमा मेसिन २४ घण्टै चलिरहन्छ । यो दृश्य बहराइनको राजधानी ...
: बाढीका कारण केरुङमा रोकिएका नेपाली आज तातोपानी नाकाबाट नेपाल फर्कने भएका छन्। गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए। नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट नेपाल फर्काउन लागिएको हो। चीनमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार नेपाल फर्कनेमा सवारी चालक र ...
: संयुक्त अरब इमिरेट्स (युएई)ले १२० जना नेपालीलाई आममाफी दिएका छन्। इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल-अदाहको अवसरमा युएईको जेलमा रहेका १२० जना नेपालीलाई आममाफी दिएको हो। युएईस्थित नेपाली राजदूतावासले उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको जानकारी दिएको छ। दूतावासले विज्ञप्ति जारी गरेर युएई सरकारलाई धन्यवाद दिएको छ। वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपालीहरूले विभिन्न ...
। विभिन्न घटनामा परेर यूएईको जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन् । ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल-अदाहका अवसरमा यूएई सरकारले एक सय २० नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो । यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न कसुरमा सजाय काटिरहेका नेपालीलाई त्यहाँको सरकारले बाँकी सजाय माफ ...
। अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, २५ जेठमा ३७ नेपाली डिपोर्ट भएर आएयता नियमित जसो एक/दुई जना नेपाली डिपोर्ट भएर आइरहेका छन् । ‘त्यसबेला चाहिँ अमेरिकाले चार्टर्ड विमानमै उनीहरुलाई पठाएको थियो’, उनले अनलाइनखबरसँग भने, ‘अहिले नियमितजसो एक/दुई जना नेपाली नियमित उडानमार्फत फर्किइरहेका छन् ।’ उनका अनुसार, त्यसपछिको ...
। अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो । दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको ठेगाना खुलेको छैन । लुइजियाना राज्य प्रहरीलाई उद्धृत गर्दै स्थानीय एक अनलाइनले लेखेको समाचारअनुसार असार २९ गते ...
: मलेसियाले एकैपटक १५ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा मलेसियाले उनीहरूलाई निष्कासन गरेको हो। निष्कासन गरिनेमा सोनालाल सहनी, मेखबहादु तामाङ, राधाकृष्ण चौधरी, भिखारी चौधरी, उमेशप्रसाद राजबंशी, भीमप्रसाद घिमिरे, ललित राना, दिनेश प्रजा, खुमन आले मगर, मधु विक, सजिद मियाँ, बचेलाल पटेल, अनिल कुमार साह, बुद्धबहादुर नेपाली र मरेन्द्र बानियाँ रहेका छन्। उनीहरूलाई ...
: वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबिया पुगेका एकै कम्पनीका ४६९ जना अलपत्र परेका नेपालीमध्ये २ सय ६२ जना स्वदेश फिर्ता भएका छन् । साउदी अरबको जुबेल सहरमा रहेको सेन्दान इन्टरनेशनल कम्पनी लिमिटेड नामक कम्पनी बन्द भएपछि उनीहरू अलपत्र परेका थिए । नेपाली दूतावासका अनुसार अलपत्र ४६९ जनाले आफूहरू कम्पनी ...
: दक्षिण कोरियाले थप दुई जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा कोरियाले उनीहरूलाई निष्कासन गरेको हो। निष्कासन गरिनेमा सुलभ राई र निर्मल कुमार पाण्डे रहेका छन्। उनीहरूलाई गत साता काठमाडौं फर्काइएको हो। स्रोतका अनुसार राईलाई थाइ एयरको विमान र पाण्डेलाई कोरियन एयरलायन्सको विमानबाट फर्काइएको हो। यसअघि पनि गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालीहरूलाई ...
: बेलायतमा ज्यान गुमाएका दुई नेपाली युवाको एकैदिन लन्डनमा अन्त्येष्टि गरिएको छ। गत जुन १४ तारिखमा लन्डनको वेम्बली स्टेडियमभित्र कार्यस्थलमै मृत भेटिएका २७ वर्षीय विपिन न्यौपाने र गत अप्रिल २८ तारिखमा लन्डन थेम्स नदीकिनारमा शव फेला परेका २० वर्षीय सुशान ओलीको लन्डनका दुई छुट्टा-छु्टै क्रिमेटोरियममा एकैदिन अन्त्येष्टि भएको हो । गुल्मीको जोहाङ पुख्र्यौली र ...
First Prev 1 2 3 4 5 6 7 ... Next Last