मुख्य समाचार
प्रवास
। सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा हालसम्म ७ नेपाली पक्राउ परेका छन् । इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने, सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले हालसम्म ७ जना नेपालीलाई पक्राउ गरेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर ...
। इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति अमृत झा रहेको बताइएको छ । परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको बताएका हुन् ...
। कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो । दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु हुन् । दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उनीहरुलाई उद्दार ...
— पश्चिम एशियामा जारी युद्धसम्बन्धी 'भ्रामक सामग्री' सामाजिक सञ्जालमा सेयर गरेको आरोपमा संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा कम्तीमा ७ नेपाली पक्राउ परेका छन्। यूएई र साउदीमा ३–३ जना तथा कुवेतमा १ जना पक्राउ परेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार दूतावासहरूले बारम्बार सचेत गराउँदा पनि अपुष्ट सामग्री पोस्ट गर्नेक्रम रोकिएको छैन। यूएईको कानुनअनुसार यस्तो कार्यमा संलग्नलाई ...
। बेलायतको सर्वदलीय संसदीय समिति (अल पार्टी पार्लियामेन्ट्री ग्रुप) नेपाल आवद्ध १९ जना सांसदले गोर्खाहरूको सेवा र बलिदानलाई सम्मान गर्दै उनीहरुका मुद्दा सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेका छन् । अल्डरसट र फार्नबरो क्षेत्रकी सांसद एवं अल पार्टी पार्लियामेन्ट्री ग्रुप नेपाल अध्यक्ष एलेक्स बेकरसहितका सांसदहरुले बेलायती भेट्रान मन्त्री लुइस स्यान्डर जोन्सलाई सोमबार एक पत्र लेख्दै सो आग्रह ...
— उच्च पदस्थ अधिकारीलाई धम्की दिएको आरोपमा फिलिपिन्सबाट पक्राउ गरी ल्याइएका प्रकाश पाठकको सम्बन्ध भ्रष्टाचारमा मुछिएका नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक प्रदीप अधिकारीसँग समेत भएको देखिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा भक्तपुरको नलिन्चोकमा हेलीप्याड निर्माण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा चलेका अधिकारीको सम्पर्क पाठकसँग रहेको देखिएको हो । जिल्ला प्रहरी ...
: कतारबाट घर फर्किन चाहने नेपाली नागरिकलाई सम्पर्कमा आउन त्यहाँस्थित नेपाली दूताबासले आग्रह गरेको छ । मध्य पूर्वको वर्तमान विषय परिस्थितिलाई मध्यनजर गर्दै नेपाली दूतावासले नेपाली नागरिकलाई यस्तो आग्रह गरेको । दूतावासले शनिबार एक सूचना जारी गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने वैध आवासीय अनुमति पत्र (कतार आइडी) भएका नेपाली नागरिकहरुलाई दोहास्थित ताशिर साउदी ...
। मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै यूएईमा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना नेपाली पनि रहेको बताइएको छ । गल्फन्युजमा सार्वजनिक समाचारअनुसार १० जनामध्ये एक जना नेपाली पनि छन् । जसमा आँखा छोपिएको अवस्थामा तस्वीर पनि सार्वजनिक छन् । तर, अन्य परिचय भने खुलाइएको छैन । युएईका महान्यायाधिवक्ता हमाद ...
। मध्यपूर्वमा जारी तनावबीच कतारको दोहास्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन आग्रह गरेको छ । दोहास्थित नेपाल दूतावासले शनिबार एक विशेष अनुरोध जारी गर्दै ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसा आवेदन दिन भनेको हो । दूतावासको सूचना अनुसार, साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल जान चाहने कतार आइडी भएका नेपालीले आवेदन दिन सक्नेछन् । थन ...
: साउथर्न लेबनानस्थित नेपाली शान्ति सेनाको हेड क्वार्टरमा आक्रमण भएको छ । शुक्रबार बेलुका इजरायल सीमा नजिकको नेपाली शान्ति सेनाको बटालियन हेड क्वार्टरको भवन (घर) मा आक्रमण भए पनि कुनै मानवीय क्षति नभएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । इरान–इजरायल–अमेरिका युद्धको वर्तमान अवस्थामा नेपाली सेनाको टोली बंकरभित्र बसिरहेको समयमा आक्रमण भएका ...
। पोर्चुगलस्थित नेपाली राजदूतावासले नेपाली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई यहाँ पनि मान्यता दिन औपचारिक प्रस्ताव गरेको छ । बिहीबार नेपाली राजदूतावासका प्रतिनिधि र पोर्चुगलको यातायात संस्थानका विभाग प्रमुखबीच यस विषयमा छलफल भएको हो । पोर्चुगलको राजधानी लिस्वनस्थित पोर्चुगल सरकारको यातायात संस्थान (आइएमटी) को कार्यालयमा भएको दुईपक्षीय भेटवार्तामा नेपाली दूतावासका तर्फबाट नियोग उपप्रमुख शत्रुध्वन पोखरेल ...
। विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका २१ नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइको छ । विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिनाभिसा बसिरहेका २१ नेपालीलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैरआवासीय नेपाली सङ्घ कम्बोडियाको सहजीकरणमा ...
। इरानले आफ्ना तेल र ऊर्जा संरचनामा आक्रमण भए मध्यपूर्वमा अमेरिकाकालाई सहयोग गर्ने तेल कम्पनीहरूका ऊर्जा संरचनालाई निशाना बनाइने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य बलद्वारा इरानका लागि तेल निर्यातमा महत्वपूर्ण खार्ग द्वीपमा अवस्थित सबै सैन्य ठेगानाहरू पूर्णतया ध्वस्त गरिएको दाबी गरेपछि यस्तो चेतावनी आएको हो । अन्तरांष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इरानी ...
: इरान–अमेरिका तनावका कारण मध्यपूर्वका विभिन्न देशका ट्रान्जिटमा रहेका नेपालीहरूलाई उद्धार गर्न रकम अभाव भएको छ। आपतकालीन उद्धारका लागि परराष्ट्र मन्त्रालयमा छुट्टै कोष नभएकाले तत्काल उद्धार कार्यअघि बढाउन समस्या देखिएको हो। ती देशहरूमा रहेका नेपाली नियोगहरूमा पठाउनका लागि परराष्ट्र मन्त्रालयले १०–१० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउन सरकारसँग माग गरेको छ। मध्यपूर्वका १२ वटा देशका ...
— अमेरिका–इजरायल र इरानबीच युद्ध चर्कंदै जाँदा पश्चिम एसियामा रहेका नेपाली श्रमिकको सुरक्षा चिन्ता बढेको छ । यूएईमा इरानले गरेको ड्रोन हमलामा परी १७ फागुनमै एक नेपालीको मृत्यु भएको थियो, त्यसयता १५ नेपाली घाइते भइसकेका छन् । अमेरिकाले इरानमाथि हमला बढाइरहँदा इरानले पनि संयुक्त अरब इमिरेट्स (यूएई), कतार, बहराइन, कुवेत र ओमानमा मिसाइल र ड्रोन ...
: परराष्ट्र मन्त्रालयले इरानी आक्रमबाट युएईमा १५ जना नेपाली घाइते रहेको बताएको छ। बुधबार पत्रकार सम्मेलन आयोजना गरेर परराष्ट्र मन्त्रालयले उक्त जानकारी गराएको हो। मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार घाइतेमध्ये १४ जना नेपाली उपचार गरेर काममा फर्किसकेका छन्। उनीहरू ड्रोन आक्रमणमा परेर घाइते भएका थिए। सोही आक्रमणमा परेर एक जना नेपालीको निधनसमेत भएको थियो।
First Prev 1 2 3 4 5 6 7 8 ... Next Last