मुख्य समाचार
प्रवास
: इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न अनुरोध गरेको छ। आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गर्दै स्थानीय सुरक्षा प्रोटोकलहरू पालना गर्न,आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकारी रहन र आफ्नो सुरक्षामा ध्यान दिन अनुरोध गरेको हो। दूतावासले ...
: बेलायतमा नेपालकै झल्को दिलाउने लन्डन बिस्का जात्रा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ। पासा पुचः गुथि यूकेको आयोजनामा लन्डनको प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा सम्पन्न जात्रामा १७ सय बढी बेलायतवासी नेपाली सहभागी बने। जात्रामा लण्डन र आसपासबाहेक केन्ट, अल्डरसट, रेडिङ, बर्मिङहम, म्यान्चेस्टरदेखि स्कटल्याण्डबाट समेत सहभागीहरू आएका थिए। उनीहरूमध्ये झण्डै आधा गैरनेवार थिए। गैरनेवार समुदायका नेपालीसहित ...
। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन आग्रह गरेको हो । ‘इजरायलमाथि इरानी हमला सुरू भएको सन्दर्भमा हालै इजरायली होम ...
। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नगरेको बताएको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो । ‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरुलाई ...
। रूसी सेनाको पोशाकमा उभिएका श्रीमान्‌को फोटो हेरेर एकतमास टोलाइरहिन्छन्, बाग्लुङकी गीता घर्ती मगर । ह्वाट्सएपमा श्रीमान्‌सँग भएको अन्तिम संवाद सम्झिन्छिन् र आश गर्छिन्, ‘युद्ध मैदानमा फस्नुभएको होला, छिट्टै खबर आउला ।’ आखिर श्रीमान्‌ले पनि यसै भनेका थिए, ‘युद्ध क्षेत्रमा जाँदैछु, फोन लाग्दैन । फर्किन कति समय लाग्छ थाहा छैन, नआत्तिनू ।’ तर श्रीमान् सम्पर्कमा नआएको ५ ...
— भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्न लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार भएको त्रिपक्षीय वार्ता विना निष्कर्ष टुंगिएको छ । विभिन्न चरणको प्राविधिकस्तरको छलफल पछि भएको यसपटकको मन्त्रिस्तरीय वार्ता पेन्सनमा केन्द्रित भएपनि कुनै निचोड ननिस्किएको वार्ताका सहभागीले बताएका छन् । उक्त बैठकमा यसअघि भएका द्विपक्षीय समितिका बैठक तथा प्राविधिक तहमा भएको छलफलको संक्षिप्त समीक्षा गर्दै ...
— चिनियाँ आपराधिक समूहको जालोमा परेर म्यान्मार पुगेका १३ नेपालीको उद्धार गरिएको छ । म्यान्मारको विकट गाउँ पुर्‍याएर डिजिटल ठगी धन्दामा लगाएकामध्ये ती १३ जनालाई उद्धार गरी शुक्रबार नेपाल ल्याइएको हो । चिनियाँ आपराधिक समूहको फन्दामा लामो समयदेखि परेका उनीहरूलाई थाइल्यान्ड र म्यान्मारस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासले राजधानी ...
। दुई वर्षअघि घर छोड्दै गर्दा रुकुम मुसिकोटकी लीला बोहराले श्रीमान्लाई रोक्न खोजिन् । अनि माया भरिएको भावमा सम्झाएकी थिइन्– ‘घरमा साना बच्चा छन्, टाढाको बाटो यत्तिकै न हिंड्नुस् !’ तर गाउँ छिरेको अमेरिका जाने लहरले उनका श्रीमान् रमेश गौतमलाई रोक्न सकेन । सेनाको जागिर, श्रीमती र घरमा दुई साना सन्तान छोडेर उनले गाउँका युवाले जस्तै ...
। थाइल्याण्डमा अलपत्र बनेका १३ नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासले १३ जनाको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ । थाइल्याण्ड र म्यानमार सीमा नजिक म्यानमारको म्याबड्डीमा लामो समयदेखि समस्यामा परेका १३ जनाको उद्धार गरिएको हो । थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली दूतावास यांगोनको समन्वयमा उद्धार गरी ...
। आप्रवासन नीतिमा बदलावसँगै अष्ट्रेलियाले विद्यार्थी भिसामा पनि कडाइ गर्न थालेको छ । यसबाट वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीको ठूलो सङ्ख्या प्रभावित भएका छन् । तर, शैक्षिक तथा आर्थिक रूपमा सक्षम विद्यार्थीलाई अष्ट्रेलियाको भिसा पाउन समस्या नरहेको शैक्षिक परामर्शदाताहरू जिकिर गर्छन् । विद्यार्थी भिसालाई पढ्नेभन्दा अष्ट्रेलिया प्रवेश गर्न चाहने बाटो बनाउन चाहनेहरू यसबाट ...
— रुसी सेनामा भर्ती भएका थप १५ नेपालीको मृत्यु भएको छ । मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुसले नेपाल सरकारलाई आग्रह गरेको छ । मृत्यु भएका ती १५ जना पाँच महिनायता परिवारको सम्पर्कमा थिएनन् । रुस-युक्रेन युद्धमा थप १५ नेपालीको मृत्यु रुस सरकारले आधिकारिक मृत्यु ...
: विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका, नेपालीभाषीहरूको एक भेलाले सोमबार थाइल्याण्डको राजधानी बैंककमा एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको छ। विश्वभरका कम्तिमा २७ देशका नेपाली मूलका सामाजिक अभियन्ताहरूको प्रतिनिधित्व रहेको यस भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिँदै हालः अमेरिकामा बसोबास गर्दै आएका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरेको हो। भुटानमा ...
— रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भए पनि उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ । रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध गरेर ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ । ...
— युक्रेनले आफ्नो नियन्त्रणमा रहेका ५ नेपाली युद्धबन्दी सार्वजनिक गरेको छ । रुसी सेनामा भर्ती भई युद्ध लड्ने क्रममा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको हो । युक्रेनी सरकारको ‘ट्रिटमेन्ट अफ प्रिजनर्स अफ वार’ हेडक्वार्टरका संयोजक पेट्रो यात्सेन्कोले आफूहरूको नियन्त्रणमा नेपाली ५ तथा क्युबा, सोमालिया र सियरा लियोनका एक/एक नागरिक रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका ...
— शुक्लाफाँटा नगरपालिका-६ झलारीका सिजन बहादुर सिंहको जीवनमा पछिल्ला ७ महिनामा जे भयो, उनी कहिल्यै बिर्सन सक्दैनन् । मानव तस्करले देखाएको प्रलोभनमा परेर रुसी सेनामा भर्ती भएका उनी सात महिनापछि ज्यान जोगाएर फर्केर त आए, तर उनलाई एकातिर युद्ध मैदानको त्रासदी र अर्कोतिर रुस जाँदा र भागेर फर्किँदा लागेको ठुलो ऋणले अझैसम्म लखेटिरहेको छ । धनगढीमा ...
— रुसी सेनामा गैरकानुनी रूपमा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेका ५ नेपालीहरूलाई छुटाउनका लागि सरकारले निरन्तर पहल गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूलाई छुटाउन युक्रेनी पक्षसँग परराष्ट्र मन्त्रालयले आफ्ना संयन्त्रहरूमार्फत गृहकार्य गरिरहेको परराष्ट्रका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए । युद्धका क्रममा विभिन्न स्थानबाट कब्जामा लिइएका नेपालीहरूलाई युक्रेनले एकै स्थानमा भेला ...
First Prev ... 2 3 4 5 6 7 8 9 10 11 12 ... Next Last